निर्णय नं. ६७८७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७८७ - अंश भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/११/२४ ३३६१ नि.नं. ६७८७ ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री टोपवहादुर सिंह संम्वत २०५२ सालको दे.पु.नं. ... २८६४, ३०२१, ३१५१ फैसला मिति : २०५५।११।२४।२ मुद्दाः अंश । पुनरावेदक वादी : का.जि.का.म.न.पा. वडा नं. ३३ वस्ने पशुपतिराज मिश्र विरुद्ध प्रत्यर्थी प्रतिवादी : ऐ.ऐ. वस्ने जगन्नाथ मिश्र समेत पुनरावेदक प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ३३ वस्ने जगन्नाथ मिश्र विरुद्ध प्रत्यर्थी वादी : ऐ.ऐ. वस्ने पशुपति राज मिश्र पुनरावेदक प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं. ४ वस्ने लेख कुमारी भन्ने जनक कुमारी मिश्र विरुद्ध प्रत्यर्थी वादी : ऐ.ऐ. वडा नं.. ३३ वस्ने पशुपतिराज मिश्र § वादी प्रतिवादी वीच चल सम्पत्ति वण्डा गर्ने गरी २०११।४।१२ मा भएको लिखत पेश भएको र मिति २०११।४।१२ को लिखतलाई प्रतिवादीले अन्यथा प्रमाणित गर्न सकेको पाइदैन । यस स्थितिमा उक्त मिति २०११।४।११ लाई नै मानो छुटिृएको मिति कायम हुने । (प्र.नं. १८) § वादी प्रतिवादीहरु समेतबाट पेश भएको तायदातीमा उल्लेखित जग्गा पैतृक सम्पत्ति देखिएको र प्रतिवादीले वण्डा हुनु नपर्ने भनि जिकिर लिए तापनी स्वतन्त्र प्रमाणबाट उक्त सम्पत्ति निजी आर्जनको भई वण्डा नलाग्ने हो भनि पुष्टि गर्न सकेको पाइदैन । तसर्थ प्रेम कुमारले छोडपत्रबाट पाएको जग्गा मध्ये अंश मुद्दा पर्नु अघि अन्यत्र हक हस्तान्तरण भई वांकी रहेको जग्गा र अन्य अंशियार विमला कुमारी मिश्र तथा गोपीप्रसाद मिश्र समेतले पाएको छोडपत्रको जग्गा समेतबाट ३ भागको १ भाग अंश वादीले पाउने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको फैसला सदर हुने । (प्र.नं. १८) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता श्री सिताराम तिवारी र विद्वान अधिवक्ता श्री मनुप्रसाद पौडेल अवलम्वित नजिर : फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ वमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. पिता डिल्लिराजको छोराहरु मध्ये जेठा जगन्नाथ माहिला कुलनाथ र कान्छा म फिरादी समेत ३ अंशियार भएकोमा पिता १९९४ सालमा मृत्यु भएको, कुलनाथको २००६ सालमा मृत्यु भई हक खाने निजको श्रीमती लेख कुमारी भन्ने जनक कुमारी हुन, २०११।४।११।२ मा घरसारमा र लिखत पारीत गरी सो मिति देखि आमा ललित कुमारी म तर्फ वस्नू भई हामीहरु मानो छुटिृई अलग अलग वसी अन्यायी जगन्नाथ १, जनककुमारी १ म फिरादी १ समेत तीन अंशियार छौं । मिति २०११।४।१२ गतेको अघिल्लो दिन सम्मको वण्डा गर्नुपर्ने चल अचल जग्गाको तायदाती फांटवारी लिई ३ भाग मध्ये मेरो एक भाग अंश मलाई छुट्याई दिलाई पाउं भन्ने समेत वादी पशुपति राज मिश्रको फिराद पत्र । २. अंशियार मध्ये म जगन्नाथ १ कुलनाथकी श्रीमती जनक कुमारी १, कान्छा भाई विपक्षी वादी १ समेत तीन अंशियार छौं । घर जग्गा वुहारी जनक कुमारीको भोगमा रहेको कुरा विपक्षी स्वीकार्दछौं । मैले पनि आजसम्म अंश लिएको छैन, तीन अंशियार भएकोले मेरो अंश मैले समेत पाउने गरी हक इन्साफ पाउं भन्ने समेत व्यहोराको प्रतिवादी जगन्नाथ मिश्रको प्रतिउत्तर पत्र । ३. नापीमा घरका मुख्य जेठा जगन्नाथ मिश्रका नाउंमा दर्ता भएको पुख्यौली पुरानो घर भएको जग्गा म तर्फ रौतहटको नौ विगाहा दश कठृा जग्गा र मोहन कुमारीका नाउंमा खरिद भई थपेको