निर्णय नं. ५ - धरौट मागी प्रकाशन रोक्ने अडर बदर होस् भन्नेसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५ - धरौट मागी प्रकाशन रोक्ने अडर बदर होस् भन्नेसमेत भाग: १ साल: २०१५ महिना: चैत्र अंक: २ फैसला मिति :२०१४/१२/०७ ३०६९ निर्णय नं. ५ ने.का.प. २०१५ स्पेशलबेञ्च प्रधान न्यायाधीश श्री अनीरुद्रप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री रंगनाथ उप्रेती ठा.नं.७ निवेदक : फत्तेबहादुर सिंह सम्पादक, ने.भा.प. विरूद्ध बिपक्षी : काठमाण्डु मेजिष्ट्रेट मुद्दा : धरौट मागी प्रकाशन रोक्ने अडर बदर होस् भन्नेसमेत (१) छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ५ (१) (ज) र ४ (३) – पत्रिकाको सम्पादकीय–भिन्न भिन्न बर्गमा वैमनष्य र घृणा पैदा गराउने देखिएमा – सरकारले धरौट मागेको मुनासिव । २०१३ साल चैत्र ३० गतेको सम्पादकीय “नेपालमा हिन्दू प्रथा किन ?” – को पंक्तिहरू “...सबै कुरामा हिन्दूत्वलाई प्रधानता दिएर सरकारले व्यवहार गरेको देखिन्छ । नेपाल एक बौद्ध प्रधान देश मात्र होइन, यहाँ शैव शाक्य तथा मुसलमान आदि अनेकौं सम्प्रदाय छन् । फेरि धेरै जसो नेपाली जनता गोमांस नखाने छैनन् भनेर भन्न सकिंदैन । यस्तो हालतमा गौ–वध निषेध कानून नेपालमा भई रहनु पनि अधिकांश जनतालाई हिन्दुत्वको आधारमा दवाउनु बाहेक के हो ?ला ?” “यस्तो हालतमा हिन्दूत्वलाई दुहाई दिएर अथवा हिन्दू धर्मलाई मात्र विषेशता दिने किसिमले बहुसंख्यक जनताको भावना ऊपर हमला गर्नु कदापि जायज कुरा होइन”........“अब प्रजातनत्रको उदय भई सकेपछि पनि राजा एउटा हिन्दू धर्मावलम्वी भयो भन्दैमा बहुसंख्यक जनताको सांस्कृतिक भावनालाई दवाएर भारत वा हिन्दू धर्मलाई विषेशता दिनु कदापि उचित होला जस्तो लाग्दैन ।” २०१४ साल बैशाख ५ गतेको सम्पादकीयमा “गौवध निषेध कानून” का केही पंक्तिहरू यस प्रकारका रहेछन् “......एक प्रजातन्त्र राज्यले धर्मलाई आधार गर्न हुन्न । अझ दुई तीन धर्म भएको देशमा एक धर्मको पक्ष लिनु झन नै नराम्रो । धर्म तथा कानून एकै चीज होइन”...“पुरानै धर्मको आधारमा गौ हाम्रो माता भएकाले राज्य भर गाई मार्नेलाई यो सजाय हुन्छ भन्ने आजको शताब्दीलाई अशोभित भई सक्यो । अझ गो–मांस खाने जनता अधिक भएको देशलाई त झन नै अशोभनीय छ” । माथि प्रकाशित भएको लेख छापाखाना प्रकाशन सम्बन्धी ऐनको दफा ५ को उपदफा १ को देहाय (ज) अन्तर्गत परेको होइन भन्न कुनै हालतमा नहुने भएबाट उक्त प्रकाशन ऐन विरूद्ध देखिन्छ,..धरौट माँग गरेको मेजिष्ट्रेटको मुनासिव छ । (अन्तिम प्रकरण) (२) पत्रकारिताको धर्म – माथी नियन्त्रण आवश्यक । पत्रकारिता बुद्धिजीविको एक अत्यन्त जवावदेहि पूर्ण पेशा हो । आजको युगमा यो पेशा एक विशिष्ट तथा महŒवपूर्ण स्थान राख्दछ । स्वच्छ पत्रकारिता समाज तथा सरकार दुवैलाई कल्याणकारी मार्गतर्फ अग्रसर गराउन सक्तछ । समय समयमा सचेतकको रूपमा अग्रसर भई दुवैलाई गलत मार्गबाट हटाई सही पथ प्रदर्शन पनिगर्न सक्तछ । फल स्वरूप यो पेशा सम्माति पनि छ । साथै पत्रकारको भूल या त्रुटि देश हितको खिलाफ समान रूपमा हानिकारक पनि सिद्ध हुन सक्तछ । अतः कानूनी नियन्त्रणको आवश्यकता महसूस गरिन्छ । (अन्तिम प्रकरण) निवेदक तर्फबाट : निवेदक स्वयं तथा श्री बलभद्र मिश्र बिपक्षी तर्फबाट : गभर्नमेन्ट एडभोकेट श्री शम्भूप्रसाद ज्ञबाली फैसला १. यसमा प्रकाशक सँग धरौट माग्ने र पत्रिका प्रकाशन बन्द गर्ने आदेश एकै साथ दिने कुनै व्यवस्था पनि छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन विरूद्ध छ । पूर्जीमा पत्रिका ऊपर लगाइएको आरोप बिशाक्त बातावरण पैदा गराउने चेष्टा गरिएको भन्ने कुरा स्पष्ट आरेप होइन । पत्रिका ऊपर कारवाई गर्