निर्णय नं. ६७९२ - दर्ता वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७९२ - दर्ता वदर भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०७/११ २७५३ निर्णय नं. ६७९२ ने.का.प. २०५६ अङ्क १० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री टोपवहादुर सिंह संम्वत २०५४ सालको दे.पु.इ.नं. .... १२२ फैसला मिति : २०५६।७।११।५ मुद्दाः दर्ता वदर । पुनरावेदक प्रतिवादी : जिल्ला पर्सा वीरगंज नगरपालिका वडा नं. ११ वस्ने सुर्यमान श्रेष्ठ विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वस्ने अमरदेवी श्रेष्ठको मुद्दा सकार गर्ने कृष्णमान श्रेष्ठ § वादी अमरदेवी श्रेष्ठबाट हालै देखिको वकसपत्र प्राप्त गरेपछि प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गाको केही खण्डमा साविकमा रहेको खपडाको घर भत्काई पक्की घर वनाएको भन्ने निजको प्रतिउत्तर जिकिर रहेको र मिसिल सामेल रहेको मिति २०५५।६।२४ को नक्सा कुण्डलीमा जनिएको न.नं.. ३० को वाटो दक्षिण तर्फको मुल सडकसम्म गएको र सोही वाटो तर्फबाट प्रतिवादी सुर्यमान श्रेष्ठको पक्कीघरमा जाने वाटो रहेकोबाट उक्त पक्की घरले सो वाटो प्रयोग गरिराखेको अवस्था समेत देखिन्छ । यसरी प्रतिवादीले विवादित जग्गामा पक्कीघर समेत वनाई वसेको अवस्था भएकोमा त्यसतर्फ वादी अमरदेवी श्रेष्ठले मुलुकी ऐन घर वनाउनेको महलको ११ नं. को म्याद भित्र उजुर गरी मौकैमा विरोध गनुपर्नेमा सो समेत गरेको देखिदैन । वकस दिने वादीले प्रतिवादीले विवादित जग्गामा पक्की घर वनाउंदा कानूनको म्याद भित्र विरोध नगरेकोमा वकस गर्नेको दावी पुग्न नसक्ने अवस्थाको श्रृजना भएकोले पुनरावेदक प्रतिवादी सुर्यमान श्रेष्ठले विवादित जग्गामा वनाएको पक्की घर र वलेसीले चर्चेको वाहेक अरु घर जग्गाको लिखत वदर गर्नुपर्ने भई वदर हुने ठहर्‍याएको हदसम्म तत्कालीन म.क्षे.अ. को मिति २०४३।९।२१ को इन्साफ मिलेको देखिंदा सदर हुन्छ। वादी दावी वमोजिम वकसपत्र वदर एवं दर्ता वदर भई वादीका नाममा दर्ता हुने ठहर्‍याएको तत्कालीन नारायणी अंचल अदालतको इन्साफ मनासिव ठहर्‍याएको यस अदालत संयुक्त इजलासको मिति २०४५।३।९ को फैसला केही उल्टी हुने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी, विद्वान अधिवक्ताद्वय श्री शम्भु थापा र शेष अस्वास अवलम्वित नजीर : फैसला न्या.उदयराज उपाध्यायः यस अदालत संयुक्त इजलासको मिति २०५५।३।९ को फैसला पूर्ण इजलासवाट एक पटक दोहोर्‍याई हेरी दिनु भन्ने हु.प्र. बक्स पाउं भनी श्री ५ महाराजाधिराजका हजुरमा प्रतिवादी सुर्यमान श्रेष्ठले चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्त भई पेश हुंदा दोहोर्‍याई हेरी दिन निस्सा भई स.अ. नियमावली, २०४९ को नियम ३ बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यस प्रकार छ : २. जिल्ला पर्सा विरगंज न.पं. वडा नं. ११ को कि.नं.. १७७ को पूर्व कृष्णमान पश्चिम जनकमान उत्तर मेवालाल दक्षिण सडक यति ४ किल्ला भित्रको पूर्व पश्चिम चौडाई ११” १०” उत्तर दक्षिण लम्वाइ ७० को ज.वि. ०-०-४ जग्गा र सो जग्गामा भएको खपडा घर समेत तपाईको आजन्म सेवा गर्छु भनि विपक्षले भनेकाले मिति ०३६।६।७ मा बक्सपत्र गरी दिएको र मिति २०३८।६।१५ मा विपक्षीले मलाई घरबाट निकाला गरेकोमा मैले बक्सपत्र बदर मुद्दा दिई मिति ०३६।६।७ को शर्त पालना गर्छु भनि मिलापत्र समेत भएको थियो तर यही जेष्ठ २५ गते देखि फेरी मलाई घरबाट निकाला गरेकोले प्रतिवादीलाई म