निर्णय नं. ६७९४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७९४ - अंश भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०३/०२ २४२९ निर्णय नं. ६७९४ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संम्वत २०५१ सालको दे.पु.नं. .... २७८६ २०५२ सालको दे.पु.नं. ........... २८४३ संवत् २०५४ सालको दे.पु.नं. ..... ४६०७ फैसला मिति : २०५६।३।२।४ मुद्दा : अंश । पुनरावेदक वादी : जिल्ला पर्सा विरगंज नगरपालिका वडा नं. ९ वस्ने भुवनमान रन्जितकार समेत विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वस्ने दयामान रंजितकार पुनरावेदक प्रतिवादी : जि. पर्सा विरंगज न.पा. वडा नं. ९ वस्ने दयामान रंजितकार विरुद्ध विपक्षी वादी : ऐ.ऐ. वस्ने भुवनमान रंजितकार समेत § रै.नं. ६३ को ०-०-६-२ जग्गा प्र. दयामानले वादी मध्येको भुवनमानबाट २०३०।२।२१ मा वक्सपत्र पाएको र प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट घर कर्जा लिई सो जग्गामा घर बनाएको देखिन आउंछ । प्र. दयामानले नेपाल राष्ट्र वैंकबाट कर्मचारी घर जग्गा सापटी व्यवस्था अर्न्तगत घर निर्माण गर्न जम्मा रु.१,४३६४०, सापटी लिई रु.७८६१८।४६ वैंकलाई तिरी कटृा भई सकेको र तिर्न वांकी रकम निज दयामानको पेन्सनबाट कटृी भई रहेको भन्ने यस अदालतको आदेशानुसार प्राप्त नेपाल राष्ट्र वैंकको मिति ०५५।१०।१८ को पत्रमा उल्लेख भएकोले सो घर जग्गा प्र. दयामानको निजी आर्जनको देखिएको र वैंकबाट लिएको घर कर्जा चुक्ता गर्नमा वादीहरुले समेत सहयोग गरेको भन्ने कुनै प्रमाण गुजार्न नसकेको हुंदा समेत उल्लेखित घर जग्गा अंश वण्डाको १८ नं. अनुसार वण्डा गर्न कर नलाग्ने अवस्थाको देखिने। (प्र.नं. १६) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री चुडांमणिराज सिंह मल्ल विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री जयकान्त लाल अवलम्वित नजीर : फैसला न्या.लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत हेटौंडाको फैसला उपर वादी प्रतिवादीको पुनरावेदन र वादीको दोहोर्‍याई पाउं भन्ने निवेदन समेत परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ : २. वावु आशामान रंजितकार, आमा गंगादेवी रंजितकारको दाम्पत्य जीवनबाट ३ छोराहरु क्रमस जेठो म भुवनमान, माहिला पुरुषोतममान र कान्छा विपक्षी दयामान हुन । हामी सम्पूर्ण व्यक्ति एकसाथ सगोलमा वसी सगोलको चल अचल श्रीसम्पत्ति भोग चलन गरी आउंदा वावु आमा आफ्नो कालगतिबाट अघिपछि गरी स्वर्गवास भइ सक्नु भएको, हामीहरु सगोलमा वसी आएका छौं । हामीहरु वीच भएको राय सल्लाह अनुसार आपसी घर व्यवहार मिलाउन भाई दयामान रंजितकारलाई म भुवनमानले मिति २०३०।२।२१ मा ०-०-६-२ जग्गा वक्सपत्र गरी दिए पनि घर जग्गा हामीले संयुक्त रुपमा भोग चलन गरी आएका थियौं । २०४६।३।१४ का दिन अंश छुटर्‍याई दिनु भन्दा मेरो नाउंको घर जग्गाबाट तिमीहरुलाई दिन्न भनि इन्कार गरेकोले फिराद गर्न आएका छौं । हामीहरुको समेत अंश हक लाग्ने र अंश वण्डा हुनु पर्ने श्रीसम्पत्ति विपक्षी भाई दयामानका नाउंमा दर्ता रहेको स्व.पिता आशामान नाउंको जि.पर्सा वि.न.पा. वडा नं. ९ को रै.नं. ३६३ को ज.वि. ०-०-६-२ जग्गा र सो मा वनेको तिन कोठाको वरण्डा सहितको पक्की घर हाम्रा हुन । १र१ कोठामा पूर्वतर्फबाट म पुरुषोतममानलाई पश्चिम तर्फको कोठा १ म भुवनमानलाई दिलाई स्व.पिता आशामानको नाउंमा दर्ता रहेको मोल रु.१०००। जाने जि. वारा हर्दिया गा.पं. वडा नं. ३ क कि.नं. ४४५ को ज.वि. ०-१५-१५ मध्ये ३ खण्डको १ खण्डका दरले हामीहरुल