निर्णय नं. ३६७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६७८ - उत्प्रेषण भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/११ २१७९ निर्णय नं. ३६७८ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४४ सालको रिट नं. १८०८ आदेश भएको मिति : २०४५।११।११।४ मा निवेदक : जि.सुनसरी, सोनापुर स्थित गणेश फेरोजिंक इण्डष्ट्रिजको साझेदार अनिलकुमार अग्रवाल विरुद्ध प्रत्यर्थी : महानिर्देशक कर विभाग, लाजिम्पाट, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) कुन क्षेत्रको उद्योगलाई कति वर्षसम्म छुट सुविधा दिइने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित निकायको स्वविवेकाधिकारमा छोडिएको स्थितिमा तजबिजी वर्ष एकको सुविधा दिने भनी गरिएको निर्णय कानून अनुरुप नै भएको देखिने । (प्रकरण नं. ११) (२) औद्योगिक व्यवसाय ऐन, २०३० बाट पाउने सुविधा प्राप्त भएको कुरा निवेदकबाटै स्वीकार गरिएको अवस्थामा २०३८ सालमा आएको औद्योगिक व्यवसाय ऐनको सुविधा पनि पाउनु पर्दछ भन्ने नमिल्ने । (प्रकरण नं. ११) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री सुशिल कुमार सिन्हा प्रत्यर्थीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत आदेश न्या.गजेन्द्रकेशरी वास्तोला : नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ : २. अविकसित क्षेत्रमा स्थापना हुने उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०३० को दफा ९ ले पाउने सुविधामा थप कर छुटको सुविधा प्रदान गरिने भन्ने उक्त ऐनको दफा १० मा उल्लेख भएको हेरी हामीले कोशी अञ्चलमा ग्याल्भनाइज्ड सिट् उत्पादन गर्न जिल्ला सुनसरी सोनापुरमा गणेश फेरोजिंक इण्डष्ट्रिजको इजाजत प्राप्त गरी साझेदारी फर्म समेत दर्ता गरी उद्योग खडा गरी संचालन गरेकोमा कर विभागबाट यस उद्योगलाई उक्त ऐनको दफा ९ को अनुसूची अनुसार पुँजीको आधारमा दुई वर्ष र रोजगारीको आधारमा दुई वर्ष गरी कूल चार वर्ष उत्पादन मिति ०३९।९।७ देखि आयकर छूटको सुविधा प्रदान गरिएको थियो । अविकसित क्षेत्रको आधारमा पाउने सुविधा सम्बन्धी कारवाही उद्योग विभाग र कर विभागमा चल्दा चल्दै कर विभागले यस उद्योगलाई तीन वर्ष थप आयकर छूट सुविधा दिनु पर्नेमा औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १०(३) अनुसार एक वर्ष मात्र थप आयकर छूट पाउने गरिदिने भनी ०४४।९।१३ मा निर्णय भएको छ भनी मिति ०४४।९।१६ को पत्रद्वारा हामीलाई सूचना दिइयो । ३. अविकसित क्षेत्रहरुको आधारमा उद्योगलाई बढी कर सम्बन्धी सुविधा दिने व्यवस्था आद्यौगिक व्यवसाय ऐन, २०३० को दफा १० मा उल्लेख भई दफा १०(१) मा क्षेत्रीय स्थितिको आधारमा थप आयकर सुविधा दिनको लागि नेपाल अधिराज्यलाई क, ख, ग, र घ चार क्षेत्रमा विभाजन गरिनेछ र सबभन्दा बढी विकसित क्षेत्रलाई क क्षेत्रमा र सबभन्दा कम विकसित क्षेत्रलाई घ क्षेत्रमा समावेश गरिने छ भन्ने व्यवस्था भएको र सो बमोजिम जिल्ला वा इलाका नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्ने अधिकार श्री ५ को सरकारलाई हुनेछ भन्ने व्यवस्था दफा १०(२) मा भएको र सो अधिकार प्रयोग गरी प्रकाशित सूचना अनुसार प्रस्तुत निवेदकको यो उद्योग ‘ख’ क्षेत्रमा पर्दछ । ४. औद्योगिक व्यवसाय ऐन, २०३० को दफा १०(३) मा दफा ९ अन्तर्गत दिइएको आयकर छूट क्षेत्र (क) मा पर्ने उद्योगलाई दिइएको मानी क्षेत्र अनुसार त्यसमा ४ वर्ष सम्म थप आयकर छूट दिइने छ भन्ने उद्योगलाई हक सुविधाको अधिकार कानूनले प्रदान गरेको र ऐ. को उपदफा (४) मा उपदफा (३) बमोजिम आयकर छूट पाउ