निर्णय नं. ६७९३ - जीउ मास्ने वेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७९३ - जीउ मास्ने वेच्ने भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५५/०८/०८ २५४७ निर्णय नं. ६७९३ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संम्वत २०५० सालको फौ.पु.नं. .. ९४३ २०५२ सालको फौ.पु.नं. ... १२२२ फैसला मिति : २०५५।८।८।३ मुद्दाः जीउ मास्ने वेच्ने । पुनरावेदक वादी : जिल्ला ताप्लेजुङ सिर्कैचा गा.वि.स. वार्ड नं.. ९ वस्ने पार्वता उप्रेतीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला ताप्लेजुङ सिनाम गा.वि.स. वार्ड नं. ८ वस्ने इन्द्रप्रसाद मैनाली समेत पुनरावेदक प्रतिवादीः जिल्ला ताप्लेजुङ सिनाम गा.वि.स. वार्ड नं. ८ वस्ने इन्द्रप्रसाद मैनाली विरुद्ध प्रत्यर्थी वादीः पार्वता उप्रेतीको जाहेरीले श्री ५ को सरकार § जुन मितिमा तराई तर्फ लगेको भनी जाहेरी परेको छ त्यही मितिमा निज पार्वता उप्रेती स्वयं समेत प्रहरी हिरासतमा परेको देखिन्छ भने मुख्य कसुरदार भनी उल्लेख गरिएका इन्द्रप्रसाद मैनाली पनि उक्त मितिमा आफूले पढाउदै आएको विद्यालयमा नै हाजिर रहेको देखिन्छ । यसबाट जाहेरी दरखास्त नै शंकास्पद वन्न पुगेको छ । (प्र.नं. ३१) § जाहेरवालीको भनाइलाई पुष्टि गर्ने स्वतन्त्र प्रमाणको अभाव एवं प्रतिवादीहरुद्वारा प्रस्तुत प्रमाणहरुबाट जीउ मास्ने वेच्ने कार्यमा निजहरुको संलग्नता नरहेको भन्ने कुरामा पुष्ट्याई मिलेको स्थितिमा प्रतिवादीहरु मध्ये मनप्रसाद मैनाली र हरिप्रसाद मैनालीको हकमा सफाइ दिने गरी भएको शुरु इन्साफ सदर गरी प्र. इन्द्रप्रसाद मैनालीको हकमा शुरुले सफाइ दिएको उल्टी हुने ठहर्याई प्रहरी प्रतिवेदन माग दावी वमोजिम जीउ मास्ने वेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ८(१) अनुसार १० वर्ष कैद र ऐ. दफा ८(५) अनुसार विगो जरिवाना गर्ने गरी भएको पुनरावेदन अदालत इलामको फैसला मिलेको नदेखिंदा केही उल्टी हुने ठहर्छ । प्रतिवादी मध्येका इन्द्रप्रसाद मैनाली जीउ मास्ने वेच्ने कार्यमा संलग्न रहेको भन्ने कहिं कतैबाट पुष्टि नभएको अवस्थामा निजलाई सफाइ दिने गरी भएको शुरु ताप्लेजुङ जिल्ला अदालतको मिति २०४९।४।११ को फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ३२) प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ताहरु श्री हरिहर दाहाल, श्री कृष्ण सापकोटा, श्री डिल्लि मैनाली वादी तर्फबाट : विद्वान उप सरकारी अधिवक्ता श्री शरद खड्का अवलम्वित नजीर : फैसला न्या.केशवप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. सिनाम गा.पं. वार्ड नं. ८ वस्ने ईन्द्रप्रसाद मैनालीले मलाई २०४५।८।२६ गते तराईतर्फ डूल्न जाउं भनि लगेकोमा आखिर भारतको सिलिगुढीमा पुर्याई मैले नचिनेको मधिशे जस्तोलाई भा.रु.१६०००। मा मिति २०४५।१०।७ गते मलाई विक्रि गरेछ, सो कुरा ऐ. १० गते थाहा पाई त्यहां वाट भागी यस कार्यालयमा जाहेरी सहित उपस्थित भएकी छु मेरो वयान लिई निजलाई जीउ मास्ने वेच्ने कार्य नियन्त्रण ऐन, २०४३ अनुसार कारवाही गरी पाउं भन्ने समेत व्यहोराको पार्वता उप्रेतीको मिति २०४५।१०।२३ गतेको जाहेरी । ३. म २०४४ साल पौष महिना देखि सिनाम मा.वि. मा पढन भनी मेरो मामाको घर सिनाममा डेरा गरी बसेकोमा २०४५ साल मार्ग ५ गते राती कोठामा सुति निदाई रहेको अवस्थामा मेरो सहोदर मामा मेदनीप्रसादको छोरा इन्द्रप्रसाद मैनाली राती १२ वजेको समयमा झ्यालबाट मेरो