निर्णय नं. ६७९६ - किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७९६ - किर्ते भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०५/१४ २६२२ निर्णय नं. ६७९६ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा संम्वत २०५१ सालको फौ.पु.नं. .... ९०० फैसला मिति : २०५६।५।१४।२ मुद्दा : किर्ते । पुनरावेदक प्रतिवादी : जिल्ला पाचंथर लालिखर्क गाउं विकास समिति वडा नं. ७ वस्ने कृष्णराज पौडेल समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने गंगाराम पौडेल § एक प्रयोजनको लागि दिएको लिफा अर्को प्रयोजनमा प्रयोग गरिएको भन्ने वादीको दावी नभई सो लिफामा लागेको छाप दस्तखत किर्ते गर्यो भन्ने सम्ममा तहकिकात गर्नको लागि मुलुकी ऐन, अ.वं. ८२ नं. वमोजिम इन्साफ तहकिकात गर्न यी वादीको हक जाने नोक्सान हुने वा सो केही नभएपनि झुठा काम गर्ने भनिएका प्रतिवादी कृष्णराज पौडेल आफैलाई वा अरु कसैलाई यसप्रकारले फाइदा हुने गरी काम कुरा गरिएको भन्ने वादीको दावी नभएकोमा किर्ते कागजको १ नं. वमोजिम इन्साफ तहकिकात हुनु पर्ने स्थिति नदेखिएकोले प्रस्तुत मुद्दा खारेज हुने । (प्र.नं. १६) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री माधव वास्कोटा वादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवप्रसाद रिजाल अवलम्वित नजीर : फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, इलामबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । २. पाचंथर लालिखर्क गा.वि.स. वडा नं. ७(क) कि.नं.. ५८, ५९, ६२, ६४, ५६ समेत ५ कित्ता जग्गा मेरा वाजे चन्द्रलाल पौडेललाई २००१ सालमा गंगाराम तुम्वाकी समेतले तेह्रथुम मालबाट वन्धकी पास गरी दिएको र मेरा पिताका अंशमा परी पिताको स्वर्गारोहण पश्चात हामीले भोगेको मनप्रसाद समेतले मेरी आमा टेकमाया र भाई कृष्णराज र म समेतको नाममा कि.नं. ५८, ५९ र ६२ को जग्गामा वाली लुटपिट गर्यो भन्ने फिराद दिई विपक्षीहरुले कारवाही चल्दाचल्दै मलाई थाहा नदिई कीर्ते मन्जूरनामा लिखत खडा गरी साक्षी हुने दिनानाथ नन्दीकेशर र मन्जूरनामा लिने कृष्णराज भइ लेख्ने वद्री प्रसाद रिजाल भइ म घर नभएको अवस्था पारी २०४५।७।१३ गते कीर्ते मन्जूरनामा वनाई २०४५।७।१५ गते मिलापत्र गरे गराएकोले विपक्षीहरुलाई संजाय गरी पाउं भन्ने समेत फिराद पत्र । ३. मनप्रसाद समेत वादी र गंगाराम समेत प्रतिवादी भएको लुटपिट मुद्दा मिल्ने भयो म झापा जान्छु भ्याइन मन्जूरनामा लिखतमा सहीछाप गरी भेनाजु इश्वरी प्रसादलाई दिएको छु । मन्जूरनामा लेखाई मिलापत्र गर्नु भनि दाजु झापा जानु भएकोले भेनाजु इश्वरी प्रसादसंग लिफा र कागज मागि लेखि दिनुस भनि म वद्री प्रसादको घरमा कृष्णराजले ल्याएको कागजमा लेखि सकेपछि हामी दिनानाथ, नन्दीकेशरले पनि साक्षी वसी दिएका हौं भन्ने समेत जना ३ को संयुक्त प्रतिउत्तर पत्र । ४. वादीले कुटपिट गरेको दावी छोडी गंगाराम समेतसंग मिल्न सल्लाह भई सकेपछि मिलापत्र गर्ने अवस्थामा वादीले म झापा तर्फ जान्छु । मन्जूरनामा लिखतमा सहीछाप गरी इश्वरी प्रसाद तिमिल्सीनालाई दिएको छु, लेखाई मुद्दा मिलापत्र गर्नु भनी दाजु झापा जानु भएकोले मुद्दा मिलापत्र गरी सकेपछि विना आधारको फिराद दिई षडयन्त्र गरेको मात्र हो । कीर्ते मन्जूरनामा नभई सद्दे हुंदा वादीलाई नै संजाय गरी पाउं भन्ने समेत कृष्णराज पौडेलको प्रतिउत्तर पत्र । ५. वादी मसंग आई मैले झापा नगै भएन लिफा लिएर आएको छु । यही लिफाबाट मन्जूरनामा तयार गरी म