निर्णय नं. ११ - जग्गा हटक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११ - जग्गा हटक भाग: १ साल: २०१५ महिना: चैत्र अंक: २ फैसला मिति :२०१४/०९/१९ २८५७ निर्णय नं. ११ ने.का.प. २०१५ (धनकुटा अपील ऊपर) डिभिजनबेञ्च प्रधान न्यायाधीश श्री अनिरूद्धप्रसाद सिंह न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री दे.अ.डि.नं.१४५ अपिलाट : मनोरथ उपाध्याय विरूद्ध रेस्पोन्डेन्ट : विष्णुप्रसाद उपाध्याय समेत मुद्दा : जग्गा हटक (१) पञ्चायती अदालत ऐनको दफा ४६–हद माथिको मुद्दा अदालतमा बुझाउन पर्ने–ऐन बमोजिम बुझाएको मुद्दा अदालतले हेरी छिन्न पाउने । पञ्चायती अदालत ऐनको ४६ ख.दफामा हद माथीको मुद्दा भएबाट पंचायतमा दर्ता भएको देखिए पछि सो मिसिल अदालत अमिनीमा बुझाउनु भन्ने लेखिएकोले सो बमोजिम बुझाएको मुद्दा अदालतले हेरी छिन्न पाउने हुँदा खोरज गर्ने गरेको धनकुटा अपीलको गल्ती ठहराए तर्फ सर्वोच्च अदालत सिंगलबेञ्चको राय मुनासिव छ । (प्रकरण नं. ९) (२) आखिरी तह सम्म आई सकेको मुद्दामा कुन मुद्दा फिर्ता पठाउने र क कस्तोको इन्साफ आखिरी तहबाटै गर्नु पर्ने । शुरू अदालत र अपील समेत दुवै अड्डाले इन्साफ हारजीतको ठहर नगरी हदम्याद नाघेको वा रीत अंग पुगेको भन्ने समेत मुद्दामा अंग पुर्याउने कार्यवाही केही नगरी खोरज गरेका मुद्दा जति माथिल्लो तहबाट सवै अंग पुर्याउने कारवाई गर्नु पर्दा साक्षी सबुद प्रमाण झिक्न बुझ्न समेत टाढा असुबिधा पर्ने र एक तहसम्मबाट पनि इन्साफ हुन नपाएकोमा शुरू ठहर इन्साफै अखिरी माथिल्लो तहबाट हुन जांदा अपील गरी इन्साफ जंचाउने १ तहसम्म पनि नपाउने हुन जाने हुनाले त्यस्तो अवस्थामा अंग पुर्याई तहकिकात गर्न पठाउन आवश्यकै देखिने र सो बाहेक माल गोश्वारा समेतले ऐन सवालले हेर्न छिन्न अख्तियार नभएको मुद्दा हेरी छिनेको प्रस्तुत मुद्दा नभई पंचायतमा नालिश दायर भए पनि कारवाईबाट हद माथिको मुद्दा हुन आएकोले अदालतमा सारी अदालतबाट प्रस्तुत मुद्दा फैसाला भएको देखिएको । शुरू वा अपील १ तहबाट हारजीतको टुड्डो लगाई छिनेको एक अड्डाले इन्साफ गर्न नपर्ने भनी खारेज गरेको प्रस्तुत मुद्दामा अपील परी आएकोले फेरी तहकिकात गरी छिन्नु भनी फिर्ता पठाउने गर्दा आखिर तहसम्म आई सकेको मिसिल फिर्ता गई तह तह चढी फेरी आखिरी तहमा आउनपरी मुद्दावालालाई धेरै दुख हुने र त्यस्तो अवस्थाको मुद्दा माथिल्लै तहबाट छिनी दिएमा कानूनी बाधा समेत नपरी जनतालाई सुविस्ता हुने देखिएको । (प्रकरण नं. ९) (३) लिखितको कागजमा हस्ताक्षर कीर्ते भनी बयानगरेमा– लिनु दिनु गरेको जग्गाको ४ किल्ला पनि नखुलेमा – कागज लेखिएको मसी र सही गरेको मसी फरक देखिएमा – पुछारमा कारणीको ल्याप्चे र लिखतको सही नभएकोमा – साक्षीले पनि लिफामा लेखेको हुँ भनी बयानगरेमा – मौकैमा कागज भई लिनु दिनु गरी साक्षीका सामुन्ने कारणीले सहीछाप गरेको भन्ने नदेखिएकोले – जालसाजी राजीनामा खडा गरेको ठहर्छ । हस्ताक्षर कीर्ते भन्नेसमेत वादी मनोरथले बयान गरेको । निज मनोरथले विष्णुप्रसादलाई २०००।१०।४ मा गरी दिएको भनेको रू.९९। को लिखतमा लिनु दिनु गरेको जग्गाको ४ किल्ला पनि नखुलेको, लिखितम् निर दुई ल्याप्चे र लिखतको सही भएकोमा सो कागजमा लेखिएको अरू मसी र सही गरेको मसी एकै नभई फरक मसी देखिएको, पुछारमा कारणीको ल्याप्चे र लिखत सही समेत नभएको । लिखतको साक्षी हुने बलवहादुरले बयानमा लिफामा लेखेको हुँ । साक्षीको सही समेत मैले गराएको होईन भन्ने र मैले गरी दिए हुन्छ भनी मनोरथले भनेकोबाट मैले सही गरेको हुँ भनी किनाराको साक्षीले बयान गरेको देखिनाले मौकैमा कागज भई रूपैयाँ लिनु दिनु गरी स