निर्णय नं. ६७८८ - जोत कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७८८ - जोत कायम भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५६/०१/०६ २६३९ नि.नं. ६७८८ ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संम्वत २०५३ सालको दे.पु.नं. ... २६५० फैसला मिति : २०५६।१।६।२ मुद्दाः जोत कायम । पुनरावेदक वादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ४ मुलढोका वस्ने इन्द्रवहादुर श्रेष्ठ विरुद्ध विपक्षी प्रतिवादी : ऐ.ऐ. वाड नं. ७ गोल्मढी वस्ने लक्ष्मीमाया ग्वाछा § मोहियानी कायम हुन भुमि सम्वन्धि ऐन, २०२१ को दफा २५ र ३४ ले निर्धारीत शर्त एवं प्रक्रिया पुरा नगरी मोही हक स्थापित हुन नसक्ने कानूनी पृष्ठभुमिमा अरुको जग्गामा घर बनाई वसिरहेकै कारणले मात्र मोहियानी हक श्रृजना भएको मान्न मिल्दैन । घरको स्वामित्व र मोहियानी वेगल वेगल कुरा हुंदा घर बनाई सकेको जग्गामा घर खडा भैसकेको उपर मोही हक कायम गर्न कानूनसंगत नदेखिए समेतबाट वादी दावी अनुसार मोही हक कायम नहुने ठहर्‍याएको पुनरावेदन अदालत पाटनको निर्णय मनासिव ठहर्ने । (प्र.नं. १०) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने प्रतिवादी तर्फबाटः अवलम्वित नजिर : फैसला न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य् एवं ठहर यसप्रकार छ । २. पन्च कुमारी राजभण्डारी ज.ध. र जोताहा वुद्धिनारायण ग्वाछा भएको भ.पु.जि.न.पा. वडा नं. ४(ग) कि.नं. १९६ को रोपनी ४-५-० मध्ये रोपनी ०-५-० मा वद्रि नारायण ग्वाछाको मन्जूरीबाट भ.पु.न.पा.वाट नक्सा पास गरी ०२१।१२।६ मा नक्सा पास प्रमाण पत्र लिई घर बनाई भोगचलन गरी आएको हाल जग्गाधनी विष्णुवहादुर राजभण्डारीले भ.पु.न.पा. मा उजुरी गरी तला थपेको नियमित गराई नक्सा पेश गराई दिने भनि न.पा. भ.पु. वाट ०४५।१।२६ मा निर्णय भई भ.पु.जि.अ. मा घर भत्काई पाउं भनी परेको फिरादमा ०४६।१०।१० गते डिसमिस फैसला भइसकेकोले उक्त कित्ता जग्गा मध्ये रोपनी ०-५-० जग्गाको साविक रोपनी ४-५-० वाट कि.का. गराई मेरा नाउंमा मोही कायम गरी मोहियानी प्रमाण पत्र पाउं भन्ने वादीको दावी । ३. पति वद्रिनारायण ग्वाछाको नाउंमा जोत भई का.न.पा. वडा नं. २३ वस्ने विष्णुवहादुर राजभण्डारीको नाउंमा दर्ता भएको भ.पु.न.पा. वडा नं. ४(ग) कि.नं. १९६ को ४-५-० जग्गाको जोताहा पति परलोक भई मेरो हक भएको जोत नामसारी गर्न बांकी भएको ४--५-० मध्ये ०-५-० जग्गाको कसरी हक निजले प्राप्त गर्ने हो मलाई थाहा छैन हालसम्म मैले कुतवाली धरौटी राखी आएको छु,निवेदकको माग वमोजिम रोपनी ०-५-० जग्गामा जोत कायम गर्न मन्जूरी छैन भन्ने प्रतिवादीको प्रतिउत्तर पत्र । ४. ज.ध.ले शुरु म्यादै गुजारी बसेबाट पनि प्रतिवादीहरुको भनाईसंग सहमत हुन नसकी वादी दावी वमोजिम तथा भ.न.पा. को पत्रमा उल्लेखित चार किल्ला भित्रको ०-५-० जग्गामा साविक मोहीको नाम हटाई निवेदकको नाममा कायम गरी दिने ठहर्छ भन्ने शुरु भुमि सुधार कार्यालय भक्तपुरको मिति ०५१।११।१८ को फैसला । ५. भू.सु.का. भक्तपुरको फैसलामा चित्त वुझेन उक्त कार्यालयको फैसला कानून प्रतिकूल भएकोले उक्त निर्णय वदर गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीको पु.वे.अ. पाटनमा परेको पुनरावेदन पत्र । ६. यस्मा एउटै कि.नं. १९६ को ४-५-० जग्गा मध्ये ०-५-० जग्गामा अर्को मोही कायम गर्ने गरेको शुरुको फैसला विचारणिय हुंदा अ.वं. २०२ नं. तथा पु.वे.अ. नियमावली, २०४८ वम