निर्णय नं. २६३७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६३७ - उत्प्रेषण भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/२३ २२५० निर्णय नं. २६३७ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४२ सालको रि.नं. १५९४ आदेश भएको मिति : २०४३।२।२३।६ मा निवेदक : वारा श्रीनगर वैरिया गा.पं.वडा नं.७ बस्ने द्वारिका राय यादव विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, वारा, कलैयाका भूमिसुधार अधिकारीसमेत विषय : उत्प्रेषण (१) निवेदन दिई ऋण साधन हुने ठहरेपछि जुन जग्गा भोगबन्धकीमा लेखाएको हो सो जग्गाकै मोही कट्टा गर्नुपर्ने । (प्रकरण नं. १०) प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश न्या.पृथ्वीबहादुर सिंह : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्नआएको रिट निवेदनको तथ्य एवं जिकिर यसप्रकार छ : २. सर्भे नापीमा कायम हुन आएको वारा जिल्ला विसनपुर गा.पं.वडा नं.३ कि.नं.२२६ को १–१–१० कि.नं. ३४ को ०–८–१५ समेत ज.वि.१–१०–५ जग्गा विपक्षीलाई भोगबन्धकी दिई भोग गर्दै आएको हुँदा बन्धकी फर्छ्यौट गरिपाउँ भनी विपक्षीले प्रत्यर्थी कार्यालयमा निवेदन गरी ऋण साधन भई बाँकी रु.६१०।७५ ऋण कायम हुन जाने हुँदा तिरेको बखत लगत कट्टा हुने भन्ने भू.सु.का.बाट मिति २०२३।४।२५ मा निर्णय भयो । बाँकी ऋणमा २०२३ साल देखि २०४१ साल सम्मको बाली साहूले नै भोगी आएकोले ऋण फर्छ्यौट गरी मोही लगत कट्टा गरिपाउँ भन्ने देवधारीले प्रत्यर्थी कार्यालयमा निवेदन दिएको थिए । त्यसपछि मैले दावी अनुसारको कि.नं.३४ को ०–८–१५ जग्गाको मोही देवकी राय कि.नं. २२६ को १–१–१० मध्ये ज.वि.०–६–० जग्गा विपक्षीले बिक्री गरी सकेको हुँदा दावी पुग्न सक्ने छैन । दावीको कि. नं.२२६ को जग्गा मेरो नाममा छैन । एकपटक भोगबन्धकी फर्छ्यौट भइसकेको छ । विपक्षीको नाममा दर्ता रहेको जग्गा मैले भोगबन्धकी लिखत लिएको भन्दा १२ वर्ष अघि देखि मोहीमा जोति आधी बाली दिँदै आएको छु भन्ने मैले प्रतिवाद गरी भोगबन्धकी लिनु भन्दा अघि देखि जोति आएको हुँदा मोही लगत कट्टा गर्न नमिल्ने भनी भूमिसुधार कार्यालयबाट मिति २०४१।१२।२५।१ मा निर्णय भएको छ भनी मैले प्रत्युत्तर फिराएको थिएँ । दावा अनुसार बाँकी रु.६१०।७५ बढी आयस्ता खाई सकेको हुँदा रु.६१०। ७५ ऋण सादन हुने ठहर्छ, भोगबन्धकी नाताले साहूले नै लेखाएको साहूको नामको कि.नं.२५६ को ज.वि.०–१२–४ बाट कट्टा हुने ठहराई मिति २०४२।३।११ मा प्रत्यर्थी अधिकारीले निर्णय गर्नुभयो । ३. यसरी एकपटक बन्धकी फर्छ्यौट भइसकेको कुरामा उसै विषयमा उजूरी ग्रहण गरी वादी दावा भन्दा बाहिर गई अ.बं. ८५, १८० अ.बं. १८४(क) १८५, १८९ विपरीत भएको निर्णयले नेपालको संविधानको धारा १०(१) ११(२)(ङ) धारा १५ मा प्रत्याभूति हक समेतमा मलाई कुंठा तथा अवरुद्ध गरेकोले उक्त प्रत्यर्थीको निर्णय बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत रिट निवेदन व्यहोरा । ४. विपक्षीहरूबाट लिखितजवाफ मगाउनु भन्ने यस अदालत सिंगलबेञ्चको मिति २०४२।६।१ को आदेश । ५. भूमिसम्बन्धी ऐनको आधारमा ऋण निश्चित गरी मोही लगत कट्टा गर्ने गरी गरेको आदेश कानुनसंगत छ । रिट निवेदकको कुनै संवैधानिक र कानुनी हक हनन् भएको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमिसुधार कार्यालय वाराको लिखितजवाफ । ६. भोगबन्धकीको नाताले खाँदैमा मोही हुन मिल्दैन कि.नं. २५६ को ज.वि.०–१२–४ २०२३ सालमा सम्म भोगबन्धकीको नाताले खाइराख्नु भएको थियो भने सोहीजग्गामा पहिले देखिको मोही हुँ भन्ने रिटनि