निर्णय नं. ३६८३ - ज्यू मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६८३ - ज्यू मास्ने बेच्ने भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/१७ २४५६ निर्णय नं. ३६८३ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४४ सालको फौ.पु.नं. ५४२ फैसला भएको मिति : २०४५।११।१७ मा पुनरावेदक/प्रतिवादी : बुटवल नगरपञ्चायत वा.नं. ५ बस्ने डम्बरबहादुर क्षेत्री विरुद्ध विपक्षी/वादी : ताराकुमारी विश्वकर्माको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यू मास्ने बेच्ने (१) भारत बम्बईमा लगी बिक्री गरेकोमा अधिकार प्राप्त अधिकारी समक्ष साविती भएको अदालतमा आई इन्कारी रही प्रहरीमा कुटपिट गरी कागज गराएको भन्ने जिकिर लिए तापनि सो कुराको पुष्टी हुने कुनै साक्षी सबूद पेश गर्न सकेको पाइएन प्रहरीको सावितीको कागजलाई भारतीय प्रहरीद्वारा दाखिल हुन आएको ताराकुमारीले अदालतमा गरेको बकपत्र समेतबाट पुष्टी हुन आएको हुँदा शुरुले प्र.ले ज्यू मास्ने बेच्ने अपराध गरेको ठहर गरेको इन्साफलाई सदर गरेको क्षे.अ.को इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ११) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कुलदेवराज शाही फैसला न्या.हरगोविन्द सिंह प्रधान : पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर प्रतिवादीको पुनरावेदन परी दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य निम्न प्रकार छ । २. डम्बरबहादुर क्षेत्रीले मलाई विवाह गरी राख्छु भनी ०४०।३।८ गते मेरो घर खैरेनीबाट ल्याई सो दिन कृष्णनगर जाउँ भनी म साथै गएँ, सो दिन कृष्णनगर र भोलिपल्ट बम्बई जाउँ भनी ४ दिन पछि बम्बई शहरमा लगी रण्डी व्यवसायमा लागेकी सुनी तामाङनीको जिम्मा लगाई निज भागेपछि सुनी तमाङनीले तलाई रु. २०,०००।– मा खरीद गरेकी हुँ, मेरो साथमा बसी रण्डी काम गर्नु पर्छ भनी मेरो इच्छा विरुद्ध रण्डी व्यवसायमा लगाई राखेकी थिइन् । पछि सुनी तमाङनीले आफ्नो काम विशेषले काठमाडौं गएको अवस्था भारतीय प्रहरीले छापामारी पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाई दिएको हो । मलाई भा.रु. २०,०००।– मा बिक्री गरी आउने निज डम्बरबहादुर क्षेत्रीलाई कारवाही गरी पाउँ भन्ने समेत ०४०।११।१४ को जाहेरी दर्खास्त । ३. मेरो ट्रकमा खलासी काम गर्दा ताराकुमारी संग बोलचाल चिनजान भएको र २०४० साल ज्येष्ठमा म निजको घरमा गई एकरात बसी निजलाई विवाह गर्छु भन्दा निजको मन्जूर भई ०४० साल आषाढ ७–८ गते म र मेरो साथी मनोहर बानियाँ खैरनी गयौं ताराकुमारी बाख्रा चराउन आएको अवस्थामा कुराकानी मिलाई सितल बजारमा आई बस रोकी बुटवल आयौं मनोहर घरमा गए । हामी दुवै बुटवल होटलमा बसी भोलिपल्ट तीनैजना कृष्णनगर गयौं त्यहाँबाट भारतको बम्बइमा पुग्यौं । भोलिपल्ट निज ताराकुमारीलाई वेश्यालयमा लग्यौं वेश्यालयको मालिकले केटी ल्याए वापत रु. ५००।– मलाई लिनु भनी दिए । मनोहरले के कति पैसा लिए मलाई थाहा छैन । निज ताराकुमारीलाई विवाह गर्छु भनी भारत बम्बइमा लगी बिक्री गरी दिएको हुँ भन्ने अभियुक्त डम्बरबहादुरको प्रहरीमा भएको कागज । ४. डम्बरबहादुर साविती भएको हुँदा ताराकुमारीलाई भारत बम्बईमा लगी बिक्री गरेकोमा विश्वास लाग्छ भन्ने समेत सरजमीन मुचुल्का । ५. प्रतिवादीहरुले मुलुकी ऐन ज्यू मास्ने बेच्नेको १ नं. को कसूर गरेको हुँदा प्रतिवादी डम्बर बहादुर क्षेत्रीलाई ऐ. को १५ नं. अनुसार सजायँ हुनको लागि र मनोहरका हकमा नाम थर पत्ता लागेको बखत कारवाहीको लागि माग गरिने भन्ने समेत प्रहरी प्रतिवेदन दावी । ६. तारा कुमारीलाई भारत बम