निर्णय नं. ६७९५ - गाली वेइज्जती
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७९५ - गाली वेइज्जती भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०१/०९ ३८७५ निर्णय नं. ६७९५ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०४९ सालको फौ.पु.नं. ..६४० फैसला मितिः २०५६।१।९।५ मुद्दाः गाली वेइज्जती । पुनरावेदक वादीः का.जि.का.म.न.पा. वडा नं. २ वस्ने गजानन्ध वैद्य विरुद्ध विपक्षी प्रतिवादीः का.जि.का.म.न.पा. वडा नं. ३१ वस्ने चच्छु साप्ताहिकको सम्पादक पदमभक्त खरेल § वादीको व्यक्तिगत चरित्रलाई लिएर प्रतिवादीले विवादित सामाग्री प्रकाशित गरेको नभई वादीको व्यापारिक हैसियतका सम्वन्धमा लेखिएको देखिन आउंदछ । वादीले गरेको व्यापारका विषयमा खोतल्न भन्ने विचार राज्यको ध्यान आकर्षित गर्ने उद्देश्यले गरेको हो वेइजत गर्ने उद्देश्यले होइन भन्ने प्रतिवादीको प्रतिरक्षात्मक भनाइ रहेको देखिन्छ । वादी एक प्रतिष्ठित व्यापारी भएको, त्यस्तो व्यापारिको कृयाकलापले राष्ट्रिय अर्थतन्त्रमा प्रभाव पार्ने सार्वजनिक चासो हुन जाने हुंदा त्यस्तो विषयमा ध्यानाकर्षण गराउनुलाई वदनियत पूर्ण वेइजतिको कार्य भनी हाल्न उचित पनि नदेखिने । (प्र.नं. १३) § गाली वेइजती मुद्दामा व्यक्तिगत चरित्रमा प्रष्ट रुपले आंच आउने कार्य भएको एकिन गर्न सक्ने हुनु पर्दछ । प्रतिवादीको वेइजत गर्ने नियत पनि पुष्टि हुनु पर्दछ । सामान्य गोश्वारा प्रकृतिको अभिव्यक्तिबाट वेइजतिका तत्वहरु स्थापित भएको भन्न मिल्दैन । संविधानद्वारा प्रत्याभुत विचारको अभिव्यक्तिको स्वतन्त्रता अभिव्यक्तिको भाषा, शैलि र प्रकृतिमा निर्भर गर्ने नभई कानूनले किटेको दण्डनीय घेरा भित्र प्रष्टरुपले पर्नु पर्ने हुन्छ । तसर्थ प्रतिवादीले वादीको वेइजती नै गर्ने नियतबाट सो छापी वादीको वेइजति गरेको भन्न नमिल्ने हुंदा वेइजती ठहर गरेको शुरु जि.अ.को इन्साफ उल्टी गरि प्रतिवादीलाई आरोपित कसुरबाट सफाई दिने गरी गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै हुंदा सदर हुने । (प्र.नं. १४) पुनरावेदक वादीको तर्फबाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री रामजी विष्ट अवलम्वित नजिरः फैसला न्या.लक्ष्मणप्रसाद अर्याल : पुनरावेदन अदालत पाटन ललितपुरको २०४९।७।१८ को फैसला उपर चित्त नवुझी वादीको पुनरावेदन परि आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छः २. म फिरादी उद्योगी र व्यापारी हुं विपक्षी प्रतिवादीले २०४४ सालको भाद्रको अन्तिम साता तिर मेरो कार्यालयमा आइ म पत्रकार हुं रु.दश हजार दिनु पर्यो भन्दा मैलै यसरी कम्पनीको पैसा दिन मिल्दैन भन्दा निजले क्रुध्द भई आफ्नो चक्षु पत्रिका मार्फत वदनाम गराउछु भनी धम्की दिएको र आफ्नो पत्रिका चक्षुको वर्ष १० अंक १३ मिति २०४४।६।३० ऐ. को अंक १४ मिति २०४४।७।११ ऐ. को अंक १५ मिति २०४४।७।२० मा मलाई दोषपूर्ण तथा मिथ्या लान्छना लगाई वैद्य निलम काण्ड खोतले धेरै काण्ड उदाङ्गिने तस्करहरुको अर्को मुहान फेला पर्ने वैद्य निलम काण्डको दोश्रो भाग शिषर्कहरु अर्न्तगत श्रीमती निलम पाण्डेसंग फिरादीको सम्वन्ध तस्करी लागु पदार्थको कारोवार गरेको जस्तो असत्य आपत्तिजनक र वेइजतीपूर्ण लान्छना र दोष लगाई गाली वेइजती ऐन, २०१६ को दफा ३ र ५(१)(२) वमोजिम प्रतिवादीले कसुर गरेको हुंदा हदै सम्म सजाय गरि ऐनको दफा १२ वमोजिम क्षतिपुर्ति समेत दिलाई पाउं भन्ने समेत व्यहोराको गजानन्द वैद्यको फिराद पत्र । ३. विपक्षीको सार