निर्णय नं. २६३८ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६३८ - कर्तव्य ज्यान भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/२२ २४७९ निर्णय नं. २६३८ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. ६२५,६२९ सम्वत् २०४२ सालको फौ.पु.नं. ४३२ सम्वत् २०४२ सालको फौ.सा.नं. ९० फैसला भएको मिति : २०४३।२।२२।५ मा पुनरावेदक/प्रतिवादी : कपिलवस्तु होमवानीपुर गा.पं.वडा नं.९ कटैया बस्ने चमारी थारु विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार पुनरावेदक/प्रतिवादी : कारागार शाखा कपिलवस्तुमा थुनामा रहेको जग्गु डगोरिया थारु विरुद्ध विपक्षी/वादी : श्री ५ को सरकार पुनरावेदक/वादी : श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : कपिलवस्तु होमवानीपुर गा.पं.वा.नं.९ जगनारायण दगोरिया थारुसमेत मुद्दा : कर्तव्य ज्यान (१) लाश गाडेको देखिएको हुँदा ज्यानसम्बन्धीको ४ नं. अनुसार थप कैद ६ महीना र ज्यानसम्बन्धीको २५ नं. अनुसार २० जरिवाना हुन्छ, भन्ने ठहराएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ४३) पुनरावेदक/प्रतिवादीहरूतर्फबाट : विद्वान अधिवक्ता श्री चुडामणीराज सिंह मल्ल र विद्वान वै.अधिवक्ता श्री पृतम राणा पुनरावेदक/वादीतर्फबाट : विद्वान मुख्यन्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा फैसला न्या.गजेन्द्रकेशरी बास्तोला : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने समेत वादी तथा प्रतिवादीको यस अदालतमा पर्न आएको पुनरावेदन तथा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. यही गत दशैं टिकाको दिन विहान १०, ११ बजे दिशा गर्न भनी जाँदा जग्गु थारुले बन्दूक लिई घुमेको देखेको र केही वेरमै बन्दूकको आवाज आई गई हेर्दा भूँइमा (पिडालु वारीमा) मेरा छोरा रामप्रसाद छातिमा रगत आई मरेको देखी हल्ला गर्दा निज जग्गु आई हल्ला गरेमा मारी दिन्छु भन्ने धम्की दिएकोले मौकामा जाहेर गर्न सकिन । लाश वेपत्ता परेकोले पत्ता लगाई निज उपर कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०३६।६।२५ को जाहेरी । ३. पिडालु वारीमा रगतको कुनै दाग चिन्ह नभएको लाशलाई गाडेको माटो हटाई हेर्दा लाशको पछाडि डडाल्नो बीच बाँया भागमा कान्छी औंला छिर्ने प्वाल भएको आँखा चिम्लिएको मुख केही खुल्ला भुँडी र छातीको बीचमा बुढी औंला छिर्ने प्वाल भएको दुवै हात अर्धमुठी पारेको गुद्धारमा केही नदेखिएको लाश सडी गली दुर्गन्ध फैलिएको भन्ने समेत मिति २०३६।६।२५ को घटनास्थल र लाश प्रकृति मुचुल्का । There is communicating injury the chest a bullet of gun and probably person expired due to humerage amd shock भन्ने समेत मिति २०३६।६।२६ को लाश जाँच प्रतिवेदन । ४. यही वडा दशैं टिकाको दिन जन नारायणले ढुकुर मार्ने भनी बन्दूक माथि लिई गएकाले हामी सबै टिका लगाई जाँड खाने धुनमा हुँदा बन्दूकको आवाज आएको थियो । जाँड खाई सकेपछि घर आई छोरो जस्तै गरी पालेको रामप्रसादको सोधी खोजी गरी खोज्न जाँदा गोली लागी मरेको अवस्थामा फेला परेको र सो ठाउँमा मेरै बन्दूक देखी बन्दूक लगी गोठमा राखी हल्ला खल्ला गर्दा राजाराम थारु, बेरु थारु समेत आई वडा अध्यक्ष चमरिले जग्गुको बन्दूकले मारेकोले रु.२०००५।– दिई देउ भनी लाश गाड्न भनेबाट बेरु थारु, ठगी थारु हाउ थारु, समेत भई लाश गाडी आएका र मैले भोलीपल्ट ऋण गरी रु.१८००।– चमारीलाई दिएको हो रामप्रसादलाई राजारामको छोरा जग नारायणले मारेको हुनु पर्दछ । रामप्रसादलाई मैले मारेको होइन साथै जा