निर्णय नं. ६७८० - उत्प्रेषण लगायत परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश पूर्जि जारी गरि पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७८० - उत्प्रेषण लगायत परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश पूर्जि जारी गरि पाउं भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५६/०५/२४ ३०४३ निर्णय नं. ६७८० ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत २०५४ सालको रि.नं. .. ३१६९ आदेश मिति : २०५६।५।२४।५ मुद्दा : उत्प्रेषण लगायत परमादेशको आदेश वा जो चाहिने आज्ञा आदेश पूर्जि जारी गरि पाउं । निवेदकः का.जि.का.न.पा.वडा नं. ३२ डिल्लीवजार वस्ने लेखनाथ पौडेलको श्रीमती वर्ष ५० की श्रीमती रेनुका देवी उपाध्याय विरुद्ध विपक्षी : श्री काठमाडौं जिल्ला अदालत तहसिल फांट शाखा समेत § पतिवाट मानाचामल भरी पाउने ठहरी अन्तिम भई वसेको फैसला वमोजिम कार्यान्वयनको लागि विवादित कि.नं. ८७६ को ०-११-२-३ जग्गा र सो जग्गामा रहेको २ वटा घरवाट मानाचामल भराई पाउं भनी परेको दरखास्त वमोजिम सवै जग्गा र घर रोक्का राखेको देखिन आउंछ । बिपक्षीले भरी पाउने विगोको परिमाणले खामेसम्मको सम्पत्ति रोक्का राख्नु पर्नेमा सवै सम्पत्ति रोक्का राख्ने गरेकोसम्म मिलेको देखिन आएन । विगोले खाम्ने भन्दा वढी घर जग्गा रोक्का राख्ने गरेको कार्य सम्ममा अधिकार क्षेत्रात्मक त्रुटी देखिंदा सो सम्म बिपक्षी तहसिलदारको मिति ०५४।७।६ को आदेश वदर गरिदिएको छ । फैसला कार्यान्वयनको निवेदिकाको विगोले खाम्ने सम्मको जग्गा रोक्का राखी अरु जग्गा फुकुवा गरिदिनु भनी विपक्षी तहसिलदारका नाममा परमादेश समेत जारी हुने । (प्र.नं. १०) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक, विद्वान अधिवक्ता श्री वसन्ती श्रेष्ठ, अवलम्वित नजीर : आदेश का.मु.प्र.न्या.केशवप्रसाद उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८(२) अन्र्तगत पर्न आएको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा एंव ठहर यस प्रकार छः २. विपक्षीहरु मध्ये बिपक्षी उर्मिला डंगोलले २०५२।९।१२ मा सम्मानित का.जि.अ.मा पूर्ण पौडेलको छोरा शैलेन्द्र पौडेलको नाउंमा नाताकायम तथा मानाचामल समेत मुद्दा दिई नाताकायम गरी मानाचामल समेत भराई दिने फैसला भएवाट बिपक्षी उर्मिला डंगोलले दण्ड संजायको ४२ नं. वमोजिम शैलेन्द्र पौडेलवाट फैसला अनुसार भरी भराउ गरी पाउं यदि शैलेन्द्र पौडेलले नगद नदिए निज शैलेन्द्रको एकासगोलका आमा रेनुका देवी उपाध्यायको नामको कि.नं. ८७६ को ०-११-२-३ जग्गा र सो जग्गामा वनेको २ वटा घर लिलाम विक्री गरी फैसला अनुसारको रकम असुल उपर गरी पाउं भन्ने निवेदन २०५४।१।३० मा बिपक्षी अदालतमा दिनु भएकोमा बिपक्षी का.जि.अ.वाट मिति २०५४।६।७ मा उक्त कि.नं. को जग्गा रोक्का राख्ने आदेश गरी सो आदेशानुसार मा.पो.का. मा रोक्का राख्ने पत्र लेखि मा.पो.का.मा रोक्का रहेको कुरा ०५४।११।२५ मा सारी ल्याएपछि थाहा हुन आयो । बिपक्षी उर्मिलाले दिएको दुवै मुद्दामा बिपक्षी वनाएको पूर्ण पौडेलको छोरा शैलेन्द्र पौडेल मेरो छोरा होइन । मेरो पतिको नाम लेखनाथ पौडेल हो छोराको नाम शैलेन्द्रकुमार पौडेल हो । उनाउ व्यक्ति शैलेन्द्र पौडेलको नाउंमा नाताकायम भई मानाचामल भराई पाउने ठहर भएकोमा म निवेदिकाको नाउंमा दर्ता भोग भएको कि.नं. ८७६ को घर जग्गावाट भराई पाउं भनी निवेदन दिन पाउन नेपाल कानूनले मिल्दैन । साथै बिपक्षी तहसिल फांटले समेत मेरो घर जग्गा रोक्का राखी लिलाम विक्री वितरण गर्नु समेत कानूनसम्मत हुदैन । यसरी म