निर्णय नं. २६४२ - लिखित बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २६४२ - लिखित बदर भाग: २८ साल: २०४३ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४३/०२/२८ २३८५ निर्णय नं. २६४२ ने.का.प. २०४३ अङ्क - २ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४२ सालको दे.पु. नं. ४८७ फैसला भएको मिति : २०४३।२।२८।४ मा पुनरावेदक/प्रतिवादी : सिद्धार्थ नगर न.पं.वडा नं.८ भैरहवा बस्ने खिलप्रसाद तिमील्सीना विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.समेलार आदर्श गा.पं.वडा नं.८ बस्ने पद्‌मनाथ उपाध्याय मुद्दा : लिखित बदर (१) वादीले गरी लिएका ०२४ सालको राजीनामामा उल्लिखित जग्गामा वादीले चलन समेत पाउने गरी शुरुले गरेको इन्साफ मनासिब ठहराई गरेको इन्साफमा कानुनी त्रुटि देखिन नआउने । (प्रकरण नं. १६) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी/वादीतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणीराज सिंह मल्ल फैसला न्या.हरगोविन्द सिंह प्रधान : प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय उपर प्रतिवादीको चित्त नबुझी पुनरावेदन गर्ने अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ । २. तथ्य यर प्रकार छ : विपक्षी मध्येका सर्वजित गुरुङ्गले ज.वि.४–०–० साविक र हाल सर्भे नापीबाट ०–३–१२ नापी नहुँदैको अवस्थामा म बाट रु.६०००।– लिई घरसारमा राजीनामा गरी दिई पारीत गरिपाउँ भनी उजूर परी अदालतबाट सो लिखत पारीत हुने ठहरी फैसला भएकोले ०३१।४।१५ मा पारीत गर्ने पुर्जी लिई भू.प्र. का रुपन्देहीमा जाँदा पुर्जी अनुसारको जग्गा बिक्री भई गएको हुँदा थैली पारीत भनी लेखी पारीत भयो । कसलाई पारीत गरी दिएछ भनी नक्कल सारी हेर्दा सर्वजित दिने खिलप्रसाद लिने गरी २०२८।६।२४ मा राजीनामा पारीत गरी दिएछन् मुद्दा परी कार्यबाही चल्दाचल्दैको अवस्था दोहरी लेनदेन गरेको लिखित बदर गरी चलन चलाई पाउँ भन्ने समेत व्यहोराको २०३२।१।१७ को वादीको फिराद । ३. सर्वजित गुरुङ्गका नाउँमा दर्ता भएको रुपन्देही आनन्द वन गा.पं.वडा नं.९(क) को कित्ता नं. ५२ को जग्गा विगहा ०–३–१५ थैली रु.१६०००।– मा ०२८।६।२४ गते राजीनामा पारीत गरी लिएको हो जानी जानी दोहोरो पारी लिएको होइन । भू.प्र.का.बाट थैली पारीत गराई लिएको मन्जूरी गरी बस्ने वादीले मेरो राजीनामाको दर्ता र भोगचलनको जग्गामा मुलुकी ऐन रजिष्ट्रेशनको ९ नं. को दावा गर्न हक नै पुग्न सक्दैन भन्ने प्रतिवादी । ४. लेनदेन व्यवहारको २७ नं. को म्यादभित्र वादीको नालेश परेको नदेखिएको वादीको नालेश खारेज हुने ठहर्छ भन्ने ०३२।१०।२३ को रुपन्देही जिल्ला अदालतको फैसला । ५. वादीको नालेश लेनदेन व्यवहारको २७ नं. को म्यादभित्रको नदेखिनाले खारेज हुने ठहर्छ भन्ने रु.जि.अ.को फैसला उपर पुनरावेदन परेकोमा खारेज गरेको मिलेन ठहर निर्णय गर्नु भन्ने प.क्षे.अ.डि.वे.को ०३४।६।२३ को फैसला । ६. अदालतमा मुद्दा पर्दापर्दै अन्तिम छिनोफानो नहेरी रजिष्ट्रेशन गरी लिनु दिनु गरेको प्र.खिलप्रसाद तिमील्सीनालाई गरी दिएको ०२८।६।२४ को राजीनामा लिखत एवं दर्ता बदर गरी वादीले चलन पाउने समेत ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालतको फैसला । ७. उक्त फैसलामा चित्त नबुझी प्रतिवादीको लु.अं.अ.मा परेको पुनरावेदन । ८. घरसारको अगिको लिखत पारीत मुद्दा चल्दाचल्दै उही दाताले सोही जग्गा रजिष्ट्रेशन पारीत गरी दोहरा पारी दिए लिएको राजीनामालाई मान्यता दिन नमिल्ने त्यस्तो राजीनामा सदर पक्का नहुने देखिएकोबाट समेत वादी पद्‌म