निर्णय नं. १ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १ - अंश भाग: १ साल: २०१५ महिना: फागुन अंक: १ फैसला मिति :२०१२/०८/२२ ४९९८ निर्णय नं. १ ने.का.प. २०१५ अङ्क १ (अपिल दोश्रा उपर) डिभिजनबेञ्च प्र.न्या.श्री हरिप्रसाद प्रधान न्या.श्री महेन्द्रबहादुर महत अपील नं. ४५।२५८।२७७ अपिलबाट : बोध शम्शेर समेत बिरुद्ध रेस्पोन्डेन्ट : ज.समर शम्शेर मुद्दा : अंश (१) दानदातव्यको ११२ नं. (मुलुकी ऐन भाग ३) – शेष पछि को बण्डापत्र जहिले सुकै पनि बदर गर्न सकिने–शेषपछिको बोली परे तापनि मजबून शेषपछिको भए पुग्ने । शेषपछिको बण्डापत्र ऐनले बदर हुने, नहुने विषयमा शेषपछिको बण्डापत्र नभनी खाली बण्डापत्र मात्र भनी रजिष्ट्रेसन पास गराउनु भएको भए खाली बण्डापत्र मात्र ठहरीने हुनाले बदर नहुने । तर शेषपछिको बण्डापत्र भन्नाले बण्डापत्रको ढाँचाबाट शेषपछिको दातव्य गर्नु भएको देखिन्छ । शेषपछिको बण्डापत्र भन्ने बोली परे तापनि तेसमा उल्लेख भएका कुराहरू हेरी बिचार गर्दा ज.समर शम्शेरले आफू मरे पछि यस रीत संग बाँडी खानु भन्ने आशयको कागज गरी दिनु भएको देखिन्छ । त्यसै कारणले बहाँले आफ्नो भागको केही उल्लेख नगर्नु भएको देखिन्छ । वस्तुतः यो कागजको मजबून चाहीं शेषपछिको बन्देज दातव्यको तौरबाट गरेको देखिन्छ र दानदातव्यको १२ नं.ऐनले जहिले सुकै पनि बदर गर्न सक्नु हुने हुनाले सो ऐनको रीत पुर्‍याइ रजिष्ट्रेसन अफिस मार्फत बदर गराउनु भएको ऐन बमोजिम नै भन्नु पर्ने । (प्रकरण नं.१२) (२) अंश बंडाको २८ र ३७ नं.– छोराहरूको मन्जूरी बेगर अंशबण्डा हुनसक्ने नसक्ने के हो ? मानु छुट्टिई भिन्न बसेपछि छोरा अथवा बाबुले बण्डा गर्दिन भन्न नपाउने । छोराहरूको मन्जूरी बेगर बण्डापत्र गर्न हुंदैन भन्ने अंशबण्डाको २८ नम्बरमा उल्लेख भएको । ३७ नम्बरमा मानु नछुट्टिई संग बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन लगाएको ऋण सवै अंशियारहरूलाई भाग लाग्छ । ऐन बमोजिम अंश गरि लिनु दिनु । तर अंश नभए पनि छुट्टिई भिन्न बसेका वा खती उपती आफ्नो आफ्नो गरि आफ्नो आफ्नो हिस्सा संग मात्र राखी खानु पिउनु, एकै ठाउँमा गरेको भए पनि मानु छट्टिई भिन्न भएको ठहरर्नाले कमाएको धन लगाएको ऋण आफ्नो हुन्छ भन्ने स्पष्ट शब्दमा उल्लेख भएको र मानु छुट्टिई भिन्न भएको ठहरर्नाले भन्ने किटानी ऐन भएकाले मानु छुट्टिएकोमा सगोलै छ भन्न नमिल्ने । अंशबण्डाको २८ नम्बरमा उल्लेख भएको कुराहरू सगोल बस्नाको अवस्थालाई लिएर उल्लेख भएको स्पष्ट छ । यस मुद्धामा मानु छुट्टिई बेग्ला बेग्लै बसेको मिसिलबाट देखिन्छ । त्यसो हुनाले अब छोराहरूले म बण्डा गर्न माग्दिन भन्ने जिकिर अंशबण्डाको ३७ नम्बर ऐनले बेमुनासिब देखिन्छ । (प्रकरण नं.११,१२) (३) तायदाती अपीलले लिनु पर्ने – देवानीमा पठाउनु नपर्ने । तायदाती लिने विषयमा अपील दोश्राले नै तायदाती लिई ऐन बमोजिमको बण्डापत्र खडा गरी दिनु पर्ने । (प्रकरण नं.१२) फैसला १. यस्मा जेठी रानी कृतिलक्ष्मी देवी तर्फका छोरा पुष्कर शम्शेर ८१ सालमा र निज जेठी रानी र बालकृष्ण शम्शेर २००० सालमा छुट्टिई भिन्न भएका । अरू अन्यायवालाहरू र म समेत सगोलमा बसी आएकोमा मेरो भाग नराखी मेरा शेष पछि अन्यायवालाहरूले खान लिन पाउने गरी २००० साल ज्येष्ठ २४ गते शेषपछिको बण्डापत्र खडा गरी पास समेत भएकोमा २००९ साल चैत्र ९ गते अन्यायवालाहरूले जनही मो.रु.६००० का दरले नगदी लिई मानु छुट्टिई पास समेत गरी बेग्लै बसेकामा पनि अंश छुट्याई पाउँ भनी बराबर झगडा गर्ने गरेकाले र मेरो भाग अंश नराखेको हुँदा अंशबण्डा गरी दिनै असल ठानी अंशबण्डा गरी दिन्छू,