निर्णय नं. ६७९० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७९० - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/०८/२८ २९८९ नि.नं. ६७९० ने.का.प. २०५६ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संम्वत २०५४ सालको फौ.पु.नं. ... १६९४ फैसला मिति : २०५५।८।२८।२ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादी : ललितपुर जिल्ला भारदेउ गा.वि.स. वार्ड नं. ७ घर भै ललितपुर जिल्ला दौवहाल वस्ने हाल जिल्ला कारागार शाखा नख्खू ललितपुर थूनामा रहेको राजु भन्ने राजकुमार श्रेष्ठ विरुद्ध प्रत्यर्थी वादी : रामवहादुर श्रेष्ठको जाहेरीले वादी श्री ५ को सरकार § घटनास्थल प्रकृति मुचुल्कामा लाश फेला परेको इनारलाई बाहिरबाट फलामे जालीले ढँकिएको भनी उल्लेख भएको रहेछ । उक्त जाली हटाइएको अवस्था समेत देखिएन । आफै हाम फाल्ने व्यक्तिले हटाएको फलामे जाली हटेकै अवस्थामा रहनु पर्ने हुन्छ । फलामे जाली हटेको अवस्था नदेखिंदा कुनै व्यक्तिले इनारमा फाली जाली यथावत रुपमा राखेको हुन सक्ने अवस्था देखिन आउंछ । सोही लाश जांच प्रकृति मुचुल्का हेर्दा दुवै आंखा बन्द रहेको, मुख अर्ध खुल्ला, रहेको तलको चारवटा दांत देखिएको शरीरमा कहिं कतै चोटपटक निलडाम, घाउ, खत आदि केही नदेखिएको, दुवै हात फैलिएको र दुवै खुटृा अर्ध खुम्चिएको अवस्थाबाट समेत मृतक लक्ष्मी स्वयं इनारमा हामफाली बाच्ने संघर्ष गर्दा पर्न सक्ने घा खत समेतको अभाव देखिंदा कुनै व्यक्तिले निजलाई मारी इनारमा फाली इनार वाहिरको फलामे जाली समेत ठिक दुरुस्त अवस्थामा राखेको हुन सक्ने देखिन आउंछ । अव कस्ले निज लक्ष्मी श्रेष्ठलाई मारेको हुन सक्तछ भन्ने तर्फ विचार गर्दा अन्य कुनै व्यक्तिको संभावना मिसिलबाट देखिन आएको छैन । आफ्नो स्वास्नी अर्कासंग बिग्रिएको देख्दा लोग्नेलाई रिस उठनु र लोग्ने स्वास्नी वीच विवाद हुनु अस्वभाविक देखिंदैन । सोही पृष्ठभुमिमा प्रतिवादी राजकुमार श्रेष्ठले मृतक लक्ष्मी श्रेष्ठलाई कर्तव्य गरी मारेको ठहर्‍याएको शुरु ललितपुर जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेकै देखिंदा मनासिव ठहर्ने । (प्र.नं. ३७) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर, विद्वान अधिवक्ता श्री वच्चु सिंह खड्का प्रत्यर्थी वादी तर्फबाटः विद्वान उप सरकारी अधिवक्ता श्री सरोज गौतम अवलम्वित नजिर : ने.का.प. २०१७, नि.नं. १००, पृ.३९ फैसला न्या.केदारनाथ आचार्य:न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. मिति २०५२।१०।२९ गते वेलुका अं. ६।३० वजेको समयमा मेरी श्रीमती लक्ष्मी श्रेष्ठ ल.पु.जि. इमाडोल गा.वि.स. वडा नं. २ वस्ने अजित कुमार विष्टसंग कुराकानी गरी रहेको मैले भेटेको हुंदा मैले कोठामा किन यस्तो गरेको भनी साधारण गाली गरेकोमा सोही राती म पिसाव फेर्न जांदा कुन वेला कोठाबाट निस्की गई थाहा भएन । नगद तथा धनमाल समेत लिई गएको हुंदा निज अजित कुमार विष्टले लगेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको ०५२।११।२ को राजकुमार श्रेष्ठले जि.प्र.का. ल.पु.मा दिएको निवेदन । ३. मिति २०५२।१०।२९ गते राती हराएकी मेरी श्रीमती लक्ष्मी श्रेष्ठ ल.पु.जि.ल.पु.न.पा. वडा नं. १८ कायगुननी टोलको इनारभित्र फेला परेको भन्ने स्थानीय मानिसहरुको हल्ला सुनी हेर्न जांदा देखें चिने । मृतक अवस्थामा इनार भित्र फेला परेको लाश मेरो श्रीमती लक्ष्मी श्रेष्ठको हो । मैले मिति २०५२।१०