निर्णय नं. ६७५० - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७५० - लेनदेन भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/१२/०४ ३५१९ निर्णय नं. ६७५० ने.का.प. २०५६ अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५४ सालको दे.पु.ई.नं.. १२५ फैसला मितिः २०५५।१२।४।५ मुद्दाः लेनदेन । पुनरावेदक प्रतिवादीः जिल्ला चितवन भरतपुर न.पा. वार्ड नं. २ वस्ने प्रेम वहादुर विश्वकर्मा विरुद्ध विपक्षी वादीः जिल्ला म्याग्दी राखु भगवती गा.वि.स. वडा नं. ३ पखरीटोल वस्ने भिम वहादुर खत्री क्षेत्री § प्राकृतिक न्यायको सिद्धान्त अनुसार पनि मुद्दाका पक्षले आफ्नो कुरा अदालत समक्ष राख्न पाउनु पर्छ र आफ्नो विरुद्धमा लाग्ने प्रमाणको सम्वन्धमा जानकारी पाउने अधिकार मुद्दाका पक्षलाई हुने । (प्र.नं. १४) § वादीसंग कर्जा लिएको कुरालाई प्रतिवादीले स्वीकार गर्दा गर्दै पनि उक्त कर्जा आफुले वुझाइसकेको र सो को लिखत समेत वादी स्वयंले च्याती नष्ट गरिसकेको हुंदा हाल प्रस्तुत गरिएको लिखत सद्दे नभएको वा वादीले धोका दिएको हुन सक्ने भन्ने जिकिर लिएको अवस्था विद्यमान रहेकोले विवादित लिखत प्रतिवादीलाई समेत देखाई उसले सद्दे कीर्ते वा जालसाजी के भन्छ सो व्यहोरा समेतका आधारमा न्याय निरुपण गर्नुपर्ने हुन्छ । प्रतिवादीले आफ्ना विरुद्ध प्रस्तुत हुने प्रमाण देख्न सुन्न नपाएको अवस्थामा उक्त लिखतको विश्वसनीयता एवं आधिकारिकता पुष्टि भएको मान्न सकिदैन । दुवै पक्षको मुख मिलेको अवस्थामा र प्रमाण कागजका सम्वन्धमा विवाद नउठेको अवस्थामा त्यस्तो प्रमाण कागज देखाउन सुनाउन पर्ने अवस्था हुंदैन, जव लिखत कागज नै विवादित हुन्छ त्यस अवस्थामा त्यस्तो विवादित कागज मुद्दाका पक्षले देख्न सुन्न पाउनु पर्ने । (प्र.नं. १५) पुनरावेदक तर्फबाटः विपक्षी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पोखराको फैसला उपर परेको निवेदनमा यस अदालतबाट दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दामा यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ । २. यी विपक्षीले मेरी एकाघरकी आमा धन कुमारी खत्रि क्षेत्री संगबाट खेलो व्यापार गर्न वापत भनि वर्ष दिन भित्रमा सयकडा १० थप व्याज लगाई सावां र व्याज एकै मुष्ट गरी बुझाउने शर्त कवुल गरी साक्षीका रोहवरमा ल्याप्चे र हस्ताक्षर सहि समेत गरी मिति ०३६।१२।२४ का दिन रु. १५०००। ऋण लगी खानु भएको । आमा धन कुमारी खत्रि क्षेत्री मिति २०४६।३।८ का दिन र वुवा चन्द्र वहादुर विपक्षले ऋण लिनु अघि नै २०३५।११।५ मा परलोक भै सक्नु भएकोले सो तमसुकी सांवा व्याजमा मेरो दावि गर्न अ.वं. ८२ नं. ले हक पुग्ने र उक्त रकम वुझाउनु होस् भन्दा तमसुक गरी दिएकै छ कानून वमोजिम गरी लिनु होस भनि जवाफ दिनु भएकोले विपक्षले गरीदिनु भएको २०३६।१२।२४ को कपाली भाखापत्र वमोजिमको रु.१५०००। र सो को व्याज रु.१४९४१।५६ समेत जम्मा रु.२९९४१।५६ र लेनदेन महलको ४ नं. वमोजिम भरी पाउने भरी भराउका मिति सम्मको व्याज समेत विपक्षीबाट दिलाई भराई न्याय पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. धन कुमारीका नाउंमा तमसुक भएपनि निजका एकाघरका जानीफकार छोरा विपक्षबाट कर्जा लिएकोमा जग्गाको आयस्ता उठाउने सम्वन्धम