निर्णय नं. ३ - जिमिदारी नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३ - जिमिदारी नामसारी भाग: १ साल: २०१५ महिना: फागुन अंक: १ फैसला मिति :२०१४/०४/२३ ३०२८ निर्णय नं.३ ने.का.प. २०१५ (सदर अपील दोश्रा ऊपर) डिभिजनबेञ्च न्यायाधीश श्री तिलक शम्शेर थापा क्षेत्री न्यायाधीश श्री उपेन्द्रराज स.दे.ठा.नं.८९६ निबेदक : पूर्ण गोविन्द समेत बिरुद्ध बिपक्षी : विज्ञानप्रसाद मुद्दा : जिमिदारी नामसारी (१) जिमिदारी नाउंसारी – लिखतको म्याद भित्र दर्ता नगराए – साविक दर्तावाला मरे पछि दर्ता नगराए – नापी सवाल बमोजिम सर्पट महाजाँचको नापीमा दर्ता नगराए – दर्ता गरी नदिए ३५ दिनभित्र उजूर गरी अर्काको दर्ता बदर नगराए – जग्गा पजनीको ३४ नं. – आफ्नो हकको जग्गा अर्काको नाउँमा दर्ता भएको थाहा पाएको २ बर्ष भित्र नालिस दिई दर्ता बदर वातिल नगराए – ७१ साल र त्यसै पछि र आखिर २००० सालमा भएको सनद ईश्तिहार र बडापत्र बमोजिम म्याद भित्र आफ्नो हक भोगको जग्गा आफ्नो नाउँमा दर्ता नगराए – बटैयादारहरू पनि बिपक्षी कै जग्गा कमाएकोमा सावित भएमा – हक पुग्न सक्तैन । (नजीरको रूपमा पेश गरिएका मीनबहादुर बि. सरस्वतीको मुद्दा १ गोपीलाल वि.सेवकको मुद्दा १ छट्याइयो) लिखतमा ७८ सालका बालीमा नाउँसारी गराई लिनु भन्ने लेखिएको । सो म्यादभित्र नामसारी गराई लिन नसकेको । सावित दर्तावाला जीतगोबिन्द ८३ सालमा मरे पछि आफ्ना नाममा नामसारी गर्न सक्नु पर्ने सो पनि नसकेको । आफ्नो हक पक्का भएका भए ८३ सालमा सपर्ट महाजाँच हुँदा सो मौजाहरू आफ्ना नाउँमा नाप जाँच गराई नापीमा दर्ता गराउनसक्नु पर्ने । नापीले बेहिसाब गरी आफ्ना नाउँमा दर्ता गरी नदिएको भए नापी सवाल बमोजिम ३५ दिन भित्र उजूर बाजुर गरी आफ्ना नाउँमा दर्ता गराउनसक्नु पर्ने । ३५ दिन भित्र उजूर नगर्नेको उजूर लाग्दैन भन्ने नापी सवालमा यस्तो महत्वपूर्ण कुरा लेखिएकोमा पनि सो कुराको बिचारै नगरी चुप लागि बस्ने वादीको हक कायम रहन कानूनले नसक्ने । त्यस पछि ८५ सालमा सो जिमिदारी – जग्गा मर्ने साविक दर्तावाला जीतगोविन्दका नाउँबाट निजको हक निजका छोरा पूर्णगोबिन्द र जीतगोविन्दका भाई हरिगोबिन्दको हक निजको छोरा कीर्तिगोविन्दको नाउँमा नामसारी दर्ता भएको कुरा वादीलाई थाहा जानकारी भएको वादी लेखबाटै देखिएको । त्यस उपर जग्गा पजनीका ३४ नं.का म्याद २ बर्ष भित्र उजूर बाजर गरि बदर बातिल गराउन समेत नसकेको, आफ्नो हक भोगको जग्गा जिमिदारी आफ्ना नाउँमा नामासारी गर्नु पर्छ । नामासारी गर्न नसके उजुर लाग्ने छैन भनी ७१ सालमा र त्यसपछि पटक पटक बीचमा र आखिर २०००।८।२७ गतेमा समेत सनद इश्तिहार बण्डापत्र भएको सो सनद इश्तिहार बण्डापत्रका म्याद भित्रमा समेत आफ्ना नाउँमा नामसारी गराई लिन र साल साल तिरो भरो गरेको निस्सा पेश गर्न समेत नसकेको । बटैयादारहरूले निजै पूर्णगोविन्द कीर्तिगोबिन्द भई जग्गा कमाएमा साबित भई कागज लेखी दिएको मिसिलबाट देखिएकोले दर्तावालाहरू कै भोग देखिन आएको । दर्ता भोग बेगर वादीको दाबीको जग्गामा हक पुग्छ भन्न नहुने । (प्रकरण नं.९) (२) अ.बं.को.१०६ नं. – हक नपुग्ने वादी दाबी खोरज हुने । अ.बं.१०६ नं.ले हक नपुग्ने वादीको नामसारी गरी पाउँ भन्ने वादी दाबी पुग्न सक्त्तैन । खोरज गरी दिने । (प्रकरण नं.९) (३) नामसारी गरी दिनमा मन्जूर भई प्रतिवादी दिएकोमा – नामसारी गरी दिनुपर्छ । कीर्तिगोबिन्द तर्फ माथि लेखिए बमोजिम वादीले दर्ता भोग तिरो भरो गर्न नसके पनि नाउँ सारी गरी दिनामा मन्जूर भई प्रतिवादी दिएको र अपीलबाट इन्साफ गर्न शुरुमा पठाउने फैसला भए पछि पनि अपील उजूर केही नगरी वादीका न