निर्णय नं. ६७५४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७५४ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/१२/२२ २६४३ निर्णय नं. ६७५४ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल संवत् २०५४ सालको फौ.पु. नं. ... १६४२ फैसला मितिः २०५५।१२।२२।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः ललितपुर जि.भटेृडांडा गा.वि.स. वडा नं. ३ घर भै हाल केन्द्रीय कारागार शाखा भद्रगोल काठमाडौंमा थुनामा रहेको धन वहादुर लोप्चन विरुद्ध विपक्षी वादीः कान्छी मायां तमाङ को जाहेरीले श्री ५ को सरकार § ४ वर्षको नावालक राज कुमारलाई मार्नु पर्ने सम्मको रिसइवी भएको नदेखिएको मार्ने मनसाय पनि नरहेको मार्ने मनसायले नै कुटपिट गरेको भन्ने कुराको सवुद प्रमाणबाट वादी पक्षले पुष्टि गर्न नसकेको, खाना खान लाग्दाको अवस्था खानामा पिसाव फेरी दिने सो पिसाव फेरेको खाना नखाई पर सार्दा सो खाना खुट्टाले हानी यी पुनरावेदकको जिउ भरी पारि दिएको कारणबाट तत्काल रिस उठेको रिस थाम्न नसकी साधारण कुचोले कुटपिट गर्दा सोही चोटबाट मृत्यु भएको देखिंदा ज्यान सम्वन्धी महलको १३ नं. आकर्षित हुन सक्ने देखिन आउंदैन । ज्यान मार्नाको मनसाय पनि नरहेको, ज्यान लिनु पर्ने सम्मको रीसइवी पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रीस थाम्न नसकी साधारण लाठा ढुङगा लात मुक्का इत्यादिले हान्दा सोही चोट पीरले ऐनका म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नुपर्छ भन्ने ज्यान सम्वन्धी महलको १४ नं. मा गरिएको कानूनी व्यवस्था नै आकर्षित हुने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री भोजेन्द्र खत्री विपक्षी वादी तर्फबाटः विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः २. मिति ०५०।१२।२७ गते राती १२:०० वजेको समयमा मेरो श्रीमान धन वहादुर लोप्चन (तामाङले) मेरो छोरा वर्ष ४ को राजकुमार तामाङलाई तिमी भित्र अर्को कोठामा सुत्न जाउं भनि मेरो छोरा उठेर जादै थियो । वाहिर पिसाव गरेर आइज भनि नजिकै भएको अम्रिसाको कुचाले चार पांच पटक वेस्कन हिर्काए पछि मेरो छोरा राजकुमार वाहिर गई पिसाव गरी आयो । पुनः छोरालाई एक्कासी झम्टीई ४ चार पटक भुईमा पछारी लाताले कुटी मेरो छोरालाई घटनास्थलमा नै मारेको हुंदा मेरो श्रीमानलाई पक्राउ गरी आवश्यक कारवाही गरी पाउं भन्ने समेत व्यहोराको कान्छी तमाङनीको जाहेरी दर्खास्त रहेछ । ३. ल.पु.जि. ठेचो गा.वि.स. वडा नं. १ स्थित श्री राम महर्जनको पक्की घर उक्त घरको छिडी तलाको भित्री कोठाको झ्याल थुनी मृतक राजकुमार तामाङको लास रहेको उक्त लासको दुवै नाक र मुखवाटै सेतो फिज निस्केको मृतकको दायां आंखाको दायातर्फ १ इन्च र दायां आंखा माथि निधारको भागमा अं. आधा इन्च छाला घस्र्रिएको घाउ भएको मृतकको पाताको धाडमा अं. १ इन्च चौडाई भएको कुनै वस्तुले कुटपिट गरी घस्रिएको जस्तो निल डाम भएको मृतकको लिङ्गवाट पिसाव निस्किएको भन्ने समेत व्यहोराको लास जांच प्रकृति मुचुल्का रहेछ । ४. मिति २०५१।१२।२७ गते राती अन्दाजी १२:०० वजेको समयमा मेरो श्रीमान र निजको कान्छी श्रीमती र मृतक राजकुमार तमाङसंग झगडा भै रहेको थियो । के कति कारणवाट झगडा भयो थाहा छैन । सो समयमा मेरो श्रीमान धन वहादुर लोप्चन (तामाङ) ले मृतक वच्चा राजकुमार तामाङलाई ३,४ पटक कु