निर्णय नं. ८९४४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९४४ - कर्तव्य ज्यान भाग: ५५ साल: २०७० महिना: बैशाख अंक: १ फैसला मिति :२०६९/०९/०१ ४४०७ ने.का.प. २०७०, अङ्क १ निर्णय नं.८९४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री सुशीला कार्की २०६६–CR–००७६ फैसला मितिः २०६९।९।१।१ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक वादीः प्रहरी नायव निरीक्षक आनन्दकुमार गुप्ताको प्रतिवेदनले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला पाल्पा मित्याल गा.वि.स.वडा नं. ९ बस्ने मिधनबहादुर रास्के मगर समेत शुरु फैसला गर्ने :– मा.न्या.श्री रामचन्द्र राई पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री दीपकराज जोशी मा.न्या.श्री गोविन्दकुमार उपाध्याय § साविती बयान अन्य स्वतन्त्र प्रमाणहरूबाट पुष्टि र समर्थित नभएसम्म प्रहरीमा भएको साविती बयानलाई मात्र प्रमाणमा लिई कसूरदार ठहर्याउनु न्यायोचित् नहुने । (प्रकरण नं.५) § ज्यान लिने मनशायले कुटपीट गरी मारेका हुन् भनी तथ्यपूर्ण एवं शंकारहित प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिएबाट प्रहरीमा साबित भएको एकमात्र कारणबाट प्रतिवादीहरूलाई ज्यानसम्बन्धीको १३(३) नं बमोजिम कसूरदार ठहर्याई सजाय गर्न नमिल्ने । (प्रकरण नं.६) § लखेट्दै जाँदा खोलामा खसी पानीमा डुबेर मृत्यु होला भनी नसोचेको अवस्थामा भवितव्य पर्न गई मृतकको मृत्यु हुन पुगेको अवस्थामा ज्यानसम्बन्धीको ६ नं. बमोजिम सजाय हुने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता बिनोद पोखरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन, ज्यान सम्बन्धीको ५, ६(२) फैसला न्या.सुशीला कार्कीः पुनरावेदन अदालत बुटवलको फैसलामा चित्त नबुझी सो उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– जिल्ला पाल्पा, मित्याल गा.वि.स.वडा नं. ९ स्थित दियारी भन्ने आरुङ्गखोलाको उत्तरपूर्व, आरुङ्गखोला र नवलपरासीको सीमाना पश्चिम, आरुङ्गखोला उत्तर दियारी पैह्रो यति चार किल्लाभित्रको आरुङ्गखोलामा मिसिएको खोलाको दहको दक्षिण पश्चिम छेउमा भएको बगरमा नाम, थर, वतन नखुलेको पुरुष व्यक्ति मृत अवस्थामा रहेको भन्ने घटनास्थल लास जाँच मुचुल्का । मिति २०६४।३।२ गतेका दिन जिल्ला पाल्पा मित्याल गा.वि.स.वडा नं. ९ मा बस्ने मिधनबहादुर रास्के मगर, ऐ.बस्ने धनबहादुर रास्के मगर, ऐ.बस्ने गुनबहादुर सारु, ऐ. बस्ने देवबहादुर जर्घा मगर, ऐ.बस्ने उत्तमसिंह गाहा समेतले एकजना अन्दाजी वर्ष ३५ को अपरिचित पुरुष व्यक्तिलाई गाउँबाट लखेट्दै लगी गाउँदेखि दक्षिणमा रहेको आरुङ्गखोलामा ढुङ्गाले हानी कर्तव्य गरी मारेको भन्ने खुल्न आएकोले निजहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि यसै प्रतिवेदनसाथ दाखिला गरेको छु भन्ने प्रहरी नायव निरीक्षक आनन्दकुमार गुप्ताको प्रतिवेदन । मिति २०६४।३।२ गते मिधनबहादुर रास्के मगरको घर परिवारका मानिसहरू घरमा नभएको अवस्थामा अपरिचित व्यक्ति निजको घरभित्र पसी मिधनबहादुर रास्के मगरको बुहारीलाई समाउँदा निजले हल्लाखल्ला गरेको सुनी मिधनबहादुर रास्के मगर, धनबहादुर रास्के मगर सो ठाउँमा आई हामीहरूले दक्षिणतर्फ लखेट्दै आरुङ्गखोलाको नजिक पुर्याई मिधनबहादुर रास्के मगर, देवबहादुर र धनबहादुर रास्के मगरले कुटपीट समेत गरी पानीको दहमा खसाली दिएको हुनाले सोही पानीभित्र सो मानिस डुवी मृत्यु भएको भन्ने प्रतिवादी उत्तमसिंहले अधिकारप्राप्त अधिकारी