निर्णय नं. ६७९७ - उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७९७ - उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०५/२५ २४७९ निर्णय नं. ६७९७ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल संम्वत २०५४ सालको रिट नं. .... २८५३ आदेश मिति : २०५६।५।२५।६ विषयः उत्प्रेषण लगायत जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउं । निवेदक : जिल्ला सिरहा नगरपालिका वडा नं. १ वस्ने वर्ष ५६ को रामसेवक महरा विरुद्ध विपक्षीः ऐ.ऐ. वडा नं. २ वस्ने वर्ष ४५ को प्रेम महतो कोइरी समेत § जिल्ला न्यायाधीशद्वारा यसप्रकार सम्पन्न भइसकेको कार्यवाहीलाई वदर गर्न पाउने अधिकारको सिमा दण्ड संजायको ६१ नं. को कानूनी व्यवस्थाले निर्धारण गरेको र सो कानूनको व्यवस्थाबाट फैसला कार्‍यान्वयनको सिलसिलामा तहसिलदार कर्मचारीका कार्यवाहीमा चित्त नवुझ्ने पक्षले १५ दिनभित्र उजूरी दिएमासम्म निजले त्यस्तो उजूरीको सम्वन्धमा जांचवुझ गरी उपर्युक्त आदेश गर्न सक्ने व्यवस्था रहेको देखिन आउंछ । विपक्षी प्रेम महतो कोइरीले मिति २०५३।८।६ मा दिएको उजूरी निवेदन कानूनको कुन म्याद अन्तरगत परेको हो ? र अनिश्चित कालसम्म छानविन गर्न पाउने क्षेत्राधिकार सो जिल्ला अदालतलाई कुन कानूनले दिएको हो ? सिरहा जिल्ला अदालत र त्यसलाई सदर गर्ने गरेको पुनरावेदन अदालत, राजविराजको २०५३।११।३ को आदेश र सो अदालतहरुको लिखित जवाफमा पनि खुलाउन सकेको देखिन आएन । यसप्रकार अदालतको फैसला वमोजिम साहुको तिर्नु वुझाउनु पर्ने पक्षले घिङन्याइ गरी लिलामीको सूचना म्याद समेतको वास्ता नगरेकोमा डांक लिलाम हुंदा सकार गरी रकम चुक्ता गरी चलन पाउने पक्षले अदालतसंग गरेको व्यवहार समेत कांचो हुने गरी घडेरी जग्गा र कित्ता नम्वर सच्याएको भन्ने विवादास्पद तथ्यहरुलाई उल्लेख गरी सहजताका साथ लिलाम सम्वन्धी सम्पूर्ण कार्यवाही वदर गर्नुबाट लिलाममा सकार गर्ने पक्षको विश्वासमा आंच आउने समेत देखिन आएको र सो म्याद नघाइ त्यस्तो काम कारवाही गर्न गराउन जिल्ला अदालत र पुनरावेदन अदालत समेतलाई कानूनको अधिकार नभएकोले उक्त दुवै अदालतको आदेश र सो अर्न्तगत भएका काम कारवाहीहरु उत्प्रेषण आदेशद्वारा वदर हुने । (प्र.नं. ११) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री सीताराम तिवारी । विपक्षीतर्फबाटः विद्वान अधिवक्ता द्वय श्री सतिशकृष्ण खरेल र श्री विदुर विक्रम थापा । अवलम्वित नजीरः आदेश न्या. केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८ (२) वमोजिम यस अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र निर्णय यसप्रकार छ । २. जिल्ला सिरहा लहान न.पा. वडा नं. २ वस्ने वादी जिवछ महतो कोइरी विरुद्ध प्रतिवादी ऐ.वस्ने विपक्षी प्रेम महतो कोइरीसंगको लेनदेन मुद्दामा सिरहा जिल्ला अदालतको मिति २०४८।८।६ र पुनरावेदन अदालत, राजविराजको २०४९।९।२३ गतेको अन्तिम फैसलाबाट निज वादीले प्रतिवादीबाट सांवा व्याज तथा कोर्टफि समेत भरी पाउने ठहर भएकोमा निज वादीले आफ्नो विगो असुल उपर गरी पाउन विपक्षी मध्येको प्रेम महतो कोइरीको नामको जिल्ला सिरहा सिगंराही मटिपर्वा वडा नं. ८ कि.नं.. ३७८ ऐ. वडा नं. ४ (क) कि.नं. ११२ ऐ. कि.नं. ११४ ऐ. कि.नं.. १६५ र ऐ. कि.नं. २८८ समेतको जग्गा उल्लेख गरी सिरहा जिल्ला अदालतमा मिति २०५२।४।१२ गतेमा निवेदन दिनु भएको थियो । सो कारवाहीको जनाउ दिई विगो वुझाउन ल्याउने