निर्णय नं. ६७५३ - मोही लगत कटृा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७५३ - मोही लगत कटृा भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/१०/०४ २३५५ निर्णय नं. ६७५३ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री टोपवहादुर सिंह सम्वत् २०५३ सालको दे.पु.नं.. ३७४५ फैसला मितिः २०५५।१०।४।२ मुद्दाः मोही लगत कटृा । पुनरावेदक वादीः जि. सुनसरी धरान न.पा. वडा नं. १९ वस्ने धन कुमार राई विरुद्ध विपक्षी प्रतिवादीः ऐ. वकलौरी गा.वि.स. वडा नं. ७ वस्ने छेदी चौधरी § भुमि सम्वन्धी ऐन, २०२१ (संशोधन सहित) को दफा २६(ग) अनुसार कुनै मोहीले जग्गा छोडी भागी वेपत्ता भएमा मोही हक समाप्त हुने कानूनी व्यवस्था गरेको पाइन्छ । यस स्थितिमा एकातिर उपरोक्त आधारमा वादीको दावी पनि देखिदैन भने अर्को तर्फ वादीले दावी गरेको अवस्थामा प्रतिवादी कारागारमा थुनामा रहेको अवस्थामा देखिंदा प्रतिवादी भागेको वा वेपत्ता भएको भनी मान्न नमिल्ने । (प्र.नं. १०) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत विराटनगरको मिति २०५३।२।३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत दायर भई पेश हुन आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः २. जि.सुनसरी सिंगिया गा.वि.स. वडा नं. ७(क) कि.नं. १२४ को ज.वि. २-६-० जग्गा ज.ध. खडानन्द ठकुरीका नाउं दर्ता रहेकोमा विपक्षी वादीले ज.ध. उपर मोही वेदखली मुद्दा दिई कारवाही हुंदा वादी दावी खारेज गर्ने गरी २०३३।९।२९ गते भु.सु.का. बाट निर्णय फैसला भएकोमा उक्त जग्गा निज ज.ध. खडानन्द ठकुरीबाट मैलै राजिनामा पारीत गरी लिएकोमा सो जग्गाको मोही महलमा उक्त वादी नाउं लेखिएको हुंदा वादीको पुनरावेदन समेत केहि नपरी चित्त वुझाई वसेको हुंदा त्यस कार्यालयको फैसला वमोजिम उक्त कि.नं. १२४ जग्गाको मोही छेदी लाल चौधरीका नाउंको मोहियानी लगत कटृा गरि पाउं भन्ने समेत व्यहोराको धन कुमारी राईको मिति २०५०।२।३२ को निवेदन पत्र । ३. साविक ज.ध. खडानन्दले मोही लगत कटृा गरी पाउं भन्ने उजुरी दिनुपर्नेमा सो नगरी हाल जग्गा खरिद गर्ने धन कुमार राइले दावी लिएको र साविक ज.ध. को वारेसनामा सम्म नभएको हुंदा मुलुकी ऐन अ.वं. ६५ नं. र ८२ नं. को प्रतिकूल भएबाट वादी दावी खारेज गरि पाउं भन्ने समेत व्यहोराको मिति २०५०।५।२८ को प्रतिउत्तर पत्र । ४. जग्गा नकमाई अन्यत्र गै वस्ने मोहीको लगत भुमि सम्वन्धी ऐन, २०२१ को दफा २६(ग) अनुसार लगत कटृा हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०५०।१२।२८ को शुरु भु.सु.का.को फैसला । ५. वादी दावी वमोजिम उक्त जग्गाको मोही हकको लगत खडानन्दले नकटाई प्रत्यर्थी वादीलाई विक्रि गरेको अवस्थामा उक्त मोही वेदखली मुद्दा खारेज भएको आधारमा कटृा हुने नहुने के हो सो तर्फमात्र इन्साफ दिनुपर्नेमा सो तर्फ केहि नवोली दावी नै नभएको कुरामा मोहीले जग्गा छोडी अन्यत्र गै वसेकोले भु.सं. ऐन, २०२१ को दफा २६(ग) अनुसार मोही लगत कटृा हुने गरी भएको शुरु फैसला प्रतिपादित कानूनी सिद्धान्त समेतका आधारमा त्रुटिपूर्ण भएकोले वदर गरी पाउं भन्ने समेत व्यहोराको मिति २०५१।३।८ को प्रतिवादीको पुनरावेदन अदालत विराटनगरमा परेको पुनरावेदन पत्र । ६. पुनरावेदक प्रतिवादीले तारेख गुजारेको प्रकाशपुर गै वसेको भन्ने वकलौरी गा.वि.स.को सिफारिश समेतको आधारमा पुनरावेदकको मोही लगत कटृा हुने ठहराएको शुरु निर्णय विचारणीय हुंदा छलफलको लागि विपक्षी झिका