निर्णय नं. ६७८५ - लिखत वदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७८५ - लिखत वदर भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/१२/१२ २९२२ नि.नं. ६७८५ ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री टोपवहादुर सिंह संम्वत २०५२ सालको दे.पु.नं. .... २८४० फैसला मिति : २०५५।१२।१२।६ मुद्दाः लिखत वदर । पुनरावेदक वादी : भक्तपुर जिल्ला वाल कुमारी गा.वि.स. वडा नं. ७ वस्ने खड्ग कुमार नानी श्रेष्ठ समेत विरुद्ध प्रत्यर्थी प्रतिवादी : भक्तपुर जिल्ला वाल कुमारी गा.वि.स. वडा नं. २ वस्ने जगतवहादुर मानन्धर समेत । § मुलुकी ऐन, लेनदेन व्यवहारको ४० नं. को व्यवस्था हेर्दा हदम्याद लाग्दैन भनेको कुरामा वाहेक अरुमा भए गरेका मितिले २ वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था रहेको छ । उक्त कानूनी व्यवस्थाबाट लिखत भए गरेका मितिले २ वर्ष भित्र नालेस गर्न पाउने र दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्तैन भन्ने व्यवस्था समेत भएबाट विवाद जग्गाको २०३८।१।१७ को राजिनामाको लिखत वदर गराई पाउं भनि वादीको नालेस दुई वर्ष नघाई २०४७।१२।२६ मा परेको देखिएको छ । यसरी दुई वर्षको हदम्याद नघाई दायर भएको प्रस्तुत मुद्दा लेनदेन व्यवहारको ४० नं. भित्रको भन्न मिलेन त्यस्तो हदम्याद नघाई दायर भएको मुद्दाको औचित्यमा प्रवेश गरी रहनु पर्ने अवस्था भएन ।प्रस्तुत फिराद हद म्यादको अभावमा खारेज हुने । (प्र.नं. १३) पुनरावेदक वादीका तर्फबाटः विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर प्रत्यर्थी प्रतिवादीको तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराम श्रेष्ठ अवलम्वित नजिर : फैसला न्या.टोपबहादुर सिंहः पुनरावेदन अदालत पाटनको मिति २०५०।३।२३ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्र्तगत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ । २. पुर्खा देखिको हामीहरुको स्ववासी हकभोगको घर र पाताल देखि दक्षिण तथा कृष्णमान दुवालको घर देखि उत्तरतर्फको पूर्व पश्चिम लम्वाईको पूर्व वाटो, पश्चिम म दिल कुमारको वगैचा उत्तर विपक्षी जगतकुमार कर्मि श्रेष्ठको वगैचा दक्षिण, जोतीमानको घर यति चार किल्ला भित्रको पूर्व पश्चिम हात ४० र उत्तर दक्षिण हात ७ को घर पाताल जग्गा हक नपुग्ने विपक्षी जगतवहादुर मानन्धरले आफ्नो हक भोगचलनको भनि मिति २०३८।१।१७ का दिन मालपोत कार्यालय भक्तपुर मार्फत विपक्षी जगत कुमार कमी श्रेष्ठलाई राजिनामा पारीत गरी लिनु गरेको र राजिनामा पारीत गरी लिए पनि जग्गामा भोग नगरी लिखत समेत प्रकाशमा नल्याई गुप चुप राखेको र विपक्षी जगत कुमार कर्मी श्रेष्ठले २०४७।१२।४ मा पातालको पूर्व कुनाको परखाल भत्काई हात हाल्न आई रोकी सोध्दा राजिनामा गरेको थाहा भइ नक्कल सारी फिराद गर्न आएको छौं । विपक्षीहरुले लिनु दिनु गरी पारीत गरेको उल्लेखित मिति २०३८।१।१७ को लिखत वदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावि । ३. विपक्षीहरुको स्ववासी हक भोगचलनको भनेको घर र पाताल अनी मैले निज प्रतिवादी मध्येका जगतवहादुर मानन्धरसंग उक्त राजिनामा पारीत गरी लिएको घर पाताल अलग अलग को हो । त्यसैले उक्त राजिनामा पारीत गरी लिएको घर पाताल जग्गामा विपक्षी फिरादीहरुको कुनै किसिमको हकदैया नै छैन । फिराद खारेज गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादी जगतकुमार कर्मी श्रेष्ठको प्रतिउत्तर जिकिर । ४. २०३८।१।१७ मा म वाट खरीद गरी प्र. मध्येको जगतकुमारले भोगचलन गरी घर समेत बनाई बसोवास गरी आएको देख्ने थाहा पाउने कुरालाई वुझ पचाई विपक्षीहरुको कहिल्यै कु