निर्णय नं. ६७५८ - नागरिकता किर्ते ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७५८ - नागरिकता किर्ते । भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/१०/१८ ४२९९ निर्णय नं. ६७५८ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५१ सालको फौ.पु.नं. .. ८८० फैसला मितिः २०५५।१०।१८।२ मुद्दाः नागरिकता किर्ते । पुनरावेदक वादी : जिल्ला कार्यालय लमजुङको पत्रले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादीः लमजुङ जिल्ला वाग्लुङपानी गा.वि.स. वडा नं. ९ वस्ने ज्ञानमाया घर्ती समेत § किर्ते कागजको १ नं. को व्यवस्था हेर्दा कस्तो अवस्था पर्दा किर्ते गरेको ठहर्ने हो भनि स्पष्ट व्यवस्था भएको पाइन्छ । हस्ताक्षर वा औंलाको ल्याप्चे सही निशाना र छाप इत्यादि झुठा गरी बनाई सकेको भन्ने तथ्य स्थापित हुनु पर्दछ । जसको सही किर्ते भएको भनिएको हो निज व्यक्तिको सनाखत गराइएको छैन । अड्डाको छाप किर्ते गरेको भन्ने तर्फ त्यस्तो झुठा छाप वरामद भएका छैन । के कुन आधारबाट किर्ते गरेको भन्ने हो सो तर्फ अनुसन्धान अवस्था मै तहकिकात गरी स्पष्ट आधार प्रमाण पुर्‍याउन सक्नु पर्छ । सर्जमीनका व्यक्तिले ज्ञानमाया किर्ते गर्न सक्ने व्यक्ति होइन भनी लेखाई दिए तर्फ समेत वादी पक्षबाट खण्डन हुन सकेको स्थिति छैन । गोपीप्रसाद गुरुङ भन्ने मानिस भारतमा वसी काम गर्ने व्यक्ति भन्ने देखिन्छ र निज घरमा आएको अवस्था पारी के कुन रीतबाट किर्ते गरेका हुन खुल्दैन । यस्तो अवस्थामा शुरुले सफाइ दिएका प्रतिवादीहरु ज्ञानमाया घर्ती र गोपी प्रसाद गुरुङको सम्वन्धमा कुनै परिवर्तन गरिरहनु परेन । शुरु सदर गरेको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिने । § जहांसम्म नागरिकता सम्वन्धी ऐन, २०२० को दफा १५ को प्रश्न छ त्यसतर्फ विचार गर्दा दफा १५ को अध्ययन गरिनु पर्ने हुन आउंछ । उक्त दफा १५ हेर्दा झुटृा विवरण वा वयान दिई नेपालको अंगिकृत नागरिकता वा जन्म वा वंशजको नाताले नागरिकता प्राप्त गर्ने गराउने व्यक्ति वा सो गर्ने गराउने उद्देश्य जानी जानी झुटृो विवरण वा वयान दिई सिफारिश गर्ने व्यक्ति वा सो गर्ने उद्देश्यले झुटृो विवरण वा वयान दिई आवेदन पत्र दिने नै व्यक्तिलाई गरिने सजायको व्यवस्था भएको पाइन्छ । वादी दावीमा सो अनुसार झुठोे विवरण वा वयानको आधारमा नागरिकता प्राप्त गरेको भन्ने नभई प्र.जि.अ. को किर्ते सही र कार्यालय समेतको किर्ते छाप कटाई किर्ते गरेको भन्ने वादी दावी रहेको छ, झुठृो विवरण पेश गर्नु र सहीछाप नै किर्ते गर्नु अलगअलग विषयवस्तु देखिन आउने हुन्छ । वादी स्वयंले झुटृो विवरण वा वयान दिएको भनि कस्तो झुठृो विवरण र वयान पेश गरी आफ्नो भनाइको पुष्टि गर्न सकेको देखिदैन । प्रमाण पुर्याई दावी लिन नसकेको अवस्थामा सजाय गर्न मिल्ने नदेखिंदा प्रतिवादी पदमराज घले तथा गोपी प्रसाद गुरुङ समेत उपरको नागरिकता ऐन, २०२० वमोजिम सजाय गरी पाऊ भन्ने वादी दावी पुग्न सक्ने नदेखिदा प्रतिवादीहरुलाई सफाइ दिने ठहराएको पुनरावेदन अदालतको फैसला मिलेकै देखिई मुनासिव ठहर्ने । (प्र.नं. २२) पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री दिनेशहरी अधिकारी विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिर : फैसला न्या.केदारनाथ आचार्यः शुरुको इन्साफ केही उल्टी गर्ने गरी गरेको पुनरावेदन अदालतको फैसला उपर पर्न आएको पुनरावेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. मेरो लोग्ने विन वहादुर मरेका हुंदा पेन्सनको लागि नागरिकता चाहिएकोले फोटो लगी पदमराजलाई दिएको निजले कसरी