निर्णय नं. २६३६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६३६ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/११/२१ २५५० निर्णय नं. २६३६ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ५७५ फैसला भएको मिति : २०४२।११।२१।३ मा पुनरावेदक/वादी : बलिभद्र शर्माको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : डोटी घटाल गा.पं.देवलगाउँ बस्ने रामबहादुर भन्ने पद्‌मबहादुर लामा मुद्दा : कर्तव्य ज्यान (१) प्रत्यक्ष एवं ठोस प्रमाणको अभावमा कसैलाई सजायँ गर्नु न्यायोचित नहुने । (प्रकरण नं. २२) (२) प्रमाणको अभावमा कुनै व्यक्ति उपर सिर्फ अनुमानको भरमा अभियोग लगाउन न्यायको दृष्टिले नमिल्ने । (प्रकरण नं. २३) (३) चस्मदिद गवाह तथा ठोस एवं प्रत्यक्ष प्रमाणको अभाव रहेको अवस्थामा अभियोग लगाएको व्यक्ति फरार रहनु नै अभियोग स्वीकारेको कल्पना गरी सजायँ गर्नु न्यायको औचित्यताले नमिल्ने । (प्रकरण नं. २४) पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या.पृथ्वीबहादुर सिंह : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदनको संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छ । २. ०२८।८।२१ को राती मेरो घरमा मेरो श्रीमतीलाई खुकुरीले काटी मारी बिगो रु.५३२०।– को धनमाल लुटी लगेकोले अपराधीलाई पत्ता लगाई कानुन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको बलि भद्र शर्माको ०२८।८।२२ को जाहेरी दर्खास्त रहेछ । ३. डडेलधुरा ग्वानी गा.पं.वा.नं.६ साहनी बस्ने वर्षबहादुर बुढा मगरको साथमा आएको एकजना अपरिचित मानिसप्रति शंका लाग्छ भन्ने समेत व्यहोराको जाहेरवालाले प्रहरीमा गरेको कागज । ४. प्रहरी चौकी जोगबुढाको पत्र अनुसार पद्‌मबहादुर लामाको आसमानी रङ्गको बुसर्टमा खुन लागेको भन्ने समेत व्यहोराको जि.प्र.ह.का.मा पठाएको जानकारीको पत्र । ५. मारवाडी समेतको धनमाल लुटी लगेको र चोरी मुद्दामा मारवाडी समेत जुवा खेली पद्‌मबहादुर लामाले हारेको भन्ने र निज पद्‌मबहादुरबाट खुन लागेको कमिज समेत बरामत भएकोमा निजलाई जोगबुडाबाट पक्राउ भई डडेलधुरा पठाउन लाग्दा गोगान भन्ने ठाउँबाट भागी गएको भन्ने व्यहोराको हुलिया । ६. बसुन्धरीलाई मारेको थाहा छैन भन्ने व्यहोराको पद्‌मबहादुर लामाको श्रीमतीले जि.प्र.का. डडेलधुरामा गरेको कागज । ७. अभियुक्त पद्‌मबहादुर लामाको खोज तलास गर्दा पनि पत्ता नलागेको भन्ने व्यहोराको प्रस्तुत मिसिलबाट देखिन आएको । ८. जि.प्र.का.डडेलधुराबाट दाखिल हुन आएको बुशर्ट जाहेरवालासँग सनाखत गराउँदा मेरो घरमा हर्कबहादुरको साथ आउने मानिसले लगाएको कमिज हो भन्ने व्यहोराको सनाखती कागज । ९. वरामत भई आएको बुशर्ट जाहेरवालाले भने बमोजिम मिल्न आएको साथै खुन समेत लागेकोबाट पद्‌मबहादुर थापाले धनमाल लिने विचारले श्रीमती बसुन्धरालाई कर्तव्य गरी मारी धनमाल चोरी गरेको विश्वास लाग्छ भन्ने समेत व्यहोराको उमेश चन्द्र बोहरा समेत जना २९ को सरजमीन मुचुल्का । १०. गहुँ किन्दा कमिजमा रगतको दाग थिएन । पछि चोरी मुद्दाको अभियोगमा पक्राउ पर्दा कमिजमा रगतको दाग लागेको जस्तो र हत्केलामा खुकुरीले घोचेको जस्तो सानो घाऊ भएकोले मृतकलाई कर्तव्य गरी मारेको जस्तो शंका लाग्छ भन्ने समेत व्यहोराको हर्कबहादुर बुढा मगरले गरेको कागज । ११. खुन मानिसकै हो तर आसमानी कपडामा रहेको खुन देखिँदैन भन्ने व्यहोराको फारेन्सिक साइन्स लेब्रोटरीको पत्र । १२.