निर्णय नं. ६७८६ - भाडा दिलाई घर खाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७८६ - भाडा दिलाई घर खाली भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/०८/०७ २४१७ नि.नं. ६७८६ ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल संम्वत २०५३ सालको दे.पु.नं. ३८०६, ३८०४ फैसला मिति : २०५५।८।७।२ मुद्दाः भाडा दिलाई घर खाली । पुनरावेदक प्रतिवादी : रौतहट जिल्ला गौर न.पा. वडा नं. १ मा स्थापित श्री लक्ष्मी नारायण देवता मन्दिरको संरक्षीका पर्सा जिल्ला विरगंज न.पा. वडा नं. ४ वस्ने सत्यमाया मानन्धर विरुद्ध प्रत्यर्थी वादी : रौतहट जिल्ला गौर न.पा. वडा नं. २ वस्ने कपिल देव पाठक पुनरावेदक प्रतिवादी : रौतहट जिल्ला गौर न.पा. वडा नं १ वस्ने जगरनाथप्रसाद कलवार विरुद्ध प्रत्यर्थी वादी : ऐ.ऐ. वस्ने कपिलदेव पाठक § रौतहट जिल्ला अदालतले सत्यमायाको वयानमा उल्लेखित पत्र अदालतले समेत सक्कलै दाखिल गर्नु भन्ने व्यहोराको मिति २०५०।८।२१ मा आदेश भएको पनि देखियो । फैसला गर्दा अधिकार पत्रको सक्कल दाखिल गर्न नसकेको भन्ने र २०२१।६।१ को लिखत वारेमा पनि अ.वं. ७८ नं. वमोजिमको प्रकृया अपनाई विवेचना भएको राय ठहरबाट देखिन्छ । उल्लेखित २०१४।९।१७ को लिखत सक्कलै दाखिल गराई अदालती वन्दोवस्तको ७८ नं. को प्रकृया अपनाउनु पर्ने तथा २०२१ सालको लिखतको मुल्याकंन गर्नुपर्ने अवस्था मिसिलबाट देखिन आयो । न्याय प्रशासन ऐन, २०४८ को दफा १४ ले पुनरावेदन अदालतबाट नै हुन सक्ने कुरामा शुरु रौतहट जिल्ला अदालतको फैसला वदर गरी शुरु अदालतमा पुनः इन्साफ गर्न पठाएको पुनरावेदन अदालत हेटौंडाको फैसला न्याय प्रशासन ऐन, २०४८ को दफा १४(घ) को प्रतिकूल समेत हुंदा वदर गरी दिएको छ । अव आफू कहां परेको पुनरावेदनमा ७५ वर्ष नाघेको वृद्ध समेत संलग्न भएको मुद्दा देखिएकाले प्राथमिकतामा राखि कानून वमोजिम जे जो वुझनु पर्छ वुझी चांडो कारवाही किनारा गर्नु भनि हाजिर रहेका पक्ष विपक्षलाई तारेख तोकि मिसिल पुनरावेदन अदालत हेटौंडामा पठाई दिने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादीतर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रत्यर्थी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ता द्वय श्री राजेन्द्र घिमिरे र सविता वराल अवलम्वित नजिर : फैसला न्या.कृष्णजंग रायमाझीः पुनरावेदन अदालत हेटौंडाको मिति २०५३।१।९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण तथा ठहर यसप्रकार छ । २. विपक्षीले म फिरादीको जिम्मा र रेखदेख गर्न गौर न.पा. वडा नं. १ मा रहेको श्री लक्ष्मी नारायण देवताको नाम दर्ताको जग्गामा भएको पक्की घरमा ०३३ साल श्रावण १५ गते देखि आज सम्म वस्नू भएकोमा आजसम्म सो घरको वुझाउनु पर्ने सालको रु.४९२। को दरले हुने भाडा किराया नवुझाएको साथसाथै सो घर हाल मन्दिरको आफ्नो काम व्यवहारका लागि खाली गराउनु पर्दा खाली पनि नगरेकोले विपक्षी उपर यो नालेस गर्न आएको छु । मेरो साक्षी सवुद वुझी भाडा किराया रु७९९५। विपक्षीबाट दिलाई भराई सो घर कानून वमोजिम खाली गराई त्यस्मा मन्दिरको चलन समेत अदालतबाट दिलाई पाउं भन्ने समेत व्यहोराको वादीको फिराद पत्र । ३. विपक्षी कपिल देव पाठक, श्री लक्ष्मी नारायण देवता मन्दिरको जिम्मा रेखदेखवाला भएको, सो देवता मन्दिरको के कस्तो किसिमबाट जिम्मा र रेखदेखवाला भएका हुन सो फिराद दावीमा कुनै प्रमाण दिन नसक