निर्णय नं. ६७७७ - करारको शर्त पुरा गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७७७ - करारको शर्त पुरा गरी पाउं भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५६/०५/३१ ३१५७ निर्णय नं. ६७७७ ने.का.प. २०५६ अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री माननीय न्यायाधीश श्री ज्ञाइन्द्रवहादुर श्रेष्ठ संम्वत २०५४ सालको दे.पु.इ.नं. .... १११ फैसला मिति : २०५६।५।३१।५ मुद्दाः करारको शर्त पुरा गरी पाउं । निवेदक वादी : जिल्ला मोरंग शनिश्चरे गा.वि.स. वडा नं. ९ वस्ने वर्ष ६३ को हेम चन्द्र उपाध्याय भट्टराई विरुद्ध विपक्षी प्रतिवादी : जिल्ला सुनसरी मधुवन गा.वि.स. वडा नं.. ७ वस्ने चन्द्रवहादुर माझी § प्रस्तुत विवादमा पक्ष विपक्ष वीच भएको जग्गा हस्तान्तरण सम्वन्धी २०४३ साल चैत्र मसान्त सम्मको भाखा भएको २०३७।१।७ को लिखतको आधारमा २०४५।१०।१४ मा वादी हेमचन्द्र उपाध्याय भट्टराइको फिराद परेको र हदम्यादको प्रश्नमा मुद्दा खारेज भएपछि पुनरावेदन गरे पश्चात २०४५ मार्ग मसान्त सम्मको भाखा भएको २०४३।१२।२५ को लिखत प्रमाणार्थ निवेदन साथ तत्कालीन कोशी अंचल अदालतमा पेश गरेको देखिन्छ । अ.वं. ७७ नं. को देहाय (५) ले अनुमति प्राप्त गरेपछि मात्र प्रमाण पेश गर्न सक्ने अवस्था भएकोमा अनुमति प्राप्त गर्न सकेको समेत देखिन आउदैन । आफैले गराएको कागजको सम्वन्धमा भरमग्दुर कोशिश गर्दा पनि थाहा नपाउने भन्न मिल्ने अवस्था नभएको र लिखतको प्रकृतिबाट आफूसंग रहनु पर्ने वा आफूले प्राप्त गर्न सक्ने लिखत प्रमाणको सक्कल र त्यसको एकप्रति नक्कल वादीले उजुरीका साथ प्रतिवादीले प्रतिउत्तर पत्रका साथ वा वयान गर्दा पेश गर्नु पर्छ सो वमोजिम उल्लेख वा पेश नगरेको सवुद प्रमाण पछि वुझिने छैन वा लाग्ने छैन भन्ने अ.वं. ७७ नं. को कानूनी प्रावधानको परिप्रेक्ष्यमा वादीले आफैले गराएको दोश्रो कागजको सम्वन्धमा कुनै कारणले फेला पार्न नसकेकोमा फिराद गर्दा सोही व्यहोरा उल्लेख गर्नु पर्नेमा सो समेत गर्न सकेको पाइदैन । माथि उल्लेख गरिए वमोजिम अ.वं. ७७ नं..को देहाय (५) र न्याय प्रशासन ऐन, २०४८ को दफा ११(१) (क) मा उल्लेख भएको अवस्था र हदम्यादको आधारमा फिराद खारेज भएपछि हदम्याद भित्रको देखाउन आफैले गराएको दोश्रो कागज पुनरावेदन तहमा निवेदन साथ पेश गरेको प्रस्तुत विवादको अवस्था फरक एवं वेग्लै प्रकृतिको रहेको देखिन्छ । अतः प्रस्तुत मुद्दामा पुनरावेदन परेपछि वादीले पेश गरेको कागज प्रमाणमा लाग्ने अवस्थाको नदेखिने । (प्र.नं. १८) निवेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : अवलम्वित नजिर : फैसला न्या.उदयराज उपाध्यायः पुनरावेदन अदालत विराटनगरको मिति २०४८।९।९ को फैसला उपर परेको निवेदनमा यस अदालत संयुक्त इजलासबाट पुनरावेदन अदालत विराटनगरको फैसला मनासिव ठहर्याई भएको मिति २०५३।९।२४ को फैसला यसै अदालतको पूर्व रुलिङको प्रतिकूल भएको भन्ने आधारमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम पूर्ण इजलासमा पेश गरी पाउन परेको निवेदनमा सम्माननीय प्रधान न्यायाधीशज्यूको मिति २०५४।४।३१ को आदेशानुसार तीन सदस्यीय पूर्ण इजलासमा पेश भएकोमा उक्त इजलासबाट ३ भन्दा वढी न्यायाधीशहरुको पूर्ण इजलासमा पेश गर्नु भन्ने मिति २०५५।१०।७ को आदेशानुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. प्रतिवादीले म वाट रु.३९०००। कर्जा लिई