निर्णय नं. ३६८५ - दर्ता बदर दर्ता कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६८५ - दर्ता बदर दर्ता कायम भाग: ३० साल: २०४५ महिना: चैत्र अंक: १२ फैसला मिति :२०४५/११/०४ २४६१ निर्णय नं. ३६८५ ने.का.प. २०४५ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको दे.पु.नं. ७०४, ७०५ फैसला भएको मिति : २०४५।११।४।४ मा पुनरावेदक/प्रतिवादी : काठमाडौं न.पं. वा.न. ३ बस्ने चन्द्रकलादेवी बस्नेत विरुद्ध विपक्षी/वादी : का.न.पं. वा.नं. ३ बस्ने तारादेवी बस्नेतसमेत पुनरावेदक/प्रतिवादी : जि.धनकुटा जितपुर गा.पं. वा.नं. १ बस्ने पद्मकुमारी खड्का विरुद्ध विपक्षी/वादी : का.न.पं. वडा वा.नं. ३ बस्ने प्रल्हाद बस्नेसमेत मुद्दा : दर्ता बदर दर्ता कायम (१) सगोलमा रहँदाको अवस्था सगोलका अंशियारको नाउँमा आर्जन गरिएको सम्पत्तिमा सबै अंशियारको अंश भाग लाग्ने । (प्रकरण नं. १५) (२) आफूले दिएको तायदातीमा देखाउनु पर्ने नदेखाएबाट त्यस्तो सम्पत्ति अंश हक मेट्न दवाई छपाई राखेको होइन भन्न नमिल्ने । (प्रकरण नं. १५) (३) छोडपत्र गरी दिएकोमा आफ्नो हक बदर गरी पाउँ भन्ने फिरादै नपरी प्रतिउत्तर दिँदा पुनरावेदकले नै निजको हकमा समेत भनी छोडपत्र गरेको कुरा सकारी प्रतिउत्तर दिएको देखिन आएको हुनाले निजहरुको वादी बेगर निजहरुको हक पनि बदर हुने भन्न कानूनले नमिल्ने । (प्रकरण नं. १६) पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव प्रत्यर्थीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी फैसला न्या.हिरण्येश्वरमान प्रधान : पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर प्रतिवादीको पुनरावेदनको अनुमति पाउन परेको निवेदनमा अनुमति प्रदान भई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकार छ : २. पति इन्द्रमानको २ श्रीमतीमा जेठी म फिरादी र कान्छी विपक्षी चन्द्रकलादेवी भन्ने चन्द्र हुन् म तर्फबाट १ छोरा प्रल्हाद र कान्छी तर्फका छोरा विपक्षी विनोद बस्नेत हुन् । हामीहरुको बाबु पति स्वर्गे हुनु भयो । घरको मुख्य विपक्षी चन्द्रा भएकी र अंश पाउँ भनी का.जि.अ.मा मुद्दा चलाउँदा लोग्ने इन्द्रमानको आर्जनको सम्पत्ति मध्ये आधा अंश पाउने ठहरी मिति २०३६।३।१८ मा फैसला भई बण्डा छुट्याई पाउन दर्खास्त गर्दा छुट्याउनु पर्ने जग्गा सुनसरी जिल्ला अन्तर्गतको भई तायदातीमा देखाएको जग्गाको श्रेस्तामा हेर्दा पतिका नाउँको जग्गा नामसारी गरी बिक्री वितरण गरेको जस्तो पारी आफन्तका नाउँमा राखेको थाहा पाएकोले आ.व.गा.पं. वडा नं. ५ कि.नं. ७८ को १–१५–०, कि.नं. ७९ को ०–११–१० समेत ज.बि. २–६–१० जग्गा छिपाएको रहेछ । चन्द्रकला बस्नेले हक छाडी आफ्नी आमा पदमकुमारीलाई बाबु पतिले २०२६ सालमा खरीद गरी विपक्षीका नाउँमा दर्ता गरी राखी भोगी आएको जग्गा २०३४।११।१० मा पास गरी दिएको थाहा भयो अंश मुद्दा परेपछि सो मुद्दामा तायदातीमा समेत नदेखाई दवाई छपाएको देखिँदा छिपाउनेको हक समाप्त भई उजूरवालाले पाउने हुँदा पदमकुमारीले छोडपत्र गराई लिएको २०३४।११।९।२ को लिखत २०३४।११।१० मा पास गराएको लिखत बदर गरी दवाए छपाएको जग्गा अंश बण्डाको २७ नं. बमोजिम एकलौटी हामी फिरादीले पाउने हुँदा हाम्रो नाउँमा दर्ता गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. कि.नं. ७८ र ७९ को जग्गा इन्द्रमानको निजी आर्जन नभई चन्द्राको निजी आर्जन हुँदा निजले आफूखुसी गर्न पाउने हो बण्डा गर्न कर नलाग्ने हुँदा मलाई गरी दिएको छोडपत्र लिखत र त्यसको आधारमा भएको दर्ता बदर हुने होइन भन्ने समेत पदमकुमारी