निर्णय नं. ४ - डाका कूटपीट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४ - डाका कूटपीट भाग: १ साल: २०१५ महिना: फागुन अंक: १ फैसला मिति :२०१५/०९/०१ ५९१२ निर्णय नं.४ ने.का.प. २०१५ अङ्क १ (बिशेष अदालत पश्चिम फाँट ऊपर) फुलबेञ्च प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री रंगनाथ उप्रेती न्यायाधीश श्री तिलक शम्शेर थापा क्षेत्री न्यायाधीश श्री मुक्तिकान्त मैनाली न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री पशुपतीप्रसाद कोइराला फौं ठा.फु.नं.१।२।३ निवेदक : वासुदेव भारती समेत बिरुद्ध बिपक्षी : वीरबहादुर मुद्दा : डाका कूटपीट (१) आंशिक रिभ्यूको निस्सा भएकोमा – संपूर्ण मुद्दा हेर्न नमिल्ने – रिभ्यू हुने कुरा जतिलाई प्रभाव पार्ने कुरा हेर्न हुने । आंशिक रिभ्यूको निस्सा भएकोमा संपूर्ण मुद्दा हेर्न मल्दैन । तर त्यस आदेशबाट प्रभाव पर्ने कुरा हेर्न मिल्छ भन्ने सिद्धान्त ०१५।३।१०।३ मा फूलबेञ्चबाट कायम भई सकेको देखिनाले सो सिद्धान्त बमोजिम यस मुद्धामा भएको रिभ्यूको आदेश हेरिएमा बिगो र दण्ड तर्फ पुनः विचार गर्नु पर्ने देखिदा ...सो प्रभाब पर्ने जति सबै कुरा यस मुद्दामा खोली हेर्नु पर्ने देखिन्छ । (प्रकरण नं.२५) (२) चोरीको १, ७ र ९ नं.र कूटपीटको २ नं.चोरी, जवरदस्ती चोरी, डाका र लूटपीटका अवस्थाहरू – लूटपीट र डाकामा फरक । चोरीको १ नं.मा आफ्नो हक नपुग्ने चल धन माल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नलिई धनीको हक मेटाई वेईमानी गरी आफूले लिना खानाका लागि जुन सुकै कुरो गरी कसैले लग्यो भने सो चोरी ठहर्छ भन्ने र ऐजन ७ नं.मा चोरी गर्नाका निमित्त वा चोरी गर्दा कूटपीट हातपात गरी वा बाँधी थिची वा जिउ जखम अङ्गभङ्ग गर्ने डरत्रास देखाई वा नावालख र स्वास्नी मानिसको जीउको धन माल खोसी चोरी गरेकोमा जवरदस्ती चोरी गरेको ठहर्छ भन्ने र ऐजन ९ नं.मा ४ जना भन्दा बढताको जमात भै जवरदस्ती चोरीमा लेखिएका रितसंग र ठूलो जमात भै हात हतियार लिई उठाई छाडी हुल हुज्जत गरी चोरी गरेको डाका ठहर्छ भन्ने र लूटपीटको २ नं.मा आफूप्रति नोक्सान प¥यो भने अथवा आफ्नो हक लाग्ने हो भनी जग्गा जमीन, साँध सिमाना, साहु असामी, अंशबण्डा दान बकस, विजाई, विद्युत, रकम कलम, सन्धि सर्पण कुलो पानी बाली चराई नासो धरौट समेत ईत्यादि र अरू कुनै कुरामा धर पकड वा भनाभन झगडा लछार पछार सरम भै सोहि ठाउँ उसै बखतमा साथमा रहे भएको धनमाल नगदी जिन्सी खोसी लिए लगे नोक्सान गरेको समते लूटपीट ठहर्छ भन्ने उल्लेख भएको छ । प्रस्तुत मुद्दामा दुबै पक्षको पहिले देखि जानकारी भै एउटा चीज दुबै पक्षको आफ्नो संझी धर पकड वा भनाभन झगडा लछार पछार भै सोही ठाउँ उसै बखतमा साथमा भै रहेको धनमाल लगेको भन्ने बादी दाबी नहुँदा लूटपीटको २ नं.को अवस्था मिल्ने देखिँदैन । ४ जनाभन्दा बढीको ठुलो जमात भै कूटपीट हातपात बाँध छाँद गरी खुकुरी चलाई अङ्ग भङ्ग गर्ने डरत्रास देखाई हतियार छाडी चोरीको ७ नं.को ऐन बमोजिमको जवरदस्ती चोरीको रीतसंग वारदात गरेको भन्ने चोरीको ७, ९ नं.मा उल्लिखित भए मिलानको लेख दावी हुँदा लूटपीटको २ नं.को अवस्था मिल्ने नदेखी चोरीको ७, ९ नं.मिलानकै देखिन आएकोले सो ऐन बमोजिम वारदात कसूर डाका ठहर्छ । (प्रकरण नं.२६) (३) पुलिसमा साविती भई गरेको कागज अदालतमा इन्कार गरेमा – प्रकाणिकता । अरू सबुद प्रमाणबाट कसूर अपराध प्रमाणित हुँदैन र अभियोग सो पुलिसले गराएको ठाडो कागजलाई इन्कार गर्दछन् भने सो साविती कागज अकाट्य भनी मान्न मिल्दैन