निर्णय नं. २६४१ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६४१ - अंश भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/२२ २४४० निर्णय नं. २६४१ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४२ सालको दे.पु. नं. ४४० फैसला भएको मिति : २०४३।२।२२।५ मा पुनरावेदक/वादी : धादिङ, कटुङ्जे गा.पं.वडा नं.१ मजुवा बस्ने बटकबहादुर सापकोटा विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने लोकबहादुर सापकोटा मुद्दा : अंश (१) छुट्टिएकोमा सबै अंशियारको मुख मिलेको र आफ्नो आफ्नो भाग जिम्मा समेत गराई लिएको र दर्ता समेत छुट्टाछुट्टै भएको मिसिलबाट देखिँदा प्रतिवादीबाट वादीले अंश नपाउने ठहराएको शुरु जिल्ला अदालतको इन्साफलाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्छ । (प्रकरण नं. १५) पुनरावेदक/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री कमलबहादुर बोगटी फैसला न्या.हरगोविन्द सिंह प्रधान : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छन् । २. बम्बबहादुरको छोरा ७ भाइमा ४ भाइ अघि नै निधन भएको र बाँकी ३ भाइमा साइँलो वेनबहादुर भन्ने श्यामा, काइँलो छन्दबहादुर र म बटकबहादुर जीवितै भई सगोलमा बसेकोमा छन्दबहादुर २०२७ सालमा आफ्नो अंश लिई छुट्टी बेगल बसी आएका विपक्षीको बाबु वेनबहादुर भन्ने श्यामा र म बटकबहादुर सगोलमा बसी आएको दाज्यू बेनबहादुर २०३० सालमा परलोक भएकोले श्रीसम्पत्ति भतिजो लोकबहादुरले भोग गरी निजकै नाउँबाट कटुंजे गा.पं.वडा नं.९(ख) कि.नं. ११०, १११ र ११५ मा नापी दर्ता गरी प्रमाण पूर्जा लिएको विपक्षीसँग भएको श्रीसम्पत्ति अंश भाग माग्दा नदिएकोले २ भागको १ भाग अंश दिलाई भराई पाउँ भन्ने वादी दावी । ३. साइँलो मेरो पिता वेनबहादुर, काइँलो छन्दबहादुर ठाइँलो यो वादी भएको मेरो बाबुले म नजन्मदै बाजेबाट अंश लिई वेगल बसेको काइँलो बाबु छन्दबहादुर र वादी समेत एकासगोलमा बसी आएको वादीको अंश जिम्मा लिने छन्दबहादुरले गैरी भन्ने पाखो जग्गा मलाई रु.९९।– मा ०३२।१।१२ मा घरसारमा राजीनामा गरी दिएकोले सोही जग्गा सर्भे नापी हुँदा कटुन्जे गा.पं.वडा नं.९(ख) कि.नं. ११० भएको र कि.नं. १११ र ११५ चाहि मेरो बाबुको अंश भागमा परेको हुँदा वादीले अंश जिम्मा लिने सँग उजूर नगरी म उपर अंशमा झुठ्ठा दावी गरेको हो । वादीको अंश म जिम्मा छैन भन्ने समेत व्यहोराको लोकबहादुर भन्ने रामचन्द्र सापकोटाको प्रतिउत्तरपत्र । ४. वादी प्रतिवादीको साक्षी ९ जनाको बकपत्र भएको रहेछ । ५. वादीको अंश प्रतिवादीको जिम्मा हुँदा मैले दिनुपर्ने होइन भन्ने समेत प्रतिवादीका पेट बोलीबाट बुझिएको छन्दबहादुरको बयान । ६. वादी, प्रतिवादी बीच अंश नभई वादीको अंश भाग प्रतिवादी लोकबहादुरको बाबु वेनबहादुर सँग थियो । मैले छन्दबहादुरबाट ०३१।१०।२९।३ मा जग्गा राजीनामा गरी लिएको हुँ । सो जग्गाहरूको कित्ता नम्बर र क्षेत्रफल खुलाउन सक्दिन । कि.नं. ६४ मात्र मेरो पैतृक सम्पत्ति हो भन्ने समेत प्रतिवादीको पेट बोलीबाट बुझिएको गणेशबहादुरको बयान । ७. प्र.छन्दबहादुरको वारिसले मिति ०४०।५।९ को तारेख गुजारेको रहेछ । ८. वादीले दावी गरेको कि.नं.११०,१११ र ११५ का जग्गाहरूमध्ये कि.नं.११० गैरी वारी जग्गा छन्दबहादुरले लोकबहादुर सापकोटालाई रु.९९।– मा मिति ०३२।१।१२ मा राजीनामा गरी दिएको देखि