निर्णय नं. ६७५२ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७५२ - जग्गा खिचोला भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०९/०६ २७९८ निर्णय नं. ६७५२ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्वत २०५१ सालको दे.पु.नं.. .... २७८७ फैसला मिति : २०५५।९।६।२ मुद्दा : जग्गा खिचोला । पुनरावेदक वादीः काभ्रेपलान्चोक जिल्ला चलाल गणेशस्थान वडा नं. ३ वस्ने जिवनाथ उपाध्याय गुरागाई विरुद्ध प्रत्यर्थी प्रतिवादी : का.प.जि. वत्थली गा.वि.स. वडा नं. ७ पोखरी डांडा वस्ने वल वहादुर तामाङ § प्रतिवादी वल वहादुरले मोहियानी हकको प्रमाणपत्र प्राप्त गरेको अवस्थामा जग्गा खिचोला मुद्दाबाट अदालतले मोहीको १ नं. को लगत समेतको कुराबाट अधिकारयुक्त निकायबाट प्राप्त गरेको मोहियानी हकको प्रमाणपत्रको वैधानिकता तर्फ प्रश्न उठाउने अवस्था मनासिव नदेखिने। (प्र.नं. ११) पुनरावेदक तर्फबाटः प्रत्यर्थी तर्फबाटः अवलम्वित नजिर : फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत पाटनको २०५१।७।११ को फैसला उपर न्याय प्रशासन ऐन, ०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षित विवरण तथा ठहर यसप्रकार छ । २. मेरो नाउंमा दर्ता भएको खोपासी गा.पं. वडा नं. ४ को कि.नं. २४० को १६-०-३-१ को मिरसिम जग्गा ऐ. ऐ. को कि.नं. २४१ को १०-४-२-० को पर्ति जग्गा समेत यि २ कित्ता जग्गा मध्ये कि.नं. २४० को आवादी जग्गामा गोठ घर बनाई हाल हिउदे वाली गहुं लगाई राखेको र कि.नं. २४१ मा समेत भोग तिरो गरी आएको थिए र कसैको खर खिचोला थिएन । ०४४ माघ १५ गतेका दिन विपक्षी समेतले कि.नं. २४१ को जग्गामा मैले पालिराखेको वकाईना तथा गुरांसका रुख काटनु भएको, नकाटनुस भन्दा यि कि.नं. २४१, २४० को दुवै कित्ता जग्गा मैले आफ्नो गराई सकेको छु, तिमीलाई भोगचलन गर्न दिन्न भनि ठाउं ठाउंमा खनी खिचोला गर्नु भएको र गहुं वाली भित्र कान्ला खनी खिचोला गर्नु भएकोले रु.१००००। मोल जाने कि.नं. २४०, २४१ को विपक्षको खिचोला मेटाई पाउं भन्ने व्यहोराको फिराद पत्र । ३. २०२० साल देखि म प्रतिवादी मोही मै चार नम्वर जोताहाको अस्थायी निस्सा समेत भरी मोही भै कमाई आएको मेरो मोहियानी हकको जग्गा पुर्व पधेरो टडेन पाखा, पश्चिम पाखा र औतार सिङको जग्गा उत्तर नरकुखोला र दक्षिणमा हरि प्रसाद गुरांगाईको जग्गा समेत सांध भएको यति ४ किल्ला भित्रको पाखो फडानी गरी दुःख कष्ट संग जग्गा कमाई आएको छु । यति ४ किल्लामा केहि खेत तथा केहि जग्गामा गोठ समेत बनाई आएको सो जग्गामा कुन कुन कित्ता नम्वर पर्छ मलाई थाहा भएन कि.नं. २४० र २३८ को मोहियानी हकको प्रमाणपत्र पाएको छु । विपक्षी वादी निवेदक र म प्रतिवादी भएको कुत भराई मोहियानी निष्काशन गरी पाउं भन्ने मुद्दा का..प.जि. भुमिसुधार शाखामा भएको दायरी मिसिल वुझी अ.वं. १७१ नं. वमोजिम जग्गाको नक्सा समेत गरी २४०, २४१, २३८ सो तिनै कित्ता मेरो मोहियानी हकको ४ किल्ला भित्र पर्दछ । मेरो मोहियानी हकको जग्गालाई खिचोला गर्‍यो भनि झुठृा फिराद दिई दुःख दिएकोले फिराद खारेज गरी पाउं भन्ने व्यहोराको प्रतिउत्तर पत्र । ४. भु.सु. बाट सक्कल लगत झिकी हेर्दा वादीको जग्गामा प्रीतवादीको मोहियानी हक नदेखिई कि.नं. २३८ मा मात्र देखिएकोले वादी दाविको जग्गा समेत मेरो मोहियानी हक भन्ने प्र. को जिकिर मनासिव देखिएन तसर्थ वादी दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत व्यहोराको शुरु का.प.जि.अ. को फैसला । ५. का.प.जि. अ