निर्णय नं. ६७८४ - प्राचिन मुर्ति चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७८४ - प्राचिन मुर्ति चोरी भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/०२/२५ ३०४६ निर्णय नं. ६७८४ ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय संम्वत २०५१ सालको फौ.पु.नं. .... १०९० फैसला मिति : २०५५।२।२५।२ मुद्दाः प्राचिन मुर्ति चोरी । पुनरावेदक वादी : जनक के.सी.को जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादी : ल.पु.जि.ल.पु.नं.पा. वडा नं. २१ घर भई हाल भ.न.पा. वडा नं. १ सगुन धातु उद्योगमा सह लेखापाल गरी वस्ने नेमराज वज्राचार्य समेत § सामान्यतया विभिन्न धर्म र आस्थाका व्यक्तिले आफैले नित्य पुजा गर्ने आफ्नो धर्म वा आस्थाजन्य मुर्ति वेचविखन गर्छन भन्ने अनुमान गर्न नमिल्ने, सो अनुमान निवेदक जस्तो वावु वाजेका पाला देखि नै सोही मुर्ति पुजा गरी आउने व्यक्तिको पक्षमा वढी सख्ततासाथ लागु हुने स्पष्ट छ । यस्तो स्थितिमा सो प्रकृतिको अनुमान विवादित मुर्ति प्रतिवादी नेमराज वज्राचार्य काम गर्न गएको ठाउं ढलोट मुर्ति वेच्ने पसल भएपनि त्यहां सो मुर्ति निज क्यासियरको काम गर्ने कोठावाटै वरामद भएको कारणले खण्डित हुन नसक्ने । (प्र.नं. २३) पुनरावेदक वादीतर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नन्दवहादुर सुवेदी विपक्षी तर्फबाट : अवलम्वित नजिर : फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, पाटनवाट भएको फैसला उपर यस सर्वोच्च अदालत समक्ष पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छः २. ल.पु.जि.ल.पु.न.पा.वडा नं. २१ भिंखावाल वस्ने नेमराज वज्राचार्यले पुरानो वुद्धको मुर्ति घरवाट भ.न.पा.वडा नं. १५ सानो औद्योगिक क्षेत्रभित्र भएको सगुन धातु उद्योगमा लगि राखी सो मुर्ति विक्री वितरण गर्न का.जि. चितु वहाल गा.वि.स. वडा नं. १ वस्ने मिनवहादुर महर्जन र ल.पु.जि. ठेचो वस्ने हरिश्याम महर्जनलाई नेमराजले ग्राहक खोज्न लगाइएको र सिताराम दाहालले वुद्धको मुर्ति विक्री समेत गर्न र किन्ने उल्लेखित मानिसलाई पक्राउ गरी मुर्ति समेत वरामद गरी पाउं भन्ने जनक के.सी.को २०४७।५।२६ गतेको प्रतिवेदन । ३. सानो औद्योगिक क्षेत्रभित्र रहेको धातु उद्योगका क्यासिएर नेमराज वज्राचार्य समेतका जना ५ (पांच) ले वुद्धको मुर्ति छाडी भागेको हुंदा वरामद गरी दिनुहोस् भनि सोधनी हुंदा कानूनको रीत पुर्याई प्रवेश गरी हेर्दा वुद्धको मुर्ति आसन समेत धातुको भएको उक्त मुर्ति आसन र दायां वायां रहेको भिक्षुको मुर्ति प्रहरीले वरामद गरेको हो भन्ने समेत मिति २०४७।५।२६ गतेको वरामदी मुचुल्का । ४. वरामद हुन आएको वुद्धको आसन समेतको मुचुल्का कारवाहीको लागि पठाएको भन्ने प्र.ना.नि. विष्णुलाल श्रेष्ठ समेतको मिति ०४७।५।२६ गतेको संयुक्त प्रतिवेदन । ५. एकसय वर्ष नाघेको रु.२,५०,०००। दुईलाख पचास हजार पर्ने ढलोटको आसन प्रभा सहित ढलौटको वुद्धको मुर्ति सहित ५ पांच टुक्रा लम्य सुन जलप वुद्ध भनि पुरातत्व विभागले मिति २०४८।५।२६ गते चलानी पत्र साथ पठाएको प्रमाणित फाराम । ६. मेरो वाजे वावुको पालादेखि नै घरमा नित्य पुजा गरी आएको वुद्धको मुर्ति मेरो एक छोरा मात्र भएको सो छोरा पाटन औद्योगिक क्षेत्रमा काम गर्ने र म मेरो श्रीमती एकले ल.पु.न.पा. वडा नं. २१ घरमा वसेको मेरो कान्छा ज्वाइं छोरी भक्तपुर सगुन धातु उद्योग खोली वसेको र तहां काम गर्ने कोही नभएकोले ज्वांइ छोरीले वोलाएकोले म सो उद्योगमा क्यासियर भइ वस्दाको अवस्थामा मुर्ति समेत साथ लिई नित्य