निर्णय नं. ६७८१ - लिखत नामसारी वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७८१ - लिखत नामसारी वदर भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५६/०१/०६ ३०५७ निर्णय नं. ६७८१ ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्वत २०५३ सालको दे.पु.नं. .... ३५७४ फैसला मिति : २०५६।१।६।२ मुद्दाः लिखत नामसारी वदर । पुनरावेदक प्रतिवादी : जिल्ला इलाम मोहमफुवा गा.वि.स. वडा नं. ३ वस्ने रामलक्ष्मी राई समेत विरुद्ध विपक्षी वादी : ऐ.ऐ. वस्ने टिकामाया राई समेत § सगोलको अंशियारा नभएको व्यक्तिले वादीको मन्जूरी लिएरमात्र जग्गा विक्रि गर्नु पर्ने भन्न मिल्ने नदेखिई यि प्र. रामलक्ष्मीले आफ्नो हक भोगको आफूखुश गर्न पाउने जग्गा विक्रि गरेकोले वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु इलाम जिल्ला अदालतको फैसला मिलेकै देखियो । अतः वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरुको फैसला उल्टी गरी वादी दावीको ३ खण्डको १ खण्ड लिखत वदर गर्ने गरेको पुनरावेदन अदालत, इलामको मिति २०५१।९।७को फैसला गल्ती भई उल्टी हुने । (प्र.नं.२०) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृण कार्की विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री महेन्द्रकान्त मैनाली अवलम्वित नजिर : फैसला न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार रहेछ । २. माइला मानवहादुर ०१९ सालमा छुट्टी भिन्न भै वसेको र हामी जेठा दाजु सिंहविर साथ रहि सगोलका जग्गाहरु सगोलबाटै भोगचलन गरी आएका हामी फिरादीहरुको समेत हक अंश लाग्ने जग्गा जेठा दाजु र केही जग्गा भाउजु रामलक्ष्मीका नाउंमा दर्ता गरी सगोलबाटै भोगी आउदैमा दाजु सिंहविर परलोक हुनु भै दाजु दर्ताको जग्गा पनि भाउजुकै नाउंमा नामसारी गरी गोश्वरावाटै भोगी आएका जग्गा हामीलाई थाहा पत्ता नदिइ हाम्रो हक मेटि कि.नं. ५८ रो. १२¬३-०-० र कि.नं. ५६ रो. ६-८-० को जग्गा मुल्य रु. पच्चिस हजार देखाई ०४६।३।१६ मा र कि.नं. ५७ रो. १८-१४-२-० र कि.नं. १९७ रो.४-५-२-० को मुल्य रु. दुई लाख देखाई ०४६।८।२७ मा विक्रेता भाउजु लछीमाया र क्रेता पदमप्रसाद भई पारीत गराई नामसारी समेत गराएको हुनाले म टिकामाया ३५ वर्ष नाघी सकेको हुनाले अंशवण्डाको १६ नं. वमोजिम अंश पाउने प्रष्ट छ भने म धनवहादुरले ऐ.को. १ नं. वमोजिम वण्डा पाउने प्रष्ट छ, त्यसरी हामी अंशियारको सगोलको सम्पत्ति वेच विखन गर्दा हामी एका घरका अंशियारलाई साक्षी राखि वा मन्जूरीको लिखत गराई लिइ वेचविखन गरेको भएमात्र पक्का ठहर्ने लेनदेन व्यवहारको १० नं. मा प्रावधान छ भने सो को प्रतिकूल हामीलाई थाहा नदिई हाम्रो हक मेटी राजिनामा पारीत गराएको हुंदा उल्लेखित दुई लिखतमा उल्लेखित कित्ता नं. तथा क्षेत्रफलका जग्गा मध्ये ३ भागको दुई भाग हाम्रो अंश हक लाग्ने हदसम्म लिखत र नामसारी समेत वदर गराई पाउं भन्ने समेत व्यहोराको ०४६।११।९ को फिराद पत्र । ३. जसवहादुरको ३ भाई छोराहरुको वीचमा अंशवण्डा भई अलग अलग जग्गा दर्ता र तिरो भरो समेत अलग अलग गरी मेरा पति सिंहविर छुटृी भिन्न भएको कुरा ०२१ सालको अंशवण्डाको लिखत कागज र मिति ०२७।१२।६ मा मनवहादुर राईबाट मेरा पति सिंहविरले राजिनामा गरी लिएको लिखतबाट पनि प्रष्ट हुन्छ । उक्त लिखतमा धनवहादुर राईको अंश भागमा परेको जग्गा मैले व्यहोरा जनाई विपक्षी स्वयम फड्के साक्षीमा वस्नू भएको र, मनबहादुर राईबाट मेरो पति सिंह विरले राजिनामा गरी लिएको २०२८।४।१ को लि