निर्णय नं. ६७५९ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७५९ - लागू औषध भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५५/०९/०९ ३०८१ निर्णय नं. ६७५९ ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५२ सालको फौ.पु.नं. .. १४४७ संवत २०५३ सालको फौ.पु.नं. १५०६ फैसला मितिः २०५५।९।९।५ मुद्दाः लागू औषध । पुनरावेदक प्रतिवादीः रुपन्देही जिल्ला कटैया गा.वि.स. वडा नं. १ घर भई हाल नख्खू कारागारमा थुनामा रहेको हर्क पुनमगर विरुद्ध विपक्षी वादीः प्र.नि. थम पाण्डे समेतको जाहेरीले श्री ५ को सरकार पुनरावेदक वादी : प्र.नि. थम पाण्डे समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादी : मोरङ जिल्ला दा.वै. गा.वि.स. वडा नं. १ वस्ने कृष्ण तिवारी समेत § जहांसम्म उल्लेखित लागू औषध आफूले सेवन गर्नको लागि खरिद गरि ल्याई साथमा लिई हिडेको हुं, विक्रि वितरणको लागि ल्याएको होइन भन्ने निजले जिकिर लिएको छ, सो सम्वन्धमा हेर्दा ८०० ग्राम लागू औषध प्रतिवादी हर्क पुनले आफैले सेवन गर्नको लागि मात्र खरिद गरि ल्याई वोकी हिडेका होलान् भन्ने अनुमान गर्नु विश्वासनीय र व्यवहारिक हुने देखिंदैन । यस सम्वन्धमा वादी श्री ५ को सरकार प्रतिवादी श्याम कुमार श्रेष्ठ समेत भएको लागू औषध मुद्दामा यस अदालतको संयुक्त इजलासवाट मिति २०४७।५।२०।४ मा (ने.का.प. २०४८ अंक ५ पृष्ठ संख्या २१२ नि.नं. ४२९४) कुनै व्यक्तिको साथवाट वरामद भएको लागू औषधको परिमाण पनि विचारणीय हुनेू भनि सिद्धान्त समेत प्रतिपादन भइरहेको देखिंदा उक्त सिद्धान्तवाट समेत वरामद भएको त्यति ठुलो परिमाणको लागू औषध हेरोइन प्रतिवादीले आफ्नो सेवनको लागि मात्र ल्याएको भन्ने कथन पत्यारलायक नदेखिंदा निज हर्क पुन मगरलाई अभियोग पत्र माग दावी अनुसारको कसुरदार ठहर्याई सजाय गरेको हद सम्म शुरुको इन्साफ सदर कायम गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै हुंदा सदर हुने। (प्र.नं. ३१) § मुख्य अभियुक्त हर्क पुन मगरको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानमा यी प्रतिवादीहरुलाई समेत पोलेको देखिन्छ तापनि अदालत समक्ष वयान गर्दा आफूले ८०० ग्राम हिरोइन ल्याएको कुरा स्वीकार गरेको तर यी प्रतिवादीहरुलाई चिनेको छैन भनि लेखाई दिएको देखिएवाट यी प्रतिवादीहरु कृष्ण तिवारी र चन्द्रकान्त सिग्देल कसुरदार हुन् भन्ने कुरालाई गढाउ हुने तथ्ययुक्त एवं स्वतन्त्र प्रमाणको अभावमा सहअभियुक्त हर्क पुन मगरले केवल प्रहरीमा गरेको पोल कै आधारमा मात्र निजहरुलाई मतियारको रुपमा कसुरदार ठहराई सजाय गर्न नमिल्ने हुंदा निज प्रतिवादी कृष्ण तिवारी र चन्द्र्रकान्त सिग्देलले सफाइ पाउने ठहराएको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ३२) पुनरावेदक वादी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री राजनारायण पाठक विपक्षी वादी तर्फबाटः अवलम्वित नजिरः ने.का.प. २०४८ अंश ५, पृष्ठ संख्या २१२ नि.नं. ४२९४ फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत पाटनको मिति २०५२।८।१९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तरगत यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एंव ठहर यस प्रकार छः २. मिति २०५०।१०।८ गतेका दिन काठमाडौं ठमेलमासंग साथमा हिडिरहेका हर्कपुन, कृष्ण तिवारी र चन्द्रकान्त सिग्देलको शरिर तलासी गिर्दा हर्कपुन मगरको साथबाट लागू औषध खैरो हिरोइन ८०० (आठसय) ग्राम बरामद भएको हो भन्ने समेत व्यहोराको मौका वरामदी मुचुल्का ।