निर्णय नं. ६७७९ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७७९ - उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी गरी पाउं भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५६/०५/३१ २८२९ निर्णय नं. ६७७९ ने.का.प. २०५६ अङ्क ९ विशेष इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्‍याल माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत २०५५ सालको रि.नं. ... ३३१४ आदेश मिति : २०५६।५।३१।५ मुद्दाः उत्प्रेषण लगायतको उपयुक्त आज्ञा आदेश जारी गरी पाउं । निवेदक : का.जि.का.न.पा वडा नं. ११ थापाथली हाइट वस्ने वर्ष ४२ को अधिवक्ता मिथिलेश कुमार सिंह । विरुद्ध विपक्षी : सम्माननीय प्रधानमंत्रीको कार्यालय सिंहदरवार, काठमाडौं समेत § निवेदकले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११(१) (ख) को उल्लेख गर्दै कर्मचारी र कामदारको वीचमा विवादित संशोधनले असमान व्यवहार गरेको भन्ने जिकिर लिएको देखिन्छ । श्रमिक वर्ग वीच असमान भयो भन्ने भनाइ छैन । समानताको प्रयोग समानहरुका वीचमा हुने कुरा हो । तसर्थ कर्मचारीले नपाएको सुविधा श्रमिकले पाउने गरेको संविधानसंग छैन भन्ने जिकिर पनि स्वीकारयोग्य नहुने । (प्र.नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेशकुमार सिंह विपक्षी तर्फबाट : विद्वान सह न्यायाधिवक्ता श्री चेतनाथ घिमिरे अवलम्वित नजिर : आदेश न्या.लक्ष्मणप्रसाद अर्याल : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एवं ठहर यसप्रकार छ । २. म निवेदक नेपाली नागरिक नेपाल अधिराज्यको संविधान २०४७ को धारा ८८(१) वमोजिम कुनै कानून कुनै कारणले यो संविधानसंग वाझिन गएमा सो कानून प्रारंभ देखिनै अमान्य र वदर घोषित गराउन पाउने मेरो संवैधानिक हक भएकोले निवेदन गर्दछु । २. श्रम ऐन, २०४८ को दफा २५ को सटृा देहायको २५ प्रथम संशोधनवाट राखिएको छ । ३. अनुचित तवरले पारिश्रमिक कटृी गरेमा वा दिन ढिलाई गरेमा वा अन्य सुविधा नदिएमा वा दिन ढिलाई गरेमा निवेदन दिने, ४. (१) मुल ऐन भएको वा पारिश्रमिक रकम निर्धारण गर्न नसकेको वा आकस्मिक दुर्घटना वा विशेष परिस्थितिवस पारिश्रमिक दिन असमर्थ भएको वा सम्वन्धित कामदार वा कर्मचारीले आफ्नो पारिश्रमिक लिन नआएमा वा लिन नमानेको अवस्थामा वाहेक अनुचित तरिकावाट पारिश्रमिक कटृी गरेमा वा दिन ढिलाई गरेमा वा अदालतको फैसलावाट निलम्वन फुकुवा भएकोमा वा निष्काशन वदर भएकोमा त्यस्तो निलम्वन वा निष्काशन भएको अवधिको पारिश्रमिक नदिएमा वा दिन ढिलाई गरेमा वा कामदार वा कर्मचारीले पाउने भत्ता उपदान संचयकोष वा क्षतिपुर्तिको रकम नदिएमा वा दिन ढिलाई गरेमा सम्वन्धित कामदार वा कर्मचारीले आफै वा आफ्नो वारिस मार्फत श्रम कार्‍यालमा निवेदन दिन सक्नेछ । ५. श्रम ऐन, २०४८ को दफा ५० मा सजायको प्रकारहरु उल्लेख छन् । व्यवस्थापकले कामदार तथा कर्मचारीहरुलाई नसिहत दिने, वार्षिक तलव वृद्धि रोक्का गर्ने निलम्वन गर्ने तथा सेवावाट हटाउने व्यवस्था गरेको छ । साथै सोही ऐनको दफा ५२ मा कुन अपराधमा के सजाय दिने भनी उल्लेख भएको छ । श्रम ऐनको प्रथम शंसोधनले दफा ५२ को उपदफा (५) मा देहायको प्रतिवन्धात्मक वाक्यांश थपिएको छ । ६. तर उपदफा (१) अन्तर्गत पाएको सजाय तीन वर्ष व्यतित भईसकेपछि गणना गरिने छैन । ७. श्रम ऐन, २०४८ प्रथम संशोधनवाट संशोधित दफा २५(१) लाईन ८ को निष्काशन वदर भएकोमा त्यस्तो निलम्वन वा निष्काशन भएको अवधिको पारिश्रमिक नदिएमा भने वाक्यांश तथा दफा ५२ (५) मा थपिएको वाक्यांश नेपाल अधिराज्यको