निर्णय नं. ६७६० - कुटपीट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७६० - कुटपीट भाग: ४१ साल: २०५६ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०५६/०१/२३ २४९५ निर्णय नं. ६७६० ने.का.प. २०५६ अङ्क ७ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संम्वत २०५२ सालको फौ.पु.नं. ...१११८ फैसला मिति : २०५६।१।२३।५ मुद्दाः कुटपीट । पुनरावेदक वादीः जिल्ला महोत्तरी वगडा गाउं विकास समिति वडा नं. ९ वस्ने मौचा डोम विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला महोत्तरी वगडा गा.वि.स. वडा नं. ६ वस्ने मुर्ली यादव समेत § वादीका साक्षीले नै बकपत्र गर्दा यी प्रतिवादीहरुले कुटपिट गरेको भनि किटानीसाथ भन्न नसक्नुका साथै निजले डेढ विगाहा टाढाबाट घटना सम्वन्धी जानकारी पाएको भन्ने कुरामा सत्यता छ, भनेर स्पष्टरुपमा भन्न सकिने पनि देखिएन । साथै गडासा जस्तो घातक हतियार प्रयोग भएको भन्ने कुरा घाजांच केश फारामबाट खुल्न आएको पनि देखिएन । यस्तो स्थितिमा शुरु महोत्तरी जिल्ला अदालतले गरेको इन्साफ उल्टी गरी प्रतिवादीहरुलाई सफाइ दिने गरेको पुनरावेदन अदातल, जनकपुरको इन्साफ मनासिब देखिंदा सदर हुने । (प्र.नं.११) पुनरावेदक वादी तर्फबाटः विपक्षी प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छः २. २०४८ साल फाल्गुण २३ गतेका दिन अंदाजी ७ वजेको वखतमा मेरी छोरी फुल कुमारी प्रतिवादीको दोकानमा जांदा वाद विवाद उठाइ छोरी घर आइपुग्नासाथ प्रतिवादीहरुका हातहातमा वडासा लाठ्ठी लिई लखेट्दै मेरो दरवाजामा आई मलाई देख्नासाथ प्रतिवादी मुरलीले वचन दिई अन्य प्रतिवादीहरुले लाठ्ठी गडासाको प्रहार गरी जथाभावी कुटपिट गरी टाउको काटी दिएकोले सजाय गरी घा खर्च समेत दिलाई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादी दावी वमोजिम वादविवाद भएको छैन । अनाहकमा मुद्दा दिएको हो फलाना फलाना आंग ज्युमा फलानो हात हतियारले कुटपिट गरी घा खत पारी दिएको भन्ने किटानी साथ भन्न सकेको छैन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. वादीलाई प्रतिवादीहरुले केश फाराममा उल्लेख भएका घाउ चोटहरु पारी कुटपिट गरेको ठहर्छ मुरलीले वचन दिएको समेत ठहर्छ भन्ने समेत महोत्तरी जिल्ला अदालतको मिति २०४९।८।१५।२ को फैसला । ५. वादीका भनाइ साक्षीबाट समर्थित नहुनुका साथै एउटा मात्र साक्षीको वकपत्रलाई प्रमाणको निमित्त ग्राह्य हुने होइन । शुरु फैसला आत्मनिष्ठ भएकोले वदरभागी छ भन्ने समेत व्यहोराको पुनरावेदन अदालत समक्ष परेको पुनरावेदन पत्र । ६. घा जांच रिपोर्टबाट सवै प्रतिवादीहरुले गडासाले प्रहार गरेको भन्ने र वचन दिएतर्फ साक्षीको वकाइको प्रमाणित महत्वको दृष्टिकोण समेतबाट शुरुको इन्साफ फरक पर्ने देखिंदा अ.वं. २०२ नं. वमोजिम विपक्षी झिकाई उपस्थित भए वा गुजारेमा पेश गर्नु भनी मिति २०५०।१०।२५।२ को पुनरावेदन अदालत जनकपुरको आदेश । ७. वादीका साक्षीले वकपत्र गर्दा सो प्रतिवादी मुरली यादवले वचन दिएको तथा सम्पुर्ण प्रतिवादीहरुले कुटेको भनी किटानीसाथ भन्न नसकेको मुरली यादवले वचन दिएको भन्ने कुरा तथा कुटपिट गरेको कुरा निजले डेढ विगहा टाढाबाट सुनेको भन्ने कुरा नै पत्यार लायक र भरपर्दो नदेख्नुका साथै अन्य तथ्य प्रमाणबाट वादीले दावी प्रमाणित गर्न नसकेको दावीमा गडासा जस्तो घातक हतियार प्रयोग गरेको भन्ने उल्लेख भएपनि घा जांच फारामबाट त्यस्तो ह