निर्णय नं. ३६७९ - खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६७९ - खिचोला भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/१०/२६ २४७१ निर्णय नं. ३६७९ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४३ सालको दे.पु.नं. ६१७ फैसला भएको मिति : २०४५।१०।२६।४ मा पुनरावेदक/वादी : कविराज चन्द्रानन्दको मु.स.गर्ने का.न.पं. वडा नं. १६ पकनाजोल बस्ने चतुरानन्द वैद्य विरुद्ध विपक्षी/प्रतिवादी : ऐ. ऐ. बस्ने डम्बरजंग पाण्डे मुद्दा : खिचोला (१) नगर सभामा पुनरावेदन पर्दा तेरो मेरोमा सुनाउन नपर्ने नक्शा पास हुने ठहर्याई फैसला भएबाट निवेदक वादीलाई नगरपञ्चायत मुद्दा फाँटबाट सुनाए बमोजिम तेरो मेरोमा उजूर दिन जान नपर्ने । (प्रकरण नं. १८) (२) हक बेहकमा जानु भनी सुनाएको निर्णय बदर भई सकेको अवस्थामा निवेदक अदालतमा आउनु पर्ने औचित्य नरहने, सो बदर गर्ने निर्णय नै बदर भएपछि मात्र अघिल्लो हक बेहकमा अदालत जाने भन्ने निर्णय पुनः प्रभावी हुने हुँदा अघिल्लो निर्णयबाट हदम्याद शुरु हुने नभई अन्तिम निर्णयबाट मात्र हदम्याद शुरु भएको मान्नु पर्ने स्थितिमा नगर सभाको निर्णय बदर भएको मितिले ३५ दिन भित्रै फिराद परेको देखिएबाट हदम्याद नाघी फिराद दर्ता भएको भन्न नमिल्ने । (प्रकरण नं. १८) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी फैसला न्या.गजेन्द्रकेशरी वास्तोला : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. काठमाडौं जिल्ला पकनाजोल स्थित पूर्व रणजंङको घर पश्चिम डम्बर जंङको घर उत्तर साझा चोक दक्षिण साझा चोक यति ४ किल्ला भित्रको माल दोश्रामा हा.नं. ४०५ लगतमा दर्ता भएको जग्गा रोपनी ०–८–० आठ आना र सो घरको दक्षिण पट्टिको साझा चोकको दक्षिणतर्फको पूर्व पश्चिम लम्बाई १५ फुट उत्तर दक्षिण चौडाई फुट १० भएको एकनाले एकतल्ले भत्केको गोठ घर समेत रु. ३९,०००।– मा रत्नकुमारी थपेनीबाट मिति ०२२।३।२४ मा राजीनामा गरी लिई मेरो हक भोग भएको उक्त घर गोठ जग्गामा नक्शा बमोजिम घर पसल बनाउन पाउँ भनी काठमाडौं नगरपञ्चायतमा मिति ०२८।१।१३ गते मैले दर्खास्त दिएकोमा विपक्षीहरुको समेत हक लाग्छ भनी सरजमीन उजूर गरेकोले हक बेहकमा नालिश गर्न जानु भनी काठमाडौं नगरपञ्चायत नक्शा तथा मुद्दा फाँटबाट मिति ०३०।८।६ गते भएको पर्चा उपर नगरपञ्चायत सभामा मेरो पुनरावेदन परी त्यहाँबाट मिति ०३१।८।५।४ मा नक्शा पास हुने ठहरी मिति ०३१।८।२६ गते नक्शा पास प्रमाणपत्र समेत पाएकोमा सो नगरसभाको निर्णय बदर गरी पाउँ भनी विपक्षी डम्बर जंगले सर्वोच्च अदालतमा रिट निवेदन दिएकोमा हक बेहकको निर्णय गरेको कारणले उक्त निर्णय बदर हुने भनी सर्वोच्च अदालतबाट मिति ०३२।८।२२।२ मा आदेश भएपछि विपक्षीहरुले उक्त जग्गामा घर बनाउन थुपारेको काठपात इँटहरु समेत हटाई पठाउ हामी राख्न दिँदैनौ भनी मिति ०३२।९।२० गते खिचोला गर्न आएकोले जग्गा मिच्नेको १८ नं. अन्तर्गत यो नालेश गर्न आएको छु । अतः मेरो गोठ घर जग्गामा खिचोला गर्न आएकोले सो खिचोला मेटाई सजायँ समेत गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३२।९।२५।६ को चन्द्रानन्द राज वैद्यले गरेको फिरादपत्र । ३. यो फिराद दावीको जग्गा परम्परा देखि नै मेरोे अविछिन्न हक भोगको घरको साथै एकलौटी गोठ हो त्यसै जग्गामा विपक्षीले गरेको नक्शा पास दर्खास्त उपर सरजमीनमा न