निर्णय नं. ६७५१ - करार वमोजिमको रकम लिई नामसारी गराई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७५१ - करार वमोजिमको रकम लिई नामसारी गराई पाउं भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५६/०१/०६ २६९६ निर्णय नं. ६७५१ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत २०५१ सालको दे.पु.नं. .... २०९७ फैसला मितिः २०५६।१।६।२ मुद्दाः करार वमोजिमको रकम लिई नामसारी गराई पाउं । पुनरावेदक प्रतिवादीः काठमाण्डौ जिल्ला काठमाण्डौ नगरपालिका धर्मपथ स्थित नेपाल वैक लिमिटेड प्रधान कार्यालयका तर्फबाट अख्तियार प्राप्त महाप्रन्धक विश्वम्भर मान सिंह प्रधान समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला रुपन्देही वुटवल नगरपालिका वार्ड नं. ६ वस्ने दशरथमान श्रेष्ठ § नेपाल बैंक लिमिटेड खस्यौलीले आफुसंग रहेको सम्पत्ति लिलाम गर्ने सम्बन्धमा सूचना प्रकाशित गरी सोही बमोजिम लिलाम गराई अर्को पक्षले लिलाम सकार गरेको कुरालाई नेपाल बैंक लिमिटेड प्रधान कार्यालयबाट समर्थन समेत भई गरी सकेको र बांकि रुपैया बुझाउने व्यवस्था समेत तोकेको स्थितिमा विपक्ष वादी दशरथमानले लिलाममा पाएको कुरालाई वंचित गरी अर्को लिलाम कारवाही उठाउने गरेको ने.बै.लि. रुपन्देहीको काम कारवाही कानूनन् नभएबाट वादी दशरथमानको नाममा नामसारी गरी दिने भन्ने रुपन्देही जि.अ.को फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मनासिब ठहर्ने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री अनुपराज शर्मा प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्वित नजिरः फैसला प्र.न्या.मोहनप्रसाद शर्माः प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. पार्टी उमेश चन्द्र जैन तथा निजसंग सम्वन्धित कम्पनीहरुले लिएको कर्जा वि.पि. इत्यादि कारोवारको थप म्याद भित्र पनि चुक्ता नभई निजले सुरक्षण राखेको जग्गाहरु २०४०।६।६ र २०४०।६।७ मा लिलाम हुने हुंदा नेपाल हायर पर्चेज कं. प्रा.लि. रुपन्देही जिल्ला वुटवल खस्यौली न.पं. वडा नं. ८(क) स्थित कि.नं. २३०, २३१, ४४८ र २२९ का जग्गाहरुमा मेरो वोल कवुललाई यस वैंकले स्वीकृति दिई आफुले वोलेको रु.३,७१,२००। रुपैयाको १०छ धरौटी वापत रु.३७१२०। खस्यौली शाखामा २०४०।६।७ मै रकम जम्मा गरेको थिए । लिलामको जग्गा लिने दिने गरी हामीहरु वीच परस्पर मै करार भइसकेको निर्विवाद छ । यसरी विधिवत लिलाम सकार गरी सूचनामा उल्लेख गरे वमोजिम धरौट रकम समेत जम्मा गरी नामसारीको लागि प्रतिक्षारत मलाई नामसारी गरी नदिई हाल सोही जग्गा २०४६।६।१५ मा पुनः लिलाम गर्न गो.प. मा सूचना प्रकाशित गरेकाले विपक्ष वैंकलाई लिलाम सदर गर्ने वा नगर्ने मात्र अधिकार सुरक्षित छ । लिलाम सदर गरिसकेपछि जग्गा नामसारी नगरी पुनः लिलाम गर्ने अधिकार छैन । विपक्षी वैंकहरुको निर्णयबाट ति वैंक र म फिरादीको वीचमा भएको करारको उल्लघंन हुन गएको हुंदा करार ऐन, २०२३ को दफा १०(१) वमोजिम यथावत परिपालनको उपचारद्वारा उक्त मलाई विक्री गर्न भनी करार भएको जग्गाको वोलीको वांकी मुल्य लिई जग्गा मेरो नाममा नामसारी गराई पाउं भन्ने फिराद पत्र । ३. विपक्षी दशरथमान श्रेष्ठले लिलाम वढावढमा रु.३७१२००। लिलाम सकार गरेको हुंदा कुल अंकको १० प्रतिशतले हुन आउने रकम रु.३७१२०। धरौट वापत जम्मा गरेका हुन । उक्त जग्गा श्री कर कार्यालय काठमाण्डौ र मालपोत कार्यालयको पत्रबाट रोक्का राखिएको भन्ने वैंकलाई जानकारी हुन आएकोले विपक्षीका नाममा नामसारी दाखिल खारेज गराउन सकिने भएन। प्रस्तुत लिलाम वढावढलाई करार भ