निर्णय नं. ३६८४ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६८४ - ज्यान भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/०९/१५ २५३५ निर्णय नं. ३६८४ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह सम्वत् २०४४ सालको फौ.पु.नं. ५११ सम्वत् २०४४ सालको साधक नं. १०९ फैसला भएको मिति : २०४५।९।१५।५ मा पुनरावेदक/प्रतिवादी : केन्द्रीय महिला कारागार काठमाडौंमा थुनामा रहेकी सीता पुडासैनी विरुद्ध विपक्षी/वादी : रामजीप्रसाद पुडासैनीको जाहेरीले श्री ५ को सरकार मुद्दा : ज्यान (१) प्र.ले अदालतमा आई गरेको बयान र अन्य स्वतन्त्र प्रमाणहरुबाट मृतक बच्चा बच्चीहरु प्रतिवादीकै कारणबाट मर्न गएको भन्ने पुष्टि भएकोले मुलुकी ऐन ज्यानसम्बन्धीको १३(३) बमोजिम सर्वश्व सहित जन्मकैद हुने ठहर्याएको शुरुको सदर गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १८) (२) सासू, जेठानी, समेतबाट गरिएको दुव्र्यवहार र भुत्ल्याएर लछार पछार पार्ने जस्तो क्रिया, रोग लाग्दा समेत औषधी मुलो नगरिनु, खान नदिनु जस्तो व्यवहारबाट निजको मनमा तर्क वितर्क र खिन्नता उत्पन्न हुन गई हतोत्साहित भएको र मर्ने सम्मको निर्णय लिँदा आमाको मायाले बच्चाहरु अलपत्र पर्ने दुःख पाउने जस्तो परिकल्पना उठी छोरा छोरीलाई समेत लिई मर्ने निधो गर्न पुगेकी भन्ने जस्तो संवेदनशील कुराको आधार लिई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्दा चर्को पर्ने हुँदा अ.बं. १८८ नं. बमोजिम सजायँ घटाइनु पर्ने भनी शुरुले राय व्यक्त भएकोमा क्षेत्रीय अदालतले अपराधको प्रकृति र घटना घटेको परिस्थिति विचार गरी निजलाई ५(पाँच) वर्ष कैद हुने गरी ठराएको मनासिब देखिने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दकुमार उपाध्याय फैसला न्या.प्रचण्डराज अनिल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी तथा साधक जाहेर भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मिति २०४२।१।५ गते दिनको अं. १२ बजे तिर पत्नी सीता र नाबालक ३ छोरोलाई साथमा लिई घरदेखि अं. १½ किलोमिटर टाढा भोर्ले खोलाको दहमा गई घाँटीसम्म पानी आउने गरी उभिएको र ३ नाबालक केटाकेटीहरु डुबी मरी सकेको कुरा स्कूलबाट घर आएका केटाकेहीहरु सो दहमा पौडी खेल्न जाँदा उक्त घटना देखी गाउँमा आई सो कुराको हल्ला गरेपछि गाउँका मानिसहरु जम्मा भई घटनास्थलमा गई मेरी पत्नी जीवित भएको देखी निजलाई पनि पानीबाट बाहिर निकाले छन् । केटाकेटीहरुको मृत्यु भइसकेको रहेछ, म घटनास्थलमा पुग्दा गाउँका मानिसहरु जम्मा भई रहेकोमा मेरी पत्नी बेहोस अवस्थामा लडी रहेकी ३ जना छोराछोरी मृत्यु अवस्थामा पानीको दहको किनारामा लडी रहेको देखेपछि म मुर्छा परी बेहोस भएको र होस खुलेपछि छोराछोरी डुबी मेरेको हृदय विदारक दृश्य हेरी रहन नसकी र जाहेर गर्नुपर्छ भन्ने कुरा नजानी भाइ ध्रुव आमालाई कुर्न घरतर्फ गएकोले म र मेरो साँहिलो दाजु लोकनाथ भई सोही पानीको दहको किनारामा लाश सदगत गरी जलाएको हुँदा यो दर्खास्त गरेको छु । काुनन बमोजिम जे जो बुझ्नु पर्छ बुझी कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको रामजीप्रसाद पुडासैनीको मिति २०४२।१।९ को जाहेरी दर्खास्त । ३. मेरी श्रीमती पहिले देखिनै कहिले काँही पागल भई हिंड्ने र फेरी सञ्चो भई कामकाज गर्ने गरेकी थिई, उक्त दिन श्रीमतीले के भई बच्चाहरु दहमा डुबाई मारी म यकीन भन्न सक्दिन, तर मेरो विचारमा आफू समेत मर्ने बच्चा समेत लिई दहमा फाल हालेको हुनु पर्छ मेरा मृत बच्