निर्णय नं. ३६८२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६८२ - कर्तव्य ज्यान भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/१७ २४०७ निर्णय नं. ३६८२ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ४७४ फैसला भएको मिति : २०४५।११।१७।३ पुनरावेदक/वादी : पुलराम पन्थीको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.अर्घाखाँची छत्रजंग गा.पं. वडा नं. ५ बस्ने झविन्द्र आले मगर मुद्दा : कर्तव्य ज्यान (१) कुटपिटको अभियोग लागेको मुद्दामा झुण्डी मरेको संभावना भन्ने डाक्टरको राय विरोधाभाष रहेको तथा मृतकलाई कुटपिट गरी मारेको देख्ने चस्मदिद साक्षी तथा अन्य निश्चित सबूद प्रमाणको समेत अभाव रहेको स्थितिमा केवल शंकामा पक्राउ भई अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती बयानको भरमा मात्र अभियुक्तलाई दोषी ठहर्याउन नमिल्ने । (प्रकरण नं. १६) वादीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला फैसला न्या.हरगोविन्द सिंह प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४३।१२।१८।४ को फैसला उपर वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. शिवलाल पन्थी २०४०।१२।२८ गतेका दिन अन्य परिवार घरमा नभएको अवस्था दिनको २:३० बजेको समयमा झविन्द्र आलेको वारीमो सुर्कामा आफ्नो शरीरमा मट्टितेल हाली जली आत्महतया गरी मरेको हुँदा लाश जाँच समेत गरिपाउँ भन्ने समेत मृतकका भाइ पुनाराम पन्थीको ०४०।१२।२९ को जाहेरी दर्खास्त । ३. नाक कान, मुखबाट रगत बगेको झुन्डीई मरेको संभावना भन्ने समेत व्यहोराको लाश जाँच प्रतिवेदन । ४. करिब १४ वर्ष भयो लोग्ने संग बोलचाल नभएको ०४०।१२।२८ गते काम विशेषले जाहेरवालाको घरमा आएको अवस्था पति दिनको अं. २ बजे आफ्नो घरभित्र पसेको देखेको हुँ, एकछिन पछि आफ्नो जिउमा मट्टितेल खन्याई जली मरेको सुनी हेर्न जाँदा आगो बली रहेको देखेकी हुँ, भन्ने समेत मृतककी कान्छी श्रीमतीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज । ५. २०४०।१२।२८ गते दिनको अं. २ बजेको समयमा हिरासिंको श्रीमतीले भने अनुसार आगोको ज्वाला देखि हेर्न जाँदा एकजना मानिसको शरीरमा आगो बली रहेको देखेको हुँ र मैले हल्ला गर्दा गाउँका मानिसहरु जम्मा भए शिवलालको कर्तव्यबाट मृत्यु भएको होइन । आत्महत्या गरी मरेको हुनुपर्छ भन्ने समेत व्यहोराको तुलबहादुर रायमाझीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज । ६. २०४०।१२।२५ गते झविन्द्र आले मगरको घरमा आगोलागी हुँदा मेरो लोग्नेलाई झविन्द्र आलेले कुटपिट गरी नाथ्रो फुटी कमिजमा रगत समेत लागेको छ सोही कुटाईका पिरले मट्टितेल खन्याई मरेको हुनु पर्छ अरु कारण खुलाउन सक्दिन भन्ने समेत मृतककी जेठी श्रीमती धनकला पन्थीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज । ७. म गाई वस्तु चराउन गएका अवस्था ०४०।१२।२८ गते दिनको अं. २ बजे तीर घटनास्थल देखि १५०। गज मुनी म गएको अवस्था मेरो कटेरा नजिक आगो बलेको देखी आगो मेरो कटेरामा आउला भनी देवीतुला बहादुरलाई लिई घटनास्थलमा गएपछि अरु गाउँले जम्मा भएका हुन त्यसपछि मृतकका छोरा पनि आई पुगे मृतक शिवलाल आफैं आत्महत्या गरी मरेको हुनुपर्छ भन्ने समेत जमुना थापाले अधिकार प्राप्त अधिकारी समक्ष गरेको कागज । ८. मृतकको छोरी सरस्वतीले ०४०।१२।२५ गते मेरो घरमा आगो लगाई दिएको हुँदा आगलागी भएको ठाउँमा मृतकलाई मैले धक्याई दिएको हुँ । नाथ्रो फुटी रगत आएको थियो ऐ. २७ गते