निर्णय नं. ६७८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७८३ - उत्प्रेषण भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/१२/३० २५१५ नि.नं. ६७८३ ने.का.प.०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्वत २०५४ सालको रिट नं. .... ३११२ आदेश मिति : २०५५।१२।३०।३ विषय : उत्प्रेषण । निवेदक : दोलखा जि.गौरी शंकर गा.वि.स. वडा नं. ४ वस्ने अर्जुनप्रसाद उपाध्याय विरुद्ध विपक्षी : जग्गा नाप जांच ऐन, २०१९ को दफा ११(ख) बमोजिम गठित समिति दोलखा चरिकोट समेत § जग्गा नाप जांच ऐन २०१९ को दफा ११(ख) वमोजिम नेपाल राजपत्रद्वारा प्रकाशित र गठित समितिका सदस्यहरु सो समितिमा रहेको भन्ने कुरा नखुली राजनैतिक दलको प्रतिनिधिलाई समेत राखि ०५३।१०।६ देखि ऐ. १४ सम्म वैठक वसेको भन्ने निर्णय मितिको रुपमा उल्लेख भएको देखिन्छ । धेरै मानिसहरुको साविक देखिको दर्ता तिरोको हो होइन नापीमा दर्ता गराउंदा के कस्तो आधार लिइएको हो सामुदायिक वन जंगल कायम गर्दा के कति जग्गा कहिले हस्तान्तरण गरेको हो व्यक्तिको नाममा दर्ता नभई वन जंगल कायम गर्नुपर्ने आधार समेत के हो ? भन्ने आदि सम्पूर्ण कुराहरु समेत वुझी निर्णय गर्नुपर्नेमा सो गठित समितिवाट वुझी निर्णय गरेको देखिन आएन । धेरै जनाको हकमा लगभग एकै प्रकारको न्यायिक मनको प्रयोग गरि भन्ने जस्ता कुरा यान्त्रिक तवरले उल्लेख गरि निवेदकले दावी लिएको जग्गा वसोवास उपभोग समेत छ छैन ? वनले डिमार्केशन लगाएको छ छैन भन्ने कुराको समेत आवश्यक नक्सा सर्जमिन समेत गरि निर्णय गर्नुपर्ने विषयको प्रकृति देखिएकोमा सो वमोजिम वुझ्नु पर्ने कुरा वुझेको नदेखिंदा विपक्षी समितिको उपरोक्त निर्णयमा कानूनी त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर गरि दिएको छ । अव जो जे वुझ्नु पर्छ वुझी कानून वमोजिम निर्णय गरि दिनु भनि जग्गा नापजांच ऐन, २०१९ को दफा ११(ख) वमोजिम गठित समिति विघटन भै हाल समितिको जग्गा दर्ता सम्वन्धी कार्वाही गर्ने अड्डा मालपोत कार्यालय दोलखाको नाउंमा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ९) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री नेत्रध्वज कार्की विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री दिनेशहरी अधिकारी अवलम्वित नजिरः आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८ (२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एंव निर्णय निम्न प्रकार छ । २. हाल नापीमा दोलखा गौरी शंकर गा.वि.स. वडा नं. ४ मेरा पुर्खा हरिवंशको नाममा सुरमुज्जे वारी दर्ता भै व्यवहार संगत अंशवण्डावाट निवेदकको नाममा सर्दै आएको जग्गा भई निवेदकले घर वनाई निरन्तर भोगचलन गर्दै आएको जग्गालाई विपक्षी समितिको ०५३।१०।६ देखि १४ गते सम्मको वैठकले नापी दर्ता वदर गरेको भनि निवेदकको नाममा ०५३।१२।११ गतेको पत्रद्वारा जानकारी गराएको हुंदा समितिको वैठकको निर्णय ०५३।१२।१२ गते सारी हेर्दा निर्णयको प्रकरण ३४ मा कि.नं. ४५९ मध्ये मकै विरह कायम भएको अर्जुनप्रसादको नाममा दर्ता नापी दर्ता भएतापनि उक्त कित्ता जग्गा सरकारी जंगल हटाउने उद्देश्यले आफ्नो नाममा नापी गराएको र सो कित्ता जग्गा सरकारी जंगल नै भएकोले सो कित्ता कायम भएको ज.ध. को नाम तथा दर्ता वदर गरी सरकारी जंगल नै कायम गर्ने निर्णय उपर प्रचलित कानूनले अन्य प्रभावकारी व्यवस्था नभए नगरेको हुंदा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) नं. समेत अन्तर्गत सम्मानित अदालत समक्ष यो निवेदन गर्न आएको छु । ३. बिपक्षी समितिले न्यायि