निर्णय नं. ६७९१ - दरपीठ आदेश वदर गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७९१ - दरपीठ आदेश वदर गरी पाउं भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०६/१२ ३४९६ निर्णय नं. ६७९१ ने.का.प. २०५६ अङ्क १० पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय संम्वत २०५६ सालको नि.पु.इ.नं. ... २ आदेश मिति : २०५६।६।१२।४ विषयः दरपीठ आदेश वदर गरी पाउं । मुद्दाः आयकर । निवेदकः ३ नं. क्षेत्र कर कार्यालयका कर अधिकृत श्रीराम पन्त विरुद्ध विपक्षी : स्याकार कंपनी प्रा.लि.को तर्फबाट अधिकार प्राप्त संचालक पदम ज्योती § मुलुकी ऐन, अदालती वन्दोवस्तको ५९ नं. मा कुनै मुद्दामा आफ्नो कावु वाहिरको परिस्थितिले गर्दा म्याद तारेख गुज्रेमा एकै पटक वा ३ पटक सम्म गरी वढीमा ३० दिन सम्म गुज्रेको म्याद तारेख थामिन सक्दछ भन्ने व्यवस्था गरेको देखिन्छ । यहि व्यवस्था अनुसार पुनरावेदन सुन्ने अड्डाले लामो समयदेखि पुनरावेदन पत्र दर्ता गर्दा म्याद थमाई आएको परंपरा समेत रहि आएको छ । प्रस्तुत पुनरावेदनको अनुमतीको लागि पर्न आएको निवेदनमा मुद्दा सरह मानी उल्लेखित अ.वं. ५९ नं. वमोजिम म्याद थामिन नसक्ने भन्ने प्रश्न खडा भएको देखिन आउंछ । २०४७ सालको रि.पु.इ.नं. ५३ निवेदक परशुराम झा विरुद्ध श्री ५ को सरकार समेत भएको उत्प्रेषणको रिट जारी गरी पाउं भन्ने मुद्दामा यस अदालत ७ सदस्यीय वृहद पूर्ण इजलासबाट (ने.का.प. २०४८ अंक ६ पृष्ठ २३३) पुनरावेदनको अनुमतिका लागि निवेदन लाग्न सक्ने व्यवस्थालाई एउटा निश्चित कानूनी उपचारको व्यवस्था नै संझनु पर्ने पुनरावेदनको अनुमति सम्वन्धी व्यवस्थालाई अनिश्चित उपचारको संज्ञा दिनु उचित वा तर्कसंगत नदेखिने भनी अनुमतिको निवेदन दिन पाउने व्यवस्थालाई वैकल्पिक उपचारको व्यवस्था हो भनी उपचारको वाटो रहेको भन्ने सिद्धान्त स्वीकार गरेको पाइन्छ । मुद्दाकै कारणबाट श्रृजित हुने त्यस्ता निवेदनहरुको निरुपण वा टुंगो अनुमति दिने वा नदिने भन्ने विषय न्यायिक प्रकृया अनुरुप न्यायाधीशकै इजलासबाट गरिने भन्नेमा विवाद नभएको र तल्लो अदालत वा निकायमा परेको मुद्दाकै सिलसिलामा त्यस्ता निवेदनहरु कानून वमोजिम पर्न आउने हुनाले त्यस्ता निवेदनले मुद्दाको रुप लिई नसकेको भन्ने अर्थ गर्न नमिल्ने । (प्र.नं.२) निवेदक तर्फबाट : विद्वान महान्यायाधिवक्ता श्री वद्रीवहादुर कार्की, विद्वान सह न्यायाधिवक्ता श्री नन्दवहादुर सुवेदी विपक्षी तर्फबाट : अवलम्वित नजीर : ने.का.प. २०४८, अंक ६, पृष्ठ २३३ परशुराम झा विरुद्ध श्री ५ को सरकार समेत भएको उत्प्रेषणको आदेश जारी गरी पाउं । आदेश श्री निवेदन प्रतिवेदन दर्ता शाखा के, नियमानुसार पेश भएको प्रस्तुत निवेदनमा निवेदक तर्फबाट विद्वान महान्यायाधिवक्ता श्री वद्रीवहादुर कार्की तथा विद्वान सह न्यायाधिवक्ता श्री नन्दवहादुर सुवेदीले गर्नु भएको वहस समेत सुनियो । २. यसमा राजश्व न्यायाधिकरण काठमाण्डौको मिति २०५३।१२।२७ को निर्णय उपर राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८ को खण्ड (ख) को अवस्था रहेको भनी गुज्रेको म्याद थमाई अनुमतीको निवेदन दर्ता हुन आएकोमा यस अदालतको तीन जना माननीय न्यायाधीशहरु रहेको पूर्ण इजलासबाट २०५१ सालको पु.नि.नं. ६५१ निवेदक पंच कुमारी इन्टरप्रँइजेजका प्रोपाइटर विरेन्द्र तुलाधर विरुद्ध कर कार्यालय काठमाण्डौ समेत भएको आयकर मुद्दामा पुनरावेदनको अनुमतीको लागि परेको निवेदनमा