निर्णय नं. ६७४७ - जोतकट्टा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७४७ - जोतकट्टा भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५६/०२/२७ ३६२१ निर्णय नं. ६७४७ ने.का.प २०५६ अङ्क ७ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधशि श्री राजेन्द्रराज नाख्वा माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संम्वत २०५३ सालको दे..पु.ई.नं. ....१२७ फैसला मिति : २०५६।२।२७।५ मुद्दा : जोतकट्टा । पुनरावेदक प्रतिवादीः भक्तपुर जिल्ला बाल्कोट गा.वि.स. वार्ड नं. ३ बस्ने श्यामबहादुर बस्नेत विरुद्ध प्रत्यर्थी वादीः गोर्खा जिल्ला पालुङटार गा.वि.स. वाड नं. ४ घरभै हाल का.न.पा.वार्ड नं. २९ बस्ने उपेन्द्र विक्रम शाह § छोरा भन्ने शव्दको उल्लेखन प्रचलित नेपाल कानूनमा विभिन्न प्रयोजनको लागि गरी विशेषतः ३ प्रकारको देखाउन खोजेको पाइन्छ । पहिलो छोरा, दोश्रो सौतेनी छोरा र तेश्रो धर्मपुत्र । यसरी छोराको प्रकृति अलग अलग देखाए पनि कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २ (म) ले पुत्र (छोरा) यो शव्दले ऐनमा धर्मपुत्र राख्न पाउनेले राखेको धर्मपुत्रलाई समेत जनाउंछ भन्ने परिभाषा गरेको पाइन्छ । छोरा नहुने व्यक्तिले अरुबाट जन्म दिएको छोरालाई कानूनी रुपबाट ग्रहण गरिएको व्यक्तिलाई समेत आफ्नो छोरा (औरस पुत्र) समान नै कानून व्याख्या संबन्धी ऐनले मानेको देखिन आएबाट सो परिभाषामा सौतेनी छोरा पनि रहेको भन्ने उल्लेखन हुनु पर्ने अवस्था र कारण देखिन आउंदैन । सौतेनी छोरा र छोरामा मातृत्वको हिसावले पृथक जस्तो देखिएतापनि पितृत्वको कारणले निज छोरानै हुन जान्छ । कानूनको परिभाषा गर्दा व्यापक र वृहद रुपमा समेटिने गरी गरिएको हुन्छ । कुनै परिवार समुदायको लागि मात्र लागू हुने गरी कुनै पनि शव्द वा शव्द समुहको परिभाष गर्न व्यवहारिक रुपमा संभव हुन सक्दैन । एउटै पुरुषबाट जन्मिएको छोराको हकमा फलानो अर्थमा त्यो छोरा होइन यो अर्थमा छोरा हो भनी सो को परिभाषा खोज्नु युक्तिसंगत र न्यायसंगत हुन सक्दैन । (प्र.नं. १९) § सौतेनी छोरा बोली व्यवहारको प्रचलनबाट फरक जस्तो देखि तापनि धार्मिक रीति स्थिति पारिवारिक कानून आदिले कुनै ठाउंमा पनि निजलाई स्वास्नीमानिसले आफुले जन्माएको छोरा भन्दा पृथक रुपमा राखेको देखिन आउंदैन । धर्मपुत्रको महलको २ नं. ले छोरा हुने लोग्ने मानिसले र लोग्ने जीवित हुने वा आफ्ना वा आफ्नी सौता जो सुकै पट्टी भए पनि छोरा हुने स्वास्नीमानिसले समेत धर्मपुत्र राख्न हुंदैन भन्ने व्यवस्था गरेको पाइन्छ । अर्थात स्वास्नीमानिसले आफ्नो लोग्नेबाट जन्मेको छोरा सौतेनीकै रुपमा भए पनि रहेको छ भने त्यस्तो अवस्थामा आफ्नो तर्फबाट छोरा जन्मिएको रहेनछ भने पनि कानूनतः त्यता स्वास्नीमानिसले धर्मपुत्र राख्न नपाउने गरेको पाइन्छ । यस कानूनी व्यवस्थाले छोरा भएमा छोरा सरह मानी छोरा नहुने स्त्रीले धर्मपुत्र समेत राख्न नपाउने गरी आफुले जन्माएको छोरा र सौतेनी छोरालाई समानस्तर वा हैसियतमा राखेको देखिन आउंछ । साथै अपुतालीको १० नं. ले लोग्ने वा छोरा नहुने वा भिन्न बसेको स्वास्नीमानिसको अंश जिउनी सौतेनी छोरामा सर्ने व्यवस्था समेत गरेको देखिन्छ । आफ्नो छोरा नहुने स्वास्नीमानिसको सामाजिक रीति परंपरा अनुसार काजक्रिया वा धार्मिक संस्कार सौतेनी छोराले नै गर्नुपर्ने र गरि आएको प्रचलन पनि रहिआएको छ । कसैको एक भन्दा बढी स्वास्नी रहेछन् र ती सबैबाट सन्तान (छोरा छोरी) जन्मिएका रहेछन् भने ती सन्तानहरु सबैलाई समान हैसियत प्रदान गरेको