निर्णय नं. ३६७१ - करकाप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६७१ - करकाप भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/०३ ३०२५ निर्णय नं. ३६७१ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको फौ.पु.नं. ६४९ फैसला भएको मिति : २०४५।११।१०।३ मा पुनरावेदक/वादी : दमक नगरपञ्चायत वा.नं. ३ बस्ने पद्मसिंह आँगदम्बेसमेत विरुद्ध प्रत्यर्थी/प्रतिवादी : दमक न.पं. वा.नं. ३ बस्ने धर्मानन्द बजगाई मुद्दा : करकाप (१) जबरजस्ती तवरले कागज गरे गराए होलान् भन्न केवल वादी समर्थित साक्षीकै बकपत्रको आधारमा मिल्ने नदेखिने । (प्रकरण नं. १२) (२) केवल अदालतमा आई दावीको समर्थन गरी बकी लेखाई दिँदैमा वादी दावी कानूनसंगत रहेछ भन्न मान्न न्यायिक दृष्टिबाट नमिल्ने । (प्रकरण नं. १२) (३) करकापको वारदातमा देखि जान्ने साक्षीको रहन हुन जाने भूमिकालाई विशेष मनन् गरी मात्र तिनीहरुको भनाईलाई प्रमाणिक रुपमा ग्रहण गर्नुपर्ने । (प्रकरण नं. १२) (४) करकाप जस्तो सुक्ष्म र जटिल फौज्दारी प्रकृतिको अपराधजन्य कार्यको पुष्टि गर्ने जति साक्षी सबूद प्रमाणहरुको भूमिका अपरिहार्य हुन्छ त्यति नै भूमिका वारदातको स्थिति अवस्था या परिस्थितिहरुले पनि निर्वाह गर्ने हुँदा वारदातको स्थिति परिस्थितिका अवस्था लगायत दावी पुष्टि गर्ने साक्षी सबूद प्रमाण समेतको एक रुपतामा मात्र करकापको अपराध प्रमाणित हुन सक्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी पक्षबाट यस अदालतमा पर्न आएको अनुमति निवेदनमा अनुमति प्राप्त भई निर्णयार्थ यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको विवरण संक्षेपमा निम्नानुसार छ । २. २०३९।१०।२९ गतेका दिन विहान ७ बजेको समयमा विपक्षी धर्मानन्दले चिनेको ५ जना रोल खुकुरी लिई आई हामीलाई घेरा दिई तेरो जीउ धन भन्न पाउँदैनस् भनी पक्राउ गरी थानामा लगी २।४ वर्ष कैद गराउँछौं, जेलमा हाल्छौं भनी नाना तरहको डर त्रास देखाई के के व्यहोरा लेखेको १ थान कागज, विपक्षी धर्मानन्दले कोटको गोजीबाट छापदानी कलम कागज निकाली झिकी सही गर भनेबाट मार्छन होला भन्ने त्रासबाट लिखित र ल्याप्चे सहिछाप ठाउँ ठाउँमा गराएपछि मात्र पद्मसिंलाई फड्केमा थिचाई कागज लिई गराएकाले बेमन्जूरी करकापसंग कागज गराउने, विपक्षी धर्मानन्द उपर कानून बमोजिम सजायँ गरी पाउँ भन्ने समेत वादीको फिराद दावी रहेछ । ३. प्र.ले शुरु अदालतबाट जारी भएको समाव्हान २०३९।१२।१४ गतेको म्याद गुजारी प्रतिउत्तर नदिई बसेका रहेछन् । ४. करकापसंग कागज गराए भन्ने वादीको दावी पुग्न नसक्ने ठहर्छ भन्ने शुरु झापा जिल्ला अदालतको २०४०।१०।१५ को फैसला । ५. उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीको मेची अञ्चल अदालतमा परेको पुनरावेदनपत्र । ६. झापा जिल्ला अदालतको इन्साफ मनासिब ठहर्छ, पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत व्यहोराको मेची अञ्चल अदालतको २०४१।२।१० को फैसला । उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको पु.क्षे.अ.मा परेको पुनरावेदनपत्र । ७. मेची अञ्चल अदालतको फैसला कानून र सबूद प्रमाणको मूल्यांकन सम्बन्धी त्रुटि देखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत व्यहोराको पू.क्षे.अ.को अनुमति आदेश