निर्णय नं. ६७५७ - हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७५७ - हक कायम समेत भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/१०/०४ २६६१ निर्णय नं. ६७५७ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत २०५२ सालको दे.पु.नं. .... २७९८ फैसला मिति : २०५५।१०।४।३ मुद्दा : हक कायम समेत । पुनरावेदक प्रतिवादीः भ.पु.जि.भ.पु.न.पा. वडा नं. ८ तुलाछे बस्ने मिश्रीमाया मलेपति समेत विरुद्ध विपक्षी वादीः ऐ.ऐ. टिवुक्छे बस्ने सुवर्ण श्रेष्ठ समेत § रमेशमानको मिति २०४५।५।५ मा मृत्यु भएपछि विवादित सम्पत्तिमा यी वादीहरुको अपुताली हक हुनु पर्ने भन्ने दावीका हकमा विचार गर्दा मृतक रमेशमान फिरादी मध्येकी सुर्वण श्रेष्ठको छोरा भए पनि मिति २०३१।२।२७ को धर्मपुत्रको पारीत लिखत अनुसार निज रमेशमान विधिवत रुपमा जगतलालको धर्मपुत्र भैसकेको र सो लिखतको अस्तित्व उपर कुनैै चुनौती नभई वहाल नै रहेको अवस्थामा रमेशमान र यी वादी मध्येकी सुर्वण श्रेष्ठको आमा छोराको नाता समाप्त भै निजहरु वीच दिदी र भाइको नाता स्थापित भइसकेको देखिन्छ । भाइको अपुताली दिदीमा सर्ने कानूनी व्यवस्थाको अभावमा यी वादीले रमेशमानको सम्पत्तिमा अपुताली हक पाउने भन्न मिल्ने देखिएन । रमेशमानलाई जगतलालले धर्मपुत्रको लिखत गरी दिएको भएतापनि जगतलालको मृत्यु पछि निजको नाउंको सम्पत्ति धर्मपुत्रमा नामसारी हक हस्तान्तरण इत्यादि भई नसकेको हुंदा जगतलाल कै अपुतालीमा दावी लिई आएको र पिताको नाममा दर्ता रहेको सम्पत्ति नजिकका अन्य हकवालाहरु जीवित नरहेको अवस्थामा हामी छोरीहरुको अपुताली हक कायम हुनु पर्छ भन्ने जिकिर लिएको देखिन्छ तापनि मिसिल संलग्न २०३४।११।२ को भक्तपुर गुठी तहसिल तथा खर्च कार्यालयको पर्चा वमोजिम भक्तपुर जि. सिपाडोल गा.वि.स.वडा नं. ९ को कि.नं. १३५ र कि.नं. २७ का जग्गाहरु जगतलालको नामबाट रमेशमानले आफ्नो नाममा नामसारी दर्ता गराएको देखिन्छ । यसबाट धर्मपुत्रमा नामसारी लगायत हक हस्तान्तरण भै नसकेको भन्ने वादीहरुको दावी आधारहीन देखिंदा जगतलालको अपुताली वादीहरुमा परेको भन्ने कथनको पुष्टि हुन सकेको छैन । यस प्रकार २०३१ सालमा पिता जगतलाल र २०३५ सालमा माता जननी मायाको स्वर्गवास भएपछि त्यसको १० वर्ष पछि २०४५ सालमा वावु जगतलालको अपुताली हक कायम गरी पाउं भनि लिएको वादी दावी पुग्न नसक्नेमा वादी दावी वमोजिम नामसारी हक कायम हुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं. ११) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री वलराम सेढाइ विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी र श्री प्रकाश वस्ती अवलम्वित नजिरः ने.का.प. २०४६ अंक १० पृष्ठ १०६३ नि.नं. ३९७१ फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनको मिति २०५२।१।१३।४ को फैसला उपर न्याय प्रशासन ऐन २०४८को दफा ९(१)(ग) अन्तर्गत पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. जिजुवाजे भोलानाथ मलेपतिका ४ छोरामा जेठा गोलाफं सि. माहिला नवाफसिंह साहिला अजव सिं कान्छा इन्द्रमान सिं भएकोमा जेठाका २ छोरामा जेठा जगत बहादुर अघि नै परलोक हुनु भएको र कान्छा लालसिंका ललितमान सिं मलेपति एक मात्र छोरा भई लालसिं अघि नै परलोक भएका ललितमानको छोरा विपक्षी धनबहादुर मलेपति १ मात्र छोरा जायजन्म भएपछि निज ललितमान सिं पनि ०४६।५।३ मा परलोक हुनु भयो । माहिलो छोरा नवाफ सिं का जगतलाल मलेपति १ मात्र छोरा जन्मी न