निर्णय नं. ८८१८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८८१८ - उत्प्रेषण भाग: ५४ साल: २०६९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०६९/०२/१४ ३८१९ ने.का.प. २०६९, अङ्क ४ निर्णय नं.८८१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भरतराज उप्रेती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की रिट निवेदन नं. : २०६६-WO-०६२६ आदेश मितिः २०६९।२।१४।१ विषय :- उत्प्रेषण । रिट निवेदकः वातावरण तथा मानव संशाधन विकास समाज नेपाल, डोटी विरुद्ध विपक्षीः जिल्ला प्रशासन कार्यालय, डोटी समेत § विवादको सुनुवाई गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई नतोकेको अवस्थामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(६) बमोजिम प्रमुख जिल्ला अधिकारीले कुन ऐन कानूनको क्षेत्राधिकार प्रयोग गरी विवादको कारवाही र किनारा गरेको हो सो खुलाउनु पर्ने । § विवाद हेर्ने क्षेत्राधिकार कानूनतः स्पष्ट तोकिएको अवस्थामा मात्र त्यस्तो निकायले ग्रहण गर्ने हो र त्यस्तो साधिकार निकायबाट भएका आधिकारिक निर्णयले मात्र कानूनी मान्यता पाउने । § संस्था दर्ता ऐन, २०३४ बमोजिम गठित संगठित संस्थाले आफ्नो संस्थाको कर्मचारीको नियुक्ति बदर गर्ने निर्णयउपरको विवाद हेर्ने वा उजूरी सुनी निर्णय गर्ने विशेष क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीलाई रहे भएको नदेखिने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू लक्ष्मण थपलिया र दामोदर खड्का विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता मदन धामी अवलम्बित नजीरः सम्बद्ध कानूनः § संस्था दर्ता ऐन, २०३४ को दफा ४, ५ § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) § स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८(६) § श्रम ऐन, २०४८ को दफा २(ख) आदेश न्या.भरतराज उप्रेतीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्र अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं यस अदालतको आदेश यस प्रकार छ :– वातावरण तथा मानव संशाधन विकास समाज नेपाल (सोर्स–नेपाल) नामको संस्था मिति २०५२।०७।१९ मा जिल्ला प्रशासन कार्यालय, डोटीमा दर्ता नं. ४८।०५२ मा दर्ता भएको संस्था हो । यो संस्थाले Rural Access Programme (RAP) सँगको सम्झौतामा “ग्रामिण पहुँच कार्यक्रम” सञ्चालन गर्दै आएको छ । सो कार्यक्रम सञ्चालनको लागि मार्च १, २००९ देखि लागू हुने गरी विपक्षी प्रमोदविक्रम बमलाई कार्यक्रम संयोजक नियुक्त गरिएको थियो । वातावरण तथा मानव संशाधन विकास समाज नेपालको कार्य समितिको मिति २०६६।०३।११ गतेको बैठकले “ग्रामिण पहुँच कार्यक्रम” को बैक खाता कार्यक्रम संयोजक वा लेखा अधिकृतमध्ये एक जना र अध्यक्ष एक जना गरी दुई जनाको संयुक्त दस्तखतबाट सञ्चालन हुने निर्णय भएको थियो । सो निर्णयको विपरीत संस्थाको रकम विपक्षी प्रमोदविक्रम बमले बैकबाट निकाली आफूखुश खर्च गरेकोले रकम हिनामिनाका साथै संस्थाको हितविपरीत कार्य गरेको थियो । वातावरण तथा मानव संशाधन विकास समाज नेपालको कार्यकारी समितिको मिति २०६६।०५।२४ को निर्णयले निज प्रमोदविक्रम बमलाई स्पष्टीकरण सोध्ने भनी गरेको निर्णयबमोजिम २०६६।०५।२८ गते ३ बजे दिउँसोभित्र स्पष्टीकरण पेश गर्न फोनमार्फत् जानकारी गराएकोमा निज उपस्थित भई कुनै पनि जवाफ दिएन । सो पश्चात् संस्थाको प्रतिष्ठा र सम्पत्तिलाई संरक्षण गर्न मिति २०६६।०५।२० को कार्य समितिको बैठकले संस्था दर्ता ऐन, २०३४ र वातावरण तथा मानव संशाधन विकास समाज नेपाल (सोर्स–नेपाल) को विधान विनियमावली बमोजिम निज प्रमोदविक्रम बमलाई मिति २०६६।०५।२८ देखि लागू हुने गरी नियुक्ति बद