निर्णय नं. ३६८० - राजीनामा बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६८० - राजीनामा बदर हक कायम भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/२९ २४७५ निर्णय नं. ३६८० ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको दे.पु.नं. ५५४ फैसला भएको मिति : २०४५।११।२९।१ मा पुनरावेदक/प्रतिवादी : जिल्ला कपिलवस्तु, हरिपुर गा.पं. वडा नं. ८ झुसिया बस्ने जगाधर केवट स्वर्गीय भई निजको मु.स. गर्ने विश्राम केवटसमेत विरुद्ध प्रत्यर्थी/वादी : जिल्ला कपिलवस्तु, हरिपुर गा.पं. वडा नं. ८ झुसिया बस्ने सुदायन केवट मुद्दा : राजीनामा बदर हक कायम (१) वादी प्रतिवादीहरुसंग सगोलमा रहे भएको र छुट्टि भिन्न नभएको भए संग सगोलमा रहँदा बस्दा सोही उखडाबाट प्राप्त भएको वादीका छोराका नाम दर्ताको जग्गालाई पनि सगोलको अंश लाग्ने जग्गा भन्नु पर्नेमा सो नभनी छोराको निजी आर्जनबाट कमाएको भनी वादीले दावी लिएको देखिँदा वादी सुद्ध मनले अदालत प्रवेश गरेको हुन् भन्न नसकिने । (प्रकरण नं. १२) (२) आ–आफूले उखडामा कमाएको जग्गा उखडाबाट निजहरुका आ–आफ्ना नाममा नम्बरीमा दर्ता गरी पाएको जग्गालाई दुवैले अलग अलग रुपमा आर्जन गरेको सम्पत्ति मान्नु पर्ने । (प्रकरण नं. १२) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्तलाल दास प्रत्यर्थी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्द दास सरस उल्लिखित मुद्दा : देवी दासको मु.सु. गर्ने कुमार दास मानन्धर विरुद्ध प्रेमकृष्ण बानियाँ भएको लिखत बदर मुद्दा (ने.का.प. २०४२, नि.नं. २२२३, पृष्ठ ५) मा सिद्धान्त प्रतिपादित । फैसला न्या.गजेन्द्रकेशरी वास्तोला : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र निर्णय यस प्रकार छ । २. बाबु जियावनका छोरा गया, प्रतिवादी जगाधर, गजायन र सुदायन समेत ४ (चार) भाइ भई बाबु, आमा, गया र गजायन समेतको मृत्यु भई सकेको छ, गया र गजायनको स्वास्नी सन्तान कोही छैन । म र दाजु प्र.गजाधर समेत २ जना मात्र दाजु भाइ बराबरको अंशियारा भएको र एका सराकतमै बसिआएको सगोलबाट कमाई गरेको दाजु प्र.गजाधरको नाउँमा दर्ता भएको जग्गा तथा पैत्रीक सगोलका जेथा समेत गैह्र सगोलमा भोगचलन गरी आएको दाजु गजाधर र मेरो बीचमा अंश बण्डा भएको छैन । गजाधरले मेरो समेत अंश हक लाग्ने दाजु गजाधरका नाउँमा दर्ता भएको ज.वि. २–०–९ मेरो मन्जूरी बेगर थैली रु. ९०००।– मा हक छाडी दिने गजाधर र लिने प्र.वसीती केवट भई ०३७।६।१५।४ मा घरसारमा राजीनामा लिखत गराई ०३७।६।२६ मा रजिष्ट्रेशन भएको कुरा प्रमाणका मानिसहरुबाट थाहा पाई लेनदेन व्यवहारको १० नं. अन्तर्गत फिराद गरेको छु । जग्गा बिगहा २–०–९ जग्गाको राजीनामा लिखतबाट प्रत्येक कित्तामा आधिका हिसाबले मेरो अंश हकको बिगहा १–०–४½ जग्गाको राजीनामा लिखत बदर गरी फिर्ता गराई हक कायम गरी पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादी र म समेत सराकतमा बसेको होइन । दावी दावा अनुसारको जग्गा जिमिदार जुगल किशोर, महातम अमिराजी समेतको फाँटमा उखडामा कमाई आए अनुसार २०२१ सालमा उखडा फाराम भरी क्षतिपूर्ति बुझाई उखडाबाट सपोट गरी पाएको आफुखुस गर्न पाउने वादीको मन्जूरी लिन नपर्ने म प्रतिवादी गजाधरको मात्र एकलौटी हक भोग भएको २–०–९ रु. ९,०००।– मा राजीनामा गरी दिएको र बाँकी बिगाहा ३–११–१८ आफ्नो छोरा विश्राम केवटलाई हालैको बकसपत्र गरी दिएको हो । वादीको हक भोगको होइन । पैतृक आर्जनको जग्गा