निर्णय नं. ६७५५ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७५५ - अंश भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५६/०२/१४ २५५८ निर्णय नं. ६७५५ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संम्वत २०५५ सालको दे.पु.नं.. .... ४६०५ फैसला मिति : २०५६।२।१४।६ मुद्दा : अंश । पुनरावेदक प्रतिवादी : म्याग्दी जिल्ला शिख गा.वि.स. वडा नं. ३ वस्ने मान सिंह पुर्जा विरुद्ध प्रत्यर्थी वादी : ऐ. शिख गा.वि.स. वडा नं. ३ वस्ने टुल्कुमाया पुर्जा समेत § वादी र प्रतिवादी दुवै वीच यौन सम्वन्ध भएको र वच्चा जन्मेको कुरा स्थापित भएको स्थितिमा वादी प्रतिवादी वीच वैवाहिक सम्वन्ध कायम हुन आउने हुंदा वादी र निजको साक्षी खनिसरा तिलीजाको वयान र वकपत्रमा तथ्यगत कुरामा केही फरक पर्दैमा उक्त वयान वकपत्रलाई प्रमाणमा ग्रहण गर्न मिल्दैन भन्न नमिल्ने हुंदा वादी र प्रतिवादी वीच वादी दावी वमोजिम नाता कायम हुने र अंश समेत छुटयाई पाउने ठहर्याएको पुनरावेदन अदालत पोखराको फैसला मनासिव ठहर्ने । (प्र.नं. १४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर र श्री वच्चु सिंह खड्का प्रत्यर्थी वादीतर्फबाटः विद्वान अधिवक्ता श्री गौवहादुर आले मगर अवलम्वित नजिर : फैसला न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम दोहोर्याउन पाउने निवेदन परी निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. विपक्षी मान सिंहले रीतिस्थिति अनुसार म वादी टुल्कुमायासंग २०४१ सालमा वैवाहिक सम्वन्ध कायम गरी विपक्षीको करणी विर्यबाट छोरा लाल प्रसाद जन्मेपछि विपक्षी रोजगारको लागि भारत जानुभई भारतीय फौजमा भर्ति हुनु भई २०४५।५।३१ मा विदामा घर फर्कनु भयो । विपक्षीले म र छोरा समेतको स्याहार सुसार खान लाउन मिलाउनुको वदला २०४५।६।१५ गते नरसुवा गर्वूजालाई विवाह गरी म समेतलाई २०४५।६।३० गते घरबाट निकाली दिनु भएको म स्वस्थ्थ श्रीमती घरमा छंदाछंदै विपक्षीले श्रीमती ल्याउनु भएको र खान लाउनको समेत प्रवन्ध नगरी घरबाट निकाली दिनु भएकोले विपक्षीका वावु सन्तूका २ भाई छोरा ३ वहिनी छोरी एक श्रीमती भएकोमा २ भाई र १ वहिनीको विवाहदान भैसकेकोले अंशवण्डाको १७ नं. ले विवाह खर्च पर सार्नु पर्ने २ जना वहिनीहरु मात्र छन र विपक्षीका वावु ४ अंशियारा भएकोले विपक्षीले ४ खण्डको एक खण्ड अंश भाग पाउने हुंदा सो एक खण्डको ४ वण्डा गरी २ वण्डा मैले र मेरा छोराले पाउने हुंदा विपक्षीसंगबाट फांटवारी लिई मैले पाउनु पर्ने २ वण्डा दिलाई पाउं भन्ने समेत लाल प्रसाद पुर्जाको हकमा र आफ्ना हकमा समेत टुल्कुमाया पुर्जाको फिराद पत्र रहेछ । ३. विपक्षीको भनाइ झुठा हो । मैले विपक्षीसंग वैवाहिक सम्वन्ध कायम गरेको छैन । म भारतीय सेनामा भर्ति भै आफ्नो रोजगारको लागि काम गर्दै आएको व्यक्ति हुं । केही रुपमा झारी खाउंला भन्ने मनसायले विपक्षीले म प्रति आरोपित कसुरमा मुद्दा दायर गरेकी हुन । मैले अंश दिनुपर्ने होइन । अ.वं. ८२,८३ नं. ले हक नपुग्नेले फिराद दायर गरेकोमा खारेज गरी पाउं र जन्मेको भनिएको र मेरो रगत जांच गरेमा मेरा करणी विर्यबाट गर्भ रहन गई छोरा जन्मेको समेत कुनै केही होइन । साक्षी प्रमाणहरु समेत वुझेमा सत्य सांचो कुरा अवगत हुने हुंदा विपक्षीको दावीवाट फुर्सद दिलाई पाउं भन्ने समेत मान सिंह पुर्जाको प्रतिउत्तर पत्र रहेछ । ४. अ.वं. ८० नं. वमोजिम नाता तर्फ वयान हुंदा, मलाई निज मान सिंहको ग