निर्णय नं. २६३४ - उत्प्रेषणको परमादेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६३४ - उत्प्रेषणको परमादेश जारी गरिपाउँ भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/०४ २४५६ निर्णय नं. २६३४ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४२ सालको रि.नं. १७८७ आदेश भएको मिति : २०४३।२।४।१ मा रिट निवेदक : ल.पु.जि.लेले गा.पं.वार्ड नं.९ बस्ने नारायणबहादुर महत विरुद्ध विपक्षी : प्रहरी महानिरीक्षक प्रहरी प्रधान कार्यालय नक्शाल, काठमाडौं विषय : उत्प्रेषणको परमादेश जारी गरिपाउँ (१) कानुनले प्रदान गरेको अधिकार क्षेत्र बाहिर गई भएको निर्णय बदर हुने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया प्रत्यर्थीतर्फबाट : विद्वान का.मु.सहन्यायाधिवक्ता श्री मोहनमणि दाहाल आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य एवं जिकिर यसप्रकार छ । २. म जिल्ला प्रहरी कार्यालय ललितपुर अन्तर्गत जावलाखेल प्रहरी शिविरमा प्र.स.नि.पदमा कार्यरत थिएँ । यस्तैमा मलाई प्रहरी प्रधान कार्यालयको प.सं.२ स २९।१२ मिति ०३९।३।६।१ मा सेवाबाट हटाइएको भनी प्रहरी महानिरीक्षकको हस्ताक्षर भएको पत्र मिति ०३९।३।६।१ मा बुझाइयो । सो निर्णय उपर चित्त नबुझी श्री ५ को सरकारमा पुनरावेदन गर्दा यस कार्यालय मार्फत गृह मन्त्रालयमा चढाउनु भएको पुनरावेदनमा कारवाही हुँदा प्रहरी प्रधान कार्यालयले गरेको निर्णयलाई नै मनासिब ठहर्‍याई श्री ५ को सरकारबाट मिति ०३९।१०।१९ मा तपाइको पुनरावेदन खारेज गरिएको हुँदा सोही व्यहोरा जानकारी गराइएको छ भनी प्रहरी प्रधान कार्यालयले लेखेको ०४२।६।२ को रजिष्ट्री पत्र मिति ०४२।६।१४ मा प्राप्त भयो । सो पत्रमा प्रहरी नियमावली, ०३३ को परिच्छेद ९ को ९.५ को (क) र (ङ) को कसूरमा ऐ.नियमावलीको ९.१(च) अनुसार ९(५) बमोजिम सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य नठहरिने गरी हटाइएको भन्ने कुरा उल्लेख थियो । ३. प्रहरी ऐन, २०१२ को दफा १० ले मनमानी बर्खास्ती विरुद्ध प्रहरी कर्मचारीलाई बचाउ प्रदान गरेको छ त्यस्तै प्रहरी नियमावली, ०३३ को नियम ९.६ ले प्रहरी कर्मचारीलाई सजायँ गर्दा अपनाउनु पर्ने कार्यविधि उल्लेख गरेको छ । जस अनुसार प्रहरी कर्मचारीलाई सजायँ गर्नु अघि सूचना दिई सफाइको मौका दिनु पर्दछ र त्यस्तो सूचनामा प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सो समेत खुलाउनु पर्छ । तर मलाई दिइएको बर्खासी पत्रमा केवल पर्चा निर्णयबाट हटाइएको भन्ने कुरा उल्लेख छ । सजायँको कारण दिनु पर्छ भन्ने निवेदकको दावीलाई प्रहरी नियमावली, ०३३ को दफा ९.१ ले बल प्रदान गर्दछ । यसरी प्रत्यर्थी नं. १, र २ को अवैध तथा दोषपूर्ण निर्णयले संविधानको धारा १०(१) धारा ११(२)(ङ) तथा १५ र प्रहरी नियमावलीको नियम ९.१ र ९.६ को हकहरूको चलनमा अवरुद्ध गरिदिएकाले प्रत्यर्थी नं. १ र २ को नोकरीबाट मलाई हटाउने गरेको आदेश निर्णय बदर गरी नोकरीमा पुनः स्थापित गरी दिनु भन्ने विपक्षीहरूका नाउँमा आदेश जारी गरिपाउँ भन्ने समेत व्यहोराको रिट निवेदन । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने समेत व्यहोराको यस अदालतका सिंगलबेञ्चबाट आदेश भई प्राप्त लिखितजवाफ निम्नानुसार छ । ५. छानबीन समितिले पेश गरेको राय ठहर प्रतिवेदनको आधारमा रीतपूर्वक पर्चा खडा गरी निवेदकलाई कारवाही गरिएको हुँदा निराधार, अप्रमाणित, कपोलकल्पित रिट निवेदन खारिज गरिपाउँ भन्ने समेत व्यहोरा